Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा एक युवती मृत फेला परिन्। जिल्लाको गौरिगङ्गा नगरपालिका वडा नम्बर १ स्थित केदारेश्वर सामुदायिक वनमा २८ वर्षीया युवती कबिता बुढा मृत फेला परेकी हुन्। उनी विवाहित महिला हुन्। प्रहरी स्रोतका अनुसार उनको शव हिजो वनमा खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेको हो। बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। उनको हत्या गरेर शव गाडिएको प्रहरीको भनाई छ। मृतक बुढाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी रहेका छन्। केही दिनअघि मात्रै उनको ससुरासंग झगडा भएको बताइएको छ। ससुराले नै उनको हत्या गरेको प्रहरीको आशंका छ। उनी घरमा सासू ससुरा र…

Read More

धनगढी: धनगढीमा २ लाख बराबर मूल्यका कुर्ती बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार धनगढी उप–महानगरपालिका वडा नम्बर ४ ओमशान्ती टोलमा भारतबाट भन्सार छलेर ल्याइएका ५ सय थान बेवारिसे लेडिज कुर्ती बरामद गरिएको हो। अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर खगेन्द्र साउदले बताए। बरामद साडीको मूल्य २ लाख बराबर रहेको उनको भनाई छ।

Read More

धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी डडेल्धुराका भरत मल्ललाई दिइएको छ। केन्द्रीय कमिटी सदस्य समेत रहेका मल्ललाई संगठनको केन्द्रीय कमिटी बैठकले निर्णय गर्दै उक्त जिम्मेवारी दिएको हो। यस्तै अर्का केन्द्रीय सदस्य अरुण कुँवरलाई भने सुदूरपश्चिम प्रदेशको सह-संयोजक तोकेको छ। उनी कैलालीका हुन्। संगठनको दैनिक कामलाई सहजीकरण गर्नका लागि जिम्मेवारी तोकिएको जनाइएको छ।

Read More

धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको विदेश विभाग प्रमुखको जिम्मेवारी विनय शाहलाई प्रदान गरिएको छ। केन्द्रीय कमिटी सचिवसमेत रहेका कैलालीका शाहलाई केन्द्रिय कमिटी बैठकले विदेश विभाग प्रमुख तोकेको हो। संगठनको दैनिक कामलाई सहजीकरण गर्नका लागि जिम्मेवारी तोकिएको जनाइएको छ। शाह यसअघि सुदूरपश्चिम प्रदेशको संयोजक थिए।

Read More

कैलाली : धनगढीबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर १ चक्मेली र वडा नम्बर २ त्रिनगरबाट भन्सार छलीका सामान बरामद गरिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार मंगलवार धनगढी उपमहागरपालीका-१ चक्मेली स्थित सु-प-प्र-०१००१ ह ५१०४ नम्बरको अटोमा भारतबाट भन्सार छली ल्याइएका ९८ हजार तीन सय ५० रुपैयाँका मोवाईलका विभिन्न पार्ट पुर्जाहरु बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले उल्लेखित सामानहरु सहित अटो, अटो चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ३० वर्षीया सारदा नेपाली र धनगढी-८ की पार्वती रानालाई समेत प्रहरीले पक्राउ गरेको छ। यस्तै धनगढी उपमहागरपालीका वडा नम्बर २ त्रिनगर स्थित…

Read More

कञ्चनपुर: गर्मीयाम र हावाहूरीको मौसम सुरु भएसँगै सोमबार र मंगलबार मात्रै भीमदत्त र बेलौरी नगरपालिकाका तीन स्थानमा आगलागी भएको छ। बेलौरी नगरपालिका–६ ढक्का चाँदरमा आगलागी हुँदा लाखौँ मुल्य बराबरको धनमाल नष्ट भएको छ। ४५ वर्षीय ऋषिराम चौधरीको टिनले छाएको ३ कोठे भैसी गोठमा मंगलबार बिहान एक्कासी बिजुलीको तार सर्ट भएर आगलागी हुँदा युरीया मल, गँहुको भुसा, सालको काठ लगायत गरी करिब ४ लाख ८२ हजार मुल्य बराबरका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। यस्तै भीमदत्त नगरपालिका–१८ सालघाडी सुकुम्बासी बस्तिमा पनि आगलागी भएको छ। स्थानीय कलावती सिंह ठकुरीको घरमा मंगलबार दिउसो ११…

Read More

धनगढी: कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट अवैध लागूऔषधसहित प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ। सोमबार दिउसो धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट प्रहरीले सोही ठाउँ बस्ने बर्ष १९ की प्रीति रानालाई एक ग्राम खैरो हिरोईनसहित पक्राउ गरेको छ। यस्तै सोमबार साझँतिर धनगढी उपमहानगरपालिका–१३ राजपुर गाउँबाट सोही ठाउँ बस्ने बर्ष ३७ का जियाराम राना र बर्ष २४ का गणेश रानालाई पनि शुद्व तौलको २ ग्राम ४० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुले प्रयोग गरेको से२ प ११८८ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। यस्तै सोमबार साँझ कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट ४६० मिलिग्राम खैरो हेरोईनसहित कैलालीको गौरीगंगा नगरपालिका २ बस्ने वर्ष…

Read More

धनगढीः कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ वनखेतकी ३४ वर्षीया रंगादेवी बेहराको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो। उनी मंगलवार बिहान माटोको ढिस्कोमा पुरिएर घाइते भएकी थिइन्। शिवशंकर सामुदायिक वनमा माटोको ढिस्कोमा पुरिएकी बोहराको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ।

Read More

काठमाडौँ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का निर्देशकसहित सुनकोशी नदीमा खसेको गाडी पाँच दिनपछि फेला परेको छ । गाडीसँगै २ वटा शव पनि भेटिएको छ । सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जीप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । गाडीसँगै २ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) राजकुमार सिलवालले बताए । सिलवालका अनुसार सीटीईभीटीका निर्देशक कृष्ण केसी र विद्युत् प्राविधिक भानु पौडेलको शव भेटिएको हो । योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल अझै बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको…

Read More

धनगढीः धनगढीमा विद्युत गएको छ। मंगलवार राति ८ बजेतिर गएको बिजुली अहिलेसम्म आएको छैन। नेपाल विद्युत प्राधिकरण धनगढीले वितरण केन्द्र अत्तरियामा समस्या आएको जनाएको छ। विद्युत कार्यालय धनगढीका हाकिमले केही समयमै बत्ति आउने जानकारी दिए। अत्तरिया लगायतका क्षेत्रमा भने बिजुली छ।

Read More