Author: महेन्द्रनगर पोष्ट

बैतडी: लगातारको वर्षाले बैतडीको पाटन नगरपालिका–९ मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाको विद्यालयमा क्षति पुगेको छ। विद्यालयको खेलमैदान र पर्खाल पहिराले लगेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए। वर्षाका कारण विद्यालयको तीन कोठे भवन उच्च जोखिममा रहेको भाटले बताए। उनले भने, “विद्यालय भवनको आँगनबाटै पहिरो गएको छ। भवन उच्च जोखिममा रहेकाले भवन भत्किने अवस्थामा पुगेको छ।” विद्यालय भवन पहिरोको जोखिममा परेपछि पठनपाठन प्रभावित भएको उनको भनाइ छ। उनले भने, “विद्यालय भवन उच्च जोखिममा रहकाले बालबालिका डरैडरले पढिरहेका छन्, विद्यालय बन्द गर्दा पढाइमा बाधा पुग्ने भएकोले बन्द गरेका छैनौँ ।” विद्यालय भवन जोखिममा परेको भन्दै विद्यालय परिवारले आवश्यक सहयोगका लागि…

Read More

कञ्चनपुरः कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६७ वर्षीय देवीलाल शाहको गएराति घरको छतबाट लडेर मृत्यु भएको हो। शुक्लाफाँटा नगरपालिका–१० शान्तिपथमा भतिजा नाता पर्ने दान बहादुर शाहको घरमा सुत्नलाई छतमा गईरहेको बेला देवीलाल खसेर घाइते भएको प्रहरीले बताएको छ। उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेको जनाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाकारी दिएको छ।

Read More

काठमाडौं: साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि गोली चल्दा नेपाली नागरिकसहित २ जनाको मृत्यु भएको छ। गोली लागेर मारिने नेपाली अमेरिकी दूतावासका सुरक्षा गार्ड हुन्।  मक्का सहरका प्रहरी प्रवक्ताको बयानलाई उद्धृत गर्दै जनाएअनुसार कारमा सवार एक व्यक्ति अमेरिकी दूतावास अगाडि हातमा बन्दुक लिएर ओर्लिएका थिए। दूतावासको सुरक्षामा खटिएको सुरक्षा बलका सुरक्षाकर्मीले नियन्त्रणको प्रयास गर्दा गोली चलेको साउदी समाचार संस्था एसपीएले जनाएको छ। मृत्यु भएका नेपाली सुरक्षा गार्डको नाम तथा नेपालको ठेगाना खुलेको छैन। साउदी अधिकारीहरूले घटनाको अनुसन्धान भइरहेको जनाएका छन्। 

Read More

कैलाली: कैलालीको घोडाघोडी नगरपालिका – ४, रामपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा धमाधम बेहोस हुन थालेपछि छात्राको ग्रहशान्तिका लागि पूजा लगाइएको छ। विद्यालय सञ्चालक समितिका अध्यक्ष बमबहादुर सिंहले ६ देखि १० कक्षा पढ्ने अधिकांश छात्रामा बेहोस हुने, कराउने र बर्बराउने समस्या देखिएको बताए। उनले अभिभावकको सल्लाह अनुसार नै विद्यालय परिसरमा छात्राको ग्रहशान्तिका लागि पूजापाठ तथा होम गरिएको बताए। अभिभावक तथा सबैले पूजा गर्न दबाब दिएपछि मङ्गलबार पूजा सम्पन्न गरिएको उनले बताए। घोडाघोडी नगरपालिकामा ५१ वटा सामुदायिक विद्यालय छन्। अधिकांश विद्यालयमा छात्रा बेहोस हुने, बर्बराउने चिच्याउने समस्या देखिएको छ। पहाडबाट बसाइँसराइ गरी आएका समुदायका छात्रामा यस्तो समस्या बढो देखिएको बताइएको छ।

Read More

काठमाडौं: मुस्लिम समुदायले आज इद–उल अजहा (बकर इद) मनाउँदैछन्। मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर इदका अवसरमा इस्लाम धर्मालम्बीहरहरूले खसी वा भेँडाको बली दिने प्रचलन छ। आजको दिनमा मुस्लिम धर्मालम्बीहरू मस्जिदमा जम्मा भई विशेष नमाज पढ्छन्। नमाज पढिसकेपछि घर(घरमा गएर बली दिने गर्छन्। बकर इद तीन दिनसम्म मनाइन्छ। बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

Read More

दार्चुला: दार्चुलामा आफ्नो छोराको सहकर्मी कुट्ने एक अभिभावक पक्राउ परेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि बस्कोटमा प्रवेश गरेर विद्यार्थी कुट्ने हरिभक्त गिरी पक्राउ परेका हुन। असार ११ गते विद्यालयमा एउटै कक्षामा अध्ययनरत १४ वर्षीय आसुतोष साउद र १३ वर्षीय राजीव गिरीबीच झगडा भएको थियो। विद्यार्थीबीचको झगडामा गएर हरिभक्त गिरीले साउदलाई विद्यार्थीको बीचमा कुटपिट गरेका थिए। बैतडी डिलासैनी गाउँपालिका–६ घर भएका गिरी र लेकम गाउँपालिका–१ घर भएका साउदबीच सामान्य विवाद भएर झगडा भएको थियो। उनेहरु दुवै कक्षा ८ मा अध्ययनरत रहेको प्रधानाध्यापक कृष्णदेव विष्टले जानकारी दिए।विद्यार्थीबीच खेल्ने बलामा सामन्य झगडा भएको तर गिरीका बुबा हरिभक्त गिरी विद्यालयमै आएर कुटपिट गरेको उनले…

Read More

धनगढीः  कैलालीको धनगढीमा आज केही घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ। अत्तरिया-धनगढी ३३ केभीको तार तान्ने काम गरिने हुँदा बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म एयरपोर्ट फिडर अवरुद्ध हुने धनगढी वितरण केन्द्रले बताएको छ।

Read More

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली  रही कोशी, बागमती, गण्डकी  र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।   गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ। आज राति भने देशभर सामान्यदेखि पूर्णतया बदली…

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सार्वजनिक ऋणको सदुपयोग आर्थिक वृद्धिमा नगरी ऋण उठाउँदै ऋण नै तिनुपर्ने अवस्थाले .मुलुक टाट पल्टिन सक्ने जोखिम रहेको बताएका छन् । संसदमा राष्ट्र ऋण उठाउने विधेयकमाथि बुधबार टिप्पणी गर्दै डा. वाग्लेले नेपाल श्रीलङ्का जस्तै अवस्थामा नपुगे पनि ऋणको पासोमा भने पर्न जाने जोखिम रहेको बताएका हुन् । निर्यातबाट डलर नआइरहेको र रेमिट्यान्समा भरथेग भइरहेको अवस्थामा तलमाथि हुनासाथ नेपाल टाट पल्टन सक्ने उनले बताए । पछिल्लो ७-८ वर्षमै सार्वजनिक ऋण २० प्रतिशत विन्दुले बढ्नु डरलाग्दो अवस्था रहेको भन्दै उनले यो रकम कहाँ खर्च भइरहेको छ भन्दै प्रश्न गरे । सार्वजनिक ऋणले आर्थिक…

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक सम्पदामा चुनाव चिन्ह घन्टी नराख्न अनुरोध गरेको छ । बुधबार साँझ रास्वपाका प्रवक्ता मुकुल ढकालले एक सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिको दुरूपयोग नगर्न भन्दै अनुरोध गरेको हो । राजनीतिक वा कुनै पनि बहानामा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नु हुँदैन भन्ने पार्टीको स्पष्ट मान्यता रहेको सम्बन्धित सबैलाई स्मरण गराउँदै पार्टीको नीति तथा मान्यताबाट बाहिर गएर सार्वजनिक सम्पतिको दुरुपयोग नगर्न सूचनामार्फत् रास्वापाले सचेत गराएको छ । गत वैशाखमा भएको उपनिर्वाचनमा चितवनका सडकहरूमा घण्टी चिन्हहरू बनाइएका थिए । केही दिन अघि भरतपुर महानगरपालिकाले एक सूचना जारी गर्दै चिन्ह नबनाउन अनुरोध गरेको थियो। रास्वपाले त्यस सूचनाको समर्थन गरेको…

Read More