Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका मित नरबहादुर बलायरको देहावसान भएको छ। धनगढीको निसर्ग अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा बलायरको निधन भएको हो। उनी कैलालीको गोदावरी नगरपालिका वार्ड नम्बर १० मा बस्दै आएका थिए। उनी कैलाली क्षेत्र नं-४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बलायर, पूर्व मन्त्री तथा नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश समितिका सभापति वीरबहादुर बलायरका जेठा दाजु हुन्।

Read More

काठमाडौं : चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् । अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २:३० बजे बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।  पर्यटक भिषामा उनी नेपाल आएका हुन् ।

Read More

महोत्तरी : युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका  नेता हरि महतो जनकपुर एयरपोर्टबाट पक्राउ परेका छन् । गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उपमेयर महतोको उजुरीको आधारमा उन्लाई जनकपुर एयरपोर्टबाट पक्राउ गरेर महोत्तरी ल्याइएको प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए । महतोमाथि उपमेयरले दिएको उजुरीउपर छानबिन गरि अनुसन्धान प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यसअघि उपमेयरको कार्यकक्षमा नै प्रवेश गरी हातपात समेत गर्न खोजेको पनि आरोपित भनिएका् महातोमाथि आरोप छ ।

Read More

स्याङ्जा: स्याङ्जाको बिरुवा गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । बिरुवा–७ बलेवाका दलबहादुर गुरुङकी १० वर्षीया छोरी गीताको करेन्ट लागेर मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ । आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा बिजुलीको प्लगबाट करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको प्राथमिक स्वास्थ केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ र स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन परिसरमा भिड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जनामात्रै जान पाउने निर्णय गरेको हो । प्रवक्ता सिटौलाका अनुसार टर्मिनल भवनमा धेरै भिड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेकाले त्यो निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भिड हुने गरेको छ ।…

Read More

धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार जिल्लाको टीकापुर नगरपालिका–१ वनगाँउबाट टीकापुर–३ शंकरपुरका ३० वर्षीय देबेन्द्रबहादुर शाही १७० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

Read More

डडेल्धुराः डडेल्धुरामा अवैध काठ बरामद गरिएको छ । जिल्लाको पर्शुराम नगरपालिका–७ गड्गडे जोगबुढाबाट से १ त ४२०९ नम्बरको ट्याक्टरमा लोड गरिएको २५ दशमलव ६ क्युफिट काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय तातापानीले जनाएको छ । बरामद काठ ट्याक्टर र चालकसहितसव–डिभिजन वन कार्यालय साँदनीमा बुझाइएको छ ।

Read More

तनहुँ: तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको अङ्गुर टिप्ने र बजार पठाउने काम धमाधम भइरहेको फार्म सञ्चालक कुमार कार्कीले सुनाए । कार्कीका अनुसार फार्ममा पहिलो वर्ष करिब नौ हजार पाँच सय बिरुवा रोपिएको थियो । जसबाट वार्षिक १० हजार केजी अङ्गुर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । वाइन उत्पादन गर्ने उद्देश्यसहित स्वीट्जरल्याण्डबाट बिरुवा ल्याइ व्यावसायिक अङ्गुर खेती सुरु गरिएको ‘भाइन यार्ड एण्ड रिसर्च सेन्टर’का सञ्चालक समेत रहेका कार्कीले बताए । “हामीले यहाँ पहिलो वर्ष लार्भाको समस्या भोगेका थियौं । यसवर्ष भने पूर्वतयारीका साथ खेती गरिरहेका छौँ,…

Read More

काठमाडौँ: जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् संघीय सांसद प्रदीप यादवलाई टिकटकमार्फत् गालीगलौज गर्नेविरुद्ध प्रहरीमा उजुरी परेको छ । चरित्रहत्या गर्ने अभिप्रायले टिकटकमार्फत गालीगलौज गर्नेलाई कारबाहीको माग गर्दै सांसद यादवका स्वकीय सचिव निखिल वर्णवालले जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा विद्युतीय अपराधसम्बन्धी उजुरी दिएका हुन् । ‘भगौडा सांसद’, ’पराल चोर’ जस्ता आपत्तिजनक शब्दको प्रयोग गरि बनाएको भिडियो उपेन्द्र साह र रवि व्रन्वाल नामको टिकटक आईडीमा अपलोड गरेर चरित्रहत्या गरिएको उजुरीपत्रमा उल्लेख छ । जाहेरीमा भनिएको छ, ‘उपरोक्त आइडी भएको व्यक्तिहरुलाई पत्ता लगाई निजहरु उपर साइबर क्राइमको मुद्दा चलाई विपक्षीहरुलाई हदैसम्मको दण्ड सजाय गरी विपक्षीहरुबाट उक्त भिडियो डिलिट गराई सामाजिक सञ्जालमार्फत माफी मगाई…

Read More

काठमाडौँ: नेपाल सरकारले बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् ।

Read More