Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीमा विद्युत पोलबाट करेन्ट लागेर खेत जोतिरहेको एक गोरुको मृत्यु भएको छ । शुक्रबार साँझ गोदावरी नगरपालिका–१२ शान्ती टोलमा खेत जोत्ने क्रममा अचानक विद्युत पोलको सपोर्ट तार चुँडिन गई एउटा गोरूलाई करेन्ट लागी घटनास्थलमैं मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा मानविय क्षति नभएको र प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा रहेका राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। यहाँका साँघुरा राजमार्गमा जताततै खाल्डाखुल्डीले गर्दा यात्रा जोखिमपूर्ण हुने गरेको छ। राजमार्ग विस्तार तथा घुम्ती सुधारको नामले महिनौँसम्म पनि काम सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको दोगडाकेदार गाउँपालिका–७ का दीपेन्द्र कार्कीले बताए। भीमदत्त, केआइसिंह, दशरथचन्द, महाकाली, जयपृथ्वी राजमार्ग सुदूरपहाडका मुख्य राजमार्ग हुन्। यी राजमार्गमै यात्रुले सास्ती भोग्नुपरेको छ। उनले भने, “पक्की सडकमा जताततै खाल्डाखुल्डी छन्, यात्रा गर्दा निकै सास्ती भोग्नुपरेको छ। मोटरसाइकल चलाउन त झनै समस्या छ। सडकको दूरावस्थाका कारण सवारीसाधन चलाउनै मुस्किल भइरहेको सवारी चालकले बताएका छन्। सडकमा भएका खाल्डाखुल्डीका कारण जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने अवस्था रहेको…

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।  शनिबार देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन प्रणाली नेपालभर फैलिएको छ। नेपालभर मनसुन फैलिन आगमनको दिन देखि यस वर्ष नौ दिनको समय लागेको छ।  मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू-क्षय, बाटो हिलाम्य हुने, तथा गेग्रान बहावजस्ता प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। त्यसैले, खराब मौसमका कारणले हुन सक्ने…

Read More

धनगढी: बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत खोड्पे–पाटन सडकखण्डमा ट्रक दुर्घटना भएको छ। आज पाटन नगरपालिका-६ हिरापुर नजिकै पाटनदेखि धनगढी आउँदै गरेको सु.प.प्र.०१–००१ क २०७६ नम्बरको मिनि ट्रक दिउँसो  दुर्घटना भएको हो। पाटन नगरपालिका-६ घर भएका विष्णु पन्तले चलाएको ट्रकमा चालकसहित दुई जना सवार थिए। अहिले उनीहरु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मिनि ट्रक सडकबाट अनियन्त्रित भएर ३० मिटर तल खसेको थियो। दुर्घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

अमेरिका भ्रमणको क्रममा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विरोधको सामना गर्नुपरेको छ । भारतमा धार्मिक विभेद रहेको आरोप लगाउँदै त्यहाँका दुई जना मुस्लिम सांसदलगायत आधा दर्जन डेमोक्र्याट सांसदले पत्रकार सम्मेलन बहिष्कार गरेका हुन् । तर,प्रधानमन्त्री मोदीले भारतमा धार्मिक विभेद रहेको आरोपलाई अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनसँगको द्विपक्षीय भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीमाथि धार्मिक विभेदको प्रश्न सोधिएको थियो । एक महिला पत्रकारले सोधिन्, ‘तपाईंको शासनकालमा भारतमा मानवअधिकारको स्थिति कमजोर रहेको, अल्पसंख्यक तथा मुस्लिमप्रति असमान व्यवहार गरिएको भनेर अधिकारवादी समूहले आरोप लगाउने गरेका छन् नि !’ प्रत्युत्तरमा मोदीले भारत लोकतान्त्रिक देश भएको उल्लेख गर्दै…

Read More

काठमाडौं : मधेस प्रदेशमा लामो समयदेखि कार्यरत घुमुवा प्रहरीहरूलाई पहाडी जिल्लामा खटाईएको छ । प्रहरी आचरणविपरीतका गतिविधिमा संलग्न भएको आरोपमा मधेस प्रदेशका आठ जिल्लामा कार्यरत २९ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले विभिन्न पहाडी जिल्लामा खटाएको हो । यसरी मधेसबाट हटाइएकाहरूमा धेरैजसो सादा पोसाकमा बसेर काम गर्दै आएकाहरू छन् । लामो समयदेखि पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहलाई कालीकोट खटाइएको छ । बारामा कार्यरत सागरशमशेर जबरालाई रामेछाप खटाइएको छ । त्यस्तै, धनुषामा कार्यरत सइ नागेन्द्र राउत अहिरलाई संखुवासभा, सर्लाहीका रामरेख राय यादवलाई दोलखा, सप्तरीका सुरेशकुमार यादवलाई भोजपुरमा खटाइएको छ । अनुगमन प्रतिवेदन तथा अन्य स्रोतबाट आएका सूचनाका आधारमा उनीहरूलाई अन्यत्र…

Read More

डडेल्धुरा: डडेल्धुराका विनयप्रकाश मल्ल १० वर्ष पहिले जापान गएका थिए। उमेरले ३७ पुगेका उनी टोकियोमा हाल व्यवसाय गरिरहेका छन्। जापनमा थुप्रै वर्ष संघर्ष गरेका मल्लले थुप्रै नेपालीहरुलाई रोजगारी समेत प्रदान गरेका छन्। उनी हाल रेस्टुरेन्ट, मिनी सुपरमार्केट, होटल तथा कन्सन्टेन्सीका मलिक छन्। उनी यति धेरै पैसाको के गर्छन् ? वाफ रे ! यो प्रश्न जोकोहीको मनमा आउन सक्छ। तर, मल्ल आफूले कमाएको सम्पत्ति नेपालला गरिब तथा विपन्नमा खर्च गर्छन्। त्यसरी उनी आफ्नै जन्मभूमिमा रहेका गरिब तथा विपन्नको सहारा बन्छन्। यतिबेला अमरगढी नगरपालिका–४ खलंगा निवासी समाजसेवी विनयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा धमाधम अक्षय कोष स्थापना गरिन थालिएको छ।…

Read More

काठमाडौं :सेनाभित्रको अनियमिततामा मुछिएका पूर्वउपरथी प्रेम शाहीलाई सघाएको आरोपमा तीन जना कर्णेलमाथि थालिएको कारबाही प्रकरण सैनिक अदालतमा प्रवेश गरेको छ । यो मुद्दामा बिहीवारका लागि सुनुवाइको पेशीसमेत तोकिएको छ । भने १६ जिल्लामा सचेतना कार्यक्रम चलाउन धपाइएका यसै प्रकरणका आरोपी प्राड विवाक (लिगल) सम्बद्ध प्रमुख सेनानी कुलदिप तिमल्सिनालाई एनए ०६२ कासा जहाजमा आइतबार सुर्खेतबाट बिहान १०ः४० बजे काठमाडौं ल्याइएको छ । कर्णेलविरुद्धको तोकिएको शुरु सजायँ कम्ति भयो भन्दै जंगी अड्डा नै पुनरावेदन निवेदन लिएर सैनिक अदालत पुगेको थियो । सैनिक ऐन, ०६३ विपरित अनुशासन उल्लंघन गरेको आरोपमा महासेनानी डा.महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिम्सिनालाई कोर्टमार्शलले विभागीय कारबाही गरेको थियो…

Read More

काठमाडौँ : वीर अस्पतालमा आज (शुक्रबार) देखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि ७ सय साधारण शय्या निःशुल्क गर्ने निर्णय गरेको हो । अस्पतालका अनुसार ७ सय साधारण शय्या निःशुल्क गरिएको छ। मन्त्रालयको पहलमा शय्याबापत आउने पैसाको शोधभर्ना गर्ने गरी सर्वसाधारणका लागि निःशुल्क गरिएको छ । यसअघि शय्यामा प्रतिदिन २ सय रुपैयाँ शुल्क लाग्ने गरेको थियो। अस्पतालमा क्याबिन, सघन उपचारकक्ष (आइसियू) गरी ९६० शय्या रहेका छन्।

Read More

धनगढी : राष्ट्रिय युवा संघ नेपाल कैलालीले जिल्लाका १२६ वटै वडामा संगठन विस्तार गर्ने निर्णय गरेको छ । शुक्रबार राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा धनगढीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको बैठकले सो निर्णय गरेको हो । बैठकमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, केन्द्रीय सचीव बिनय शाह, सुदूरपश्चिम प्रदेश संयोजक भरत मल्लले निर्देशनात्मक मन्तव्य राखेका राखेका थिए । जिल्लामा युवा संघलाई बलियो बनाउन एकताबद्ध भएर संगठन सुदृढिकरण गरेर अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

Read More