Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: चेक बाउन्स गरि ठगी गरेको आरोपमा दार्चुलाका एक वडाअध्यक्ष कैलालीमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णसिंह धामी रहेका छन्। उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टेक कुँवरलाई दिएका थिए। तर, उक्त खातामा रकम नै नभएको भेउ पाएपछि टंकले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीपछि धामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका एक अधिकारीले बताए। वडाअध्यक्ष धामीलाई उच्च अदालत दिपायलको अनुमतिमा गत चैत ७ गते पक्राउ गरिएको थियो। तर, उनलाई हाजिर जमानीमा छाडिएको थियो। त्यसपछि पुनः अदालतले पक्राउ गर्न आदेश दिएपछि धामीलाई यसै जेठ २५ गते पक्राउ…

Read More

धनगढी: काठमाडौं वल्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा कार्यक्रम गर्ने भएको छ। असार १ गते शुक्रबार ४ बजे धनगढीको जलशा होटल र शनिबार विहान ९ बजे महेन्द्रनगरको ओपेरा होटलमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, शिक्षक, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागितामा उक्त शैक्षिक कार्यक्रम गर्न लागिएको हो। सो कार्यक्रममा स्कुलका चियरमेन इ.डा. मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशरबहादुर खुलाललगायतका व्यक्तिहरुको उपस्थिति रहनेछ। कार्यक्रममा शिक्षाको विषयमा उनीहरुले प्रशिक्षात्मक प्रस्तुती राख्ने कार्यक्रम समेत छ।

Read More

बझाङः बझाङमा पाँच दिनदेखि ठप्प पारिएको यातायात आजदेखि सुचारु भएको छ। नयाँ भाडादरको विषयमा यातायात व्यवसायिहरुसँग सहमती भएपछि पाँच दिनदेखि बन्द भएका लामो दुरीका सवारी साधनहरु सञ्चालन हुने भएका हुन्। प्रदेश सरकारले निर्धारण गरेको नयाँ भाडादरका विरुद्धमा यातायात व्यवसायी रहेका थिए। उनीहरुले लामो दूरीका सवारीसाधन पाँच दिनदेखि सञ्चालन गरेका थिएनन्। केहिदिन अघि प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा चल्ने लामोदुरीका सार्वजनिक सवारी साधनको नयाँ भाडादर तोकेको थियो। तर, प्रदेश सरकारले जारि गरेको भाडा दर लागू नगरेर अब प्रतिकिलोमिटर ४ रुपैयाँका दरले कायम गर्ने सहमति भपछि अवरुद्द यातायात आज बिहानबाट सञ्चालन हुने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

Read More

कैलाली: नदिमा डुबेर कैलालीका एक बालकको ज्यान गएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका-३ स्थित काँडा नदिमा डुबेर स्थानीय ९ वर्षीय अमर बिकको मृत्यु भएको हो। बुधबार साँझ गर्मी छल्नका लागि साथीहरुसँग नुहाउन गएका उनी नदिमा डुबेको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ। डुबेपछि स्थानीयले उनको उद्दार गरेका थिए। तर, उपचारका लागि अस्पताल पुगाउनु अघि उनले प्राण त्यागेको प्रहरीले जानकारी दिएको छ।

Read More

तनहुँ : तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्लाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन्। प्रहरीले विष्टलाई मङ्गलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो। मृतक व्यास–१२ लामीडाँडा माइती भएकी निजकै श्रीमती रङ्गिला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए। पक्राउ परेका विष्टउपर जिल्ला अदालत तनहुँबाट आज पाँच दिनको म्याद थप गरिएको छ।  विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक…

Read More

चितवन: माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन्। २०७१ साल मंसिर १६ गते माडी उपत्यकाका चार गाउँविकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो। गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँविकास समितिलाई समाहित गरेर सो नगरपालिका बनाइएको थियो । सुरुवाती समयमा ११ वडा सिफारिस गरिएको भए पनि पछि सरकारले नौ वडा कायम गरेको थियो। संघीय सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेटमा वडा नं १० लाई बजेट विनियोजन गरेको छ । माडी नगरपालिका वडा नम्बर १० तोकेर अर्थ मन्त्रालयले सर्शत अनुदानको बजेट पठाएको नगर प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन्। उनले भने, ‘माडीमा वडा नं १० छँदै छैन तर रु १० लाख…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशमा ‘लम्पीस्किन’ रोगको प्रकोप फैलिदै गएको छ। प्रदेशका नौवटै जिल्लाका पशुहरुमा यो रोग फैलिएको हो। पशु सेवा विभागका अनुसार सुदूरपश्चिममा ६८ हजार ४ सय ६१ गाईभैंसी प्रभावित छन् भने २ हजार ७ सय ४७ मरेका छन्। सुदूरपश्चिम प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी पुष्करराज नाथले पहाडी सबै जिल्लामा लम्पीस्किन देखिएको बताए। उनका अनुसार सबैभन्दा बढी अछाममा यो रोगले क्षती गरेको छ। भारतसँग सीमा जोडिएका जिल्ला डडेल्धुरा, दार्चुला र सबैभन्दा बढी अछाममा क्षति भएको उनले बताए। यो रोग न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने काम भइरहेको निर्देशनालयले बताएको छ। आगामी आर्थिक वर्षको बजेटमा यो रोगका लागि खोपको…

Read More

काठमाडौँ: हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।  आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेशसहित देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित क्षणिक वा…

Read More

-जिएस.भण्डारीरक्तदान एउटा यस्तो कार्य हो, जसले विश्वव्यापी रूपमा लाखौंलाई बचाउँछ। किनभने रगत मानव जीवनको अत्यावश्यक तत्व हो। रक्तदान नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा हो। त्यसैले रक्तदानलाई महादान भनिन्छ। विश्व रगत दाता दिवस हरेक वर्ष जून १४ मा पर्दछ। यस बर्षको लागि विश्व रक्तदाता दिवसको नारा ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने रहेको छ। यस नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ। यसले विश्वभरिका व्यक्तिहरुलाई नियमित रूपमा रक्तदान गर्न र स्वास्थ्यमा योगदान पुर्‍याउन आह्वानलाई गर्दछ। विश्व स्वास्थ्य संगठनले अनुमान गरेअनुसार…

Read More

धनगढी : नेकपा (एमाले) कैलालीका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले शहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनाका लागि आन्दोलनमा उत्रेकालाई धन्यवाद दिएका छन् । कार्यवहाक अध्यक्ष जोशीले बुधबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दे जेठ १८ देखि ३० गतेसम्म सञ्चालिन आन्दोलनमा सहभागी पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक, पत्रकार र आम कैलालीवासीलाई धन्यवाद दिएका हुन । नेपाल सरकारले संसदमा व्यक्त गरेको धारणालाई पर्ख र हेरको अवस्थामा पुगेका छौ अध्यक्ष जोशीले विज्ञप्तीमा भनेका छन् चालु अधिवेशनमा नै विश्व विद्यालय सञ्चालन सम्वन्धी ऐन प्रस्तुत गर्न जोडदार माग गर्दछौ । विज्ञप्तीमा चालु अधिवेशनमै विश्व विद्यालय सञ्चालन सम्वन्धी ऐन प्रस्तुत नगरे फेरि आन्दोलनमा उत्रिने उल्लेख गरिएको छ ।

Read More