Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज विहान यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दूमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी गरेका छन् । “केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोठका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौँ, बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ”, उनले भने । निरपेक्ष भावका साथ बजेट निर्माण गरिएको उनको भनाइ छ । अर्थमन्त्री डा महतले आफ्नो अठोट देश र जनताप्रति भएको स्पष्ट पारे…

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । रेशम र उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सोमवार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटवार्तामा उनीहरुले पूर्व सहमतिअनुसार सुदूरपश्चिम सरकारमा दुईमन्त्री र एक राज्यमन्त्री दिन माग गरेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले नाउपासँग भएको सहमति अनुसार नै मन्त्रालय उपलब्ध गराउने प्रतिबद्धता जनाएको चौधरीले बताए । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पछिल्लो पटक जेठ ६ मा नाउपालाई बाहिरै राखेर मन्त्री मण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री शाहले नाउपालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मात्र दिएर मन्त्री…

Read More

काठमाडौँ: पत्रकार दिपकराज जोशी पक्राउ परेका छन् । फेसबुकमा जथाभावी स्टाटस लेखेको भन्दै प्रहरीले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । उनले हिजो राति बर्दीमा रहेका दुई जना प्रहरी मातेर हिँडेको स्टाटस लेखेका थिए । तर प्रहरीले उनको मापसे परीक्षणसमेत गराएको र मापसे परीक्षण पुष्टि भएको जनाएको छ । ड्युटीमा रहेका प्रहरीले मापसे नगरेको त्यहाँका डिएसपी राजु लामाले बताए । जोशीलाई सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा विद्युतीय ऐनबमोजिम कारवाहीको तयारी भएको बताइएको छ ।

Read More

काठमाडौं: विद्यालयको शौचालय बनाउँदा घुस खाएको खुलेपछि कास्कीका एक प्रधानाध्यापकविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा चलाइएको छ। माछापुच्छ्रे गाउँपालिका–६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुध्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले विद्यालयको शौचालय निर्माण गर्नको लागि निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम हिनामिना गरेको अख्तियारको निष्कर्ष छ । प्रधानाध्यापक पौडेलले शौचालय निर्माणका लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी ३ लाख १२ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । त्यसैले, उनीमाथि भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको कसुरमा कैद र…

Read More

धनगढीः धनगढीका एक फरार प्रतिवादी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-४ का ४३ वर्षीय मानबहादुर चौधरी पक्राउ परेका हुन् । उनलाई सोमवार कैलालीको कैलारी गाउँपालिका-३ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ । सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार २०७५ कात्तिक १४ गते जिल्ला अदालत कैलालीले उनलाई सवारी ज्यान मुद्दामा दुई हजार रुपैयाँ जरिबानाको सुनाएको थियो ।

Read More

धनगढीः कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै एक युवक मौन अनशन बसेका छन्। गोदावरी नगरपालिका वडा नम्बर १ का पवर्तराज जोशी सुदूरपश्चिम प्रदेश सभाको प्रवेशद्धवारमा अनशनमा बसेका हुन्। धनगढीको चर्को गर्मीमा उनी मौन अनशनमा पलेटी कसेर बसेको बताइएको छ। ६ सय श्ययाको अस्पताल सञ्चालनको माग गर्दै धनगढीको गर्मीमा पनि उनी प्रदेशसभाको प्रवेशद्धवारमा छन्। सोमवार बिहानदेखि उनी अनशनमा बसेका हुन्। गेटामा विश्व विद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिममा आन्दोलन जारी छ। आइतवार प्रदेशमा आमहड्ताल गरिएकोमा आज २ बजेबाट प्रदेश सभा अगाडि प्रदशर्न गरिदैछ। प्रदेश सभाका सदस्यहरुलाई सभामा प्रवेश गर्न निषेध गरिने बताइएको छ।

Read More

धनगढीः कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको ऐन तयारीको चरणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड)ले बताएका छन्। सुदूरपश्चिममा विश्वविद्यालय सञ्चालनको माग गर्दै आन्दोलन जारी रहेका बेला पूर्व मन्त्री प्रेमबहादुर आलेसहितको एकीकृत समाजवादीका सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। उनीहरुसँग प्रधानमन्त्री प्रचण्डले गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनमा ल्याउनको लागि ऐन निर्माणको चरणमा रहेको बताएका छन्। सोमवार बिहान प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतसँग भेटेका सांसदहरुले गेटामा विश्वविद्यालय सञ्चालनको माग गरेका थिए।  अर्थ मन्त्री महतले संघीय संसदमा सोमवार गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको बारेमासमेत जबाफ दिने तयारी गरेका छन्। उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गेटामा दोहोरो…

Read More

काठमाडौं: अद्भूत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका विजय शाही अर्को अपत्यारिलो कुरा गर्दै ‘कमब्याक’ भएका छन् । केही समयदेखि गुमनाम रहेका उनले आज बिहान टिकटकमा एक घण्टाभन्दा बढी समय लाइभ बसेर ‘मरेको मान्छे बचाउन सक्ने’ गफ दिए । आफूसँग २१ जनाको टीम रहेको भन्दै उनले मरेको चरा बचाएर देखाइसकेको दाबी गरे ।‘हामीले पूर्वमन्त्रीज्यूकै अगाडि मरेको चरा बचाइदिएका छौं । पूर्वमन्त्रीज्यू आफैंले चरा मार्नुभयो, त्यसलाई हाम्रो टीमले फेरि ज्यूँदो बनाइदियो,’ शाहीले भने । चरामा गरिएको परीक्षण सफल भएपछि अब मान्छेमा गर्न लागेको उनको भनाइ छ । शाहीको दाबीअनुसार उनको टीमले सर्पले टोकेको, पानीमा डुबेको, हृदयघात भएको र निसास्सिएर…

Read More

धनगढी: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी नेपाली काँग्रेसकी नेतृ डा. आरजू राणा देउवा नयाँ दिल्ली गएकी छन्। उनी आज राजधानी काठमाडौंबाट भारतको दिल्लीतर्फ प्रस्थान गरेकी हुन्। नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा बिहान पौने ११ बजे नयाँ दिल्ली गएकी उनको यात्रा विवरणवारे परिवार र नेपाली काँग्रेसले थप जानकारी दिएको छैन ।

Read More

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त छन् । उनले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गरेका छन् । केही दिनयता खेतको उखु सुक्न थालेको छ । त्यसैले खेतको उखु सिँचाइ गर्नैमा दिन बित्छ, उनको । “पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ”, उनले भने, “खेती जगाउन हम्मेहम्मे परेको छ ।” विगतका वर्षमा पनि उखु सुक्ने गरेको भए पनि यस वर्ष अत्यधिक मात्रामा उखु सुक्दै गएको उनको भनाइ छ । “यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन”, उनले भने, “बोरिङबाट खेतमा पानी…

Read More