Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलाली एक लाख ३४ हजार एक सय ५५ रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। आज बिहिवार बिहान सवा एक बजे प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५का २८ वर्षीय पुष्कर कडारा र सोही नगरपालिका–३ मालाखेतीका १९ वर्षीय बिशाल बलायरलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको बताइएको छ। प्रहरीका अनुसार कडाराले चलाइरहेको अत्तरियाबाट धनगढीतर्फ जादै गरेको सु.प.प्र. ०१–००१ ह ३६५५ नम्बरको अटोलाइ चेकजाँच गर्दा सो रकम फेला परेको हो। अटो र चालकसमेत दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले पदबाट राजीनामा दिने भएका छन्। सर्वोच्च अदालतले नियुक्ति खारेजको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंह कामकाजका लागि अस्पतालमा उपस्थित भएका थिए। केहि दिन अगाडि मात्रै उनी तेस्रो कार्यकालका लागि अस्पतालमा पुगेर पदभार सम्हालेका थिए। तर, अस्पताल प्रशासनमा काम गर्ने वातावरण नहुनु, मेसु चेतराज भट्टको कार्यशैलीले तनाव दिएको तथा अस्पतालका पूर्व अध्यक्ष करुणाकर ओझाले आफ्नो चरित्र हत्या गर्ने विभिन्न षड्यन्त्र रच्नुबाट आजित भएर राजीनामा गर्न लागेको सिंहले बताएका छन्। ‘जहाँ काम गर्ने वातावरण नै छैन त्यहाँ बस्न उचित लागेन। जनताले भरोसा गरेपनि विभिन्न व्यक्तिले तनाव दिएका…

Read More

काठमाडौं: संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन भएकाले खन्न रोक लगाइएको कार्यालयले जानकारी दिएको छ। सूचनामा भनिएको छ, ‘सडक पनि थप बिग्रदै जाने भएकोले यही यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सड़क खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ।’ वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना…

Read More

बझाङ: बझाङमा एक जना वडाध्यक्षकाे निधन भएको छ।सुर्मा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सर्जन बाेहराकाे निधन भएको हाे। बुधबार राति उनकाे ३८ वर्षकाे उमेरमा मृत्यु भएको परिवारका सदस्यले बताए। केही समय अघिदेखि बोहरा बिरामी थिए। नेपालगन्जमा उपचार पछि घर फर्किएका उनी केही दिनममै बितेका छन्। उनकाे लिभर डयामेज भएको र सुगर, जन्डिस, हेपाटाइटिसले समेत समातेकाे बताइएको छ। बाेहरा २०७९ काे स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। पालिका भरि नेकपा एमालेबाट निर्वाचित हुने एउटै वडाध्यक्ष बाेहरा मात्रै हुन्।

Read More

काठमाडौं: वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय अन्तर्गत यो कार्यक्रम राखेर बजेट छुट्याएको छ भने प्रदेशमा दिएको सशर्त अनुदानमा पनि यो कार्यक्रम राखिएको छ। यो कार्यक्रमका लागि भौतिक पूर्वाधार मन्त्रालयमा मात्र ५ अर्ब २० करोड ५७ लाख रुपैयाँ छुट्याइएको छ। मन्त्रालय स्रोतबाट प्राप्त विवरण अनुसार वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम शीर्षक अन्तर्गत ५ अर्बको कूल रकममध्ये तीन वटा जिल्लामा २३२ करोड र बाँकी ७४ जिल्लामा २६८ करोड रकम छुट्याइएको छ । सबभन्दा…

Read More

धनगढीः आज कैलालीको गोदावरी नगर क्षेत्र बन्द हुने घोषणा गरिएको छ। शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म गोदावरी नगर क्षेत्र बन्द गर्ने घोषणा गरेको हो। ‘२०७९ माघ २९ गतेका दिन नेपाल सरकारले आफैले गरेको निर्णयबाट पछि हट्दै सुदूरपश्चिमका जनताहरुको स्वास्थ्य माथि खेलवाड तथा अपहेलना हुने गरी बजेट मार्फत गरिएको घोषणा हामीलाई कुनै हालतमा मान्य हुने छैन। पटक पटकको जानकारी, अन्तरक्रिया, छलफल र विरोध लगायतका कार्यक्रममहरु गर्दा समेत मागप्रति सरकारले ध्यान नदिएको भन्दै कडा संघर्षका कार्यक्रममा जान बाध्य भएका छौं।’ संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ द्वारा जारी विज्ञप्तीमा भनिएको…

Read More

कैलालीः  कैलालीमा मोटरसाइकलबाट खसेर महिलाको मृत्यु भएको छ। जिल्लाको भजनी जगरपालिका –८ का ओमप्रकाश डगौराले चलाएको बा५६ प ४६२१ नम्बरको मोटरसाइकल पछाडि सवार सोहि ठाउँकी ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको हो। उनी भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जाँदै गर्दा ठेकीमा खसेकी थिइन्। खसेपछि डगौराको टाउकोमा गम्भिर चोट लागेको थियो। उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ। 

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्ने भएका छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रूपमा सञ्चालन हुने गरी भोलि (बिहीबार) औपचारिक उद्घाटन हुन लागेको हो । लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गे धारा, पोखरी आदि संरचनाहरूले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ । यसअघि यही जेष्ठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु गरिएको थियो । सप्ताहव्यापी पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरूले धार्मिक प्रवचन दिएका थिए । वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै…

Read More

धनगढी : नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि गम्भीर आरोप लागेको छ। आफ्नै महिला सहायक हवल्दारलाई यौन हिंसा गरेको आरोप पालमाथि लागेपछि अहिले छानबिन प्रक्रिया अघि बढाइएको छ। सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेपछि घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको हो। पालमाथि थप बुझ्न भन्दै प्रहरी हेडक्वाटरमा समेत बोलाइएको छ। उनी अहिले प्रहरी हेडक्वाटरमा छन्। तर यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायत भने आफू जानकार नभएको दाबी गर्छन्। ‘उहाँसँग केही बुझ्नुपर्ने भएकाले हेडक्वाटरमा…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार(आज) ल्याउने भएको छ । बुधबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहले जानकारी दिए । उनकाअनुसार नीति तथा कार्यक्रम स्वीकृत गर्न अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम स्वीकृत भएपछि प्रदेश प्रमुख देवराज जोशीलाई बुझाइनेछ । जोशीले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएपनि सुदूरपश्चिममा भने ढिलो गरिएको हो ।…

Read More