Author: महेन्द्रनगर पोष्ट

अत्तरिया : शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिले भोलि गेटामा सडक बहस गर्ने भएको छ । सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपनि बजेटमा त्यसलाई कार्यान्वय नगरिएपछि सघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तरगत सडक बहस गर्न लागेको हो । सडक बहसमा गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजारा लगायत चिकित्सक र सरोकारवाला निकायको सहभागिता रहने सघर्ष समितिका सह–संयोजक आनन्द भट्टले बताएका छन । उनले बिहान ८ बजेदेखि शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेट अगाडी सडकमा बहस कार्यक्रम संचालन गरिने बताए । सघर्ष समितिको आज…

Read More

काठमाडौँ : विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली, सहयोगी व्यक्त र सम्बद्ध संस्थालाई सम्मान गरिएको हो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली, आरोहणमा सहयोगी भूमिका निर्वाह गर्ने विवश शेर्पा र एलिट हिमालयन एडभेन्चरका डाईरेक्टर मिङ्मा् डेविड शेर्पालाई दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मान गरेका हुन् । साथै आरोही…

Read More

काठमाडौँ : अखिल नेपाल किसान महासङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग मागेको छ । उनीहरूले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार छोड्न माग गर्दै प्रदर्शन गरेका हुन् । सरकारले गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरुद्ध भोलि पनि महासङ्घले विभिन्न किसिमको विरोध गर्ने जनाएको छ ।

Read More

डोटी : डोटीमा प्रेसर कुकर बम फेला परेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ सिलगढीमा प्रेसर कुकर बम फेला परेको हो । प्रहरी कार्यालय डोटीको मूल गेट निमार्ण कार्य भइरहेको अवस्थामा भित्ताको साइडमा माटो खन्ने क्रममा बिहान करिब पौने ८ बजेको समयमा पुरिएर खिया लागेको अवस्थामा प्रेसर कुकर बम भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजल गरेको छ ।

Read More

काठमाडौँ : नेकपा एमालेले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई संसदीय मामिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ । नेताहरूको कार्य विभाजन हेरफेर गर्ने क्रममा उपमहासचिव गुरुङलाई प्रचार विभाग प्रमुखबाट हटाएर संसदीय मामिलाको जिम्मेवारी दिइएको छ । प्रचार प्रभाग प्रमुखको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ। यसअघि सङ्गठन विभाग प्रमुख रहेका खगराज अधिकारीको पनि जिम्मेवारी फेरिएको छ। अधिकारीलाई सहरी विकास विभाग दिएर सङ्गठन विभाग प्रमुखमा काशीनाथ अधिकारी ल्याइएको छ । शुक्रबारको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दा सबै उपाध्यक्ष र सचिवहरूको जिम्मेवारी फेरिएको छ। त्यसबाहेक अरु पदाधिकारीको भने जिम्मेवारी यथावत राखिएको छ । स्थायी कमिटी र पोलिटब्यूरो सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ भने केन्द्रीय सदस्यहरूलाई…

Read More

काठमाडौं : नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको निष्पक्ष छानबिन गर्न उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निदेवन दिएका छन् । तत्काल राजा वीरेन्द्र वीर विक्रम शाह र रानी ऐश्वर्य राज्य लक्ष्मी शाहसहितको हत्या भएको घटनाको सत्यतथ्य बाहिर नआउँदा नेपालको छवि अन्तर्राष्ट्रियरुपमा समेत धुमिल भएकोले यथाशक्य छिटो दरबार हत्याकाण्डको छानबिन एवम् अनुसन्धान गर्न नेपाल समाजवादी मोर्चाको तर्फबाट ध्यानाकर्षण गराउन चाहेको उनले बताएका छन् ।

Read More

धनगढी: कैलालीको गेटामा २०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसार शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरेर ६ सय बेडको अस्पताल संचालन गर्न माग गरिएको छ। शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) सहितले शुक्रबार सुदूरपश्चिमका मुख्यमन्त्री र जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेको हो। पाण्डेद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपाल सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमा गेटामा स्थापना गर्ने भनिएको १०० शैयाको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रति घोर विरोध रहेको उल्लेख छ। ‘२०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय र…

Read More

काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंहसहित १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो। केन्द्रीय कमिटीमा मनोनीतहरु- मुकुन्द न्यौपानेप्रेमबहादुर सिंहभागवत विश्वासीचुडामणि जंगलीहेमराज राईठम्बर विष्टउमाशंकर अरगरियाअजय गुप्ताएकवाल मियागणेश खनालप्रेम तामाङयमबहादुर परियारसुरेन्द्र मानन्धर

Read More

काठमाडौं – रास्वपा सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । सोविता र चितवनका गृहेन्द्र घिमिरेबीच केही दिनअघि विवाह भएको हो । विवाहपछि उनीहरू जापान पुगेका छन् । घिमिरेले गृष्मा ब्रोडकास्टिङमार्फत सांगीतिक कार्यक्रमहरू गर्दै आएका छन् ।

Read More

धनगढी – धनगढीमा भोलि तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । अत्तरिया(धनगढी ३३ केभी लाइनमा लागेका बुस कटिङ्ग तथा मर्मत सम्भार गर्नका लागि भोलि शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरुद्ध हुन लागेको विद्युत प्राधिकरण धनगढीले जनाएको छ । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी सवस्टेशनबाट प्रशारण हुने विद्युत अवरुद्ध हुने जनाएको हो । केन्द्रले निर्धारित समय भन्दा अगाडी नै काम सम्पन्न भए विद्युत सुचारु गरिने जनाएको छ ।

Read More