Author: महेन्द्रनगर पोष्ट

कैलाली: सांसद डिल्लीराज पन्तले प्रतिनिधिसभाको बैठकमा उखान भनेपछि विवाद निम्तिएको छ। हिजो आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि धारणा राख्ने क्रममा उनले ‘अन्धो मामा हुनुभन्दा कानो मामा वेश’ भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नियमापत्ति जनाएका हुन्। सांसद पन्तले देश आर्थिक संकटमा परेको बेला अर्थमन्त्रीले छोटो समयमा बजेट ल्याएको र बजेट पूर्ण नभएकोले ‘अन्धो मामा हुनुभन्दा कानो मामा वेश’ भन्दै आफूले समर्थन गरेको बताए। सांसद पन्तले सो उखान भनेपछि सांसद ढकालले फरक क्षमता भएका व्यक्तिलाई असर पर्ने शब्द संसदमा बोलिएको भन्दै नियमापत्ति जनाए। उनले संसद्को रेकर्डबाट सो उखान हटाउन सभामुखलाई आग्रह गरेपछि सांसद पन्तले क्षमा मागे। यस्तै उनले गेटा…

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति पनि देशका पहाडी भू-भागको एक-दुई  स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।  देशका तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ । जसका कारण त्यहाँ अझै केही दिन ‘लू’…

Read More

धनगढी : धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा व्यावसायिक पत्रकारिताका चुनौतीबारे कार्यशाला आयोजना गरिएको छ । बिहीबार सो क्याम्पसमा सञ्चार विज्ञ, धनगढीका पत्रकार र पत्रकारिताका विद्यार्थीबीच अन्तरक्रिया गर्न सो कार्यशाला आयोजना गरिएको हो । छलफलमा सञ्चार विज्ञ डा. भानुभक्त आचार्यले पत्रकार स्वयम् आफै राजनीतिक दल र व्यावसायिक घरानामा प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गले संलग्न हुँदा समस्या भएको बताए । डा. आचार्यले व्यावसायिक पत्रकारिताका चुनौती, सो क्याम्पसका आमसञ्चार विभाग उपप्राध्यापक भुवन भण्डारीले सुदूरपश्चिमको व्यावसायिक पत्रकारिताका चुनौतीबारे जानकारी गराए । पत्रकार मनमोहन स्वाँरले सुदूरपश्चिमको व्यावसायिक पत्रकारिताको अवस्था र सम्भावना बारे प्रस्तुत गरे। कार्यक्रममा क्याम्पस प्रमुख डा। धर्मराज उपाध्याय, पत्रकार जगत साउदलगायतले धारणा राखेका थिए ।

Read More

धनगढी: सुदूरपश्चिमका डिआईजी भरतबहादुर बोहरा यतिबेला सुदूरका पहाडी जिल्ला भ्रमणमा छन् । प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक बोहरा जिल्लाहरूको शान्ति, सुरक्षा तथा समसामयिक वस्तुस्थितिको अनुगमन एवम् निरीक्षण गरिरहेका हुन् । उनले हिजो बझाङमा अनुगमन तथा निरीक्षण गरेका थिए भने आज बैतडीको सुरक्षाबारे अनुगमन गरेका थिए । उनले भोलि दार्चुलामा अनुगमन तथा निरीक्षण गर्ने बताइएको छ । बोहरा प्रदेशमा शान्ति सुरक्षालाई चुस्त बनाउन अनुगमन एवम् निरीक्षणमा निस्केका जनाइएको छ ।

Read More

बैतडी : मेलौलीमा भोलीबाट जेष्ट नागरिक दौड प्रतियोगिता सञ्चालन हुने भएको छ। मेलौली नगरपालिका(०७को गाउँकोटमा वडा स्तरिय खुल्ला महिला पुरुष भलिबल तथा जेष्ट नागरिक महिला पुरुष १०० मिटरको दौड प्रतियोगिता सुरु हुने वडा अध्यक्ष रामचन्द्र भट्टले बताए। वडाको आर्थिक सहयोग तथा वडा स्तरिय खेलकुद बिकास समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुने जनाईएको छ। भरतपुर माबिको खेल मैदानमा शुक्रबार बिहान ९ बजेबाट खेल सञ्चालन हुने वडा अध्यक्ष भट्टले बताए। प्रतियोगितलाई सम्पन्न गर्नमा आ(आफ्नो क्षेत्रबाट सहयोग गरिदिन वडा अध्यक्ष भट्टले आग्रह गरेका छन। वडाले यो प्रतियोगिताको लागि ५० हजार बजेट बिनियोजन गरेको छ।

Read More

गोरखा : बढ्दो चोरी नियन्त्रणका लागि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, सौरपानीमा स्थानीय युवासहित प्रहरीको थप फोर्स परिचालन भएको छ । दिनहुँजसो सौरपानी क्षेत्रमा चोरी डकैतीको शृङ्खलाबद्ध घटना बढ्दै गएपछि जिल्ला प्रसासन कार्यालय गोरखाले प्रहरीको थप फोर्स परिचालन गरेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय गोरखाको विशेष सुरक्षा टोलीसमेत आज सौरपानी पुगेर जनप्रतिनिधि तथा स्थानीयवासीसँग छलफल गरेको उनले बताए । त्यसबाहेक अन्य तीन ठाउँमा अस्थायीरूपमा प्रहरीको टोली राखेर परिचालन गर्ने निर्णय पनि भएको उनले बताए । गएको केही समयदेखि सौरपानी क्षेत्र चोरी डकैतीको घटना बढ्दै गएपछि त्यहाँका स्थानीयवासी त्रासमा छन् । साँझ…

Read More

कञ्चनपुर : कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको साविकको झलारी गा.बि.स–५ का भिमबहादुर ऐर बिहिवार पक्राउ परेका हुन् । उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्लाअदालत कञ्चनपुरले २०४९ मंसिर आठ गते २६ दिन कैद र छ हजार नौँ सय २९ रुपैँया जरिवाना तोकेको थियो । ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहिवार आफ्नै घरमा लुकिछिपि रहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्लेन किनेरै भएपनि आन्तरिक उडान भर्ने बताएका छन् । मुख्यमन्त्री शर्माले संघीय सरकारले जहाज उपलब्ध नगराए कर्णाली सरकारले आन्तरिक रूपमा नै जहाज खरिद गरेर कर्णाली भित्र उडान भर्ने दाबी गरेका हुन् । बिहीबार प्रदेशसभाको नवौँ बैठकमा उनले भने,’संघीय सरकारसँग हामीले बेला बेला भनिरहेका छौँ । अहिले संघीय सरकारले तीनवटा विमान खरिद गर्दैछ । त्यो मध्येको एउटा जहाज सुर्खेतमा स्टेनवाइ राखिनुपर्छ भनेर हामीले भनिरहेका छौँ र, माग गरिरहेका छौँ ।’ उनले आफूहरूको माग सम्बोधन भएन भने साझेदारीमा सहकार्य गरेर एउटा प्लेन किनेरै भएपनि आन्तरिक उडान भर्ने तयारीमा कर्णाली सरकार प्रतिबद्ध रहेर बताए ।

Read More

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्। राष्ट्रिय सभाको बैठक शुक्रबार बिहान ११ बजेर ३१ मिनेटमा बोलाइको छ। उक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय भएको छ। संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची निकालेर बजेटमाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री महतले दिने तय भएको जानकारी दिएका छन्।

Read More

बाजुरा – बाजुरामा एक युवती झुण्डीएको अवस्थामा मृत फेला परेकी छन् । बिहिवार बडिमालिका नगरपालिका वडा न. ६ कोर्धकी २७ वर्षीया कमला बडुवाल झुण्डीएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहर्री कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिहिवार बिहानै घरबाट घाँस काट्न जान्छु भनेर हिडेकी थिइन् । घाँस काट्न गएकी उनि लामो समय सम्म घर नफर्किएपछी आफन्तले खोजी तलासी गर्दा घरदेखि करिव १ किलोमिटर अगाडी बाबिया भन्ने ठाँउमा सल्लाको रुखमा झुण्डीएको अवस्थामा आफन्तले बिहान करिब ९ बजे मृत फेला परेको बताइएको छ । मृतक बडुवाल आफुसंगै भएको आफ्नै चुन्ननीको पासो लगाएर झुण्डीको अवस्थामा स्थानियले फेला पारेको जिल्ला…

Read More