Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको पुर्चाैँडी नगपालिकामा सशस्त्र प्रहरीको सुरक्षा बेश क्याम्प स्थापना गरिने भएको छ । नगरपालिकाको केन्द्र हाटमा क्याम्प स्थापना गरिने भएको हो । गृह मन्त्रालयले अनुमति दिइसकेको र सशस्त्र प्रहरीको विभागबाट पनि अनुमति पाए छिट्टै सुरक्षा बेश क्याम्प स्थापना हुने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बेश क्याम्प स्थापना गर्न लागिएको हो ।

Read More

काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, काँग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने ? जाओस् न त सरकार । ५ वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ की हामीले हाम्रो सरकार नबन्ला, अरुको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्यौँ । चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो।, नेता थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरेर नयाँ सरकार…

Read More

धनगढीः ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई धनगढीको सीपी अस्पतालले साथ दिएकोछ। असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डमा सिपी अस्पतालले साथ दिएको हो। सीपी अस्पताल अवार्डको हस्पिटल पार्टनरको रुपमा अवार्डमा जोडिएको हो। सीपी अस्पतालका अध्यक्ष सिपी पाण्डेय र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको तर्फबाट उपाध्यक्ष दिनेश बिष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे। सिपी अस्पतालमा स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, युरो सर्जरी, जनरल मेडिसिन, अर्थोपेडिक, गाईने, रेडियोलोजी र फिजियोथेरापी सेवाहरु दैनिक संचालनमा रहेका छन्। आगामी दिनहरुमा पनि अस्पताल थप अत्याधुनिक सुविधा सहित नयां विभागहरु विस्तार गर्ने योजनामा रहेको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले ६ वटा विधाहरुको मनोनयन…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) सागर सम्शेर जबरा अस्ति असार ७ गते सम्मानित भए। उनी २०७९ सालको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ दी ईयर) घोषित भएका थिए। आफ्नो जिम्मेवारी त्रुटिरहीत तरिकाले निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको थियो। यस्तै, मातहातका क्षेत्रहरुमा पनि अप्रिय घटनाको अनुसन्धान गर्न अहम भूमिका निर्वाह गरेको भन्दै उनले स्याबासी पाएका थिए। बाराका एसपी होबिन्द्र बोगटीले उनलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेका थिए। तर त्यो सम्मान ग्रहण गरेको भोलिपल्ट नै उनी कारबाहीमा परेका छन्। हिजोमात्रै मधेस प्रदेशमा लामो समयदेखि कार्यरत घुमुवा प्रहरीहरूलाई पहाडी जिल्लामा खटाईएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसमा ती…

Read More

बर्दिया: बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए । साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरुलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Read More

म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए । “बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ जाने तयारीमा छौँ”, उनले भने “चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन् ।” गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति…

Read More

धनगढी: नेकपा एकीकृत समाजवादी पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका पूर्वमन्त्री दीर्घबहादुर सोडारीका योजना काटिएका छन्। सोडारी मन्त्री हुँदा बहुबर्षिय ठेक्का लागेका कैलालीका पूर्वाधारका योजना काटिएको बताइएको हो। हालका काँग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले योजना काटेको आरोप लागेको हो। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा योजना काटिएको दाबी गरिएको छ। कैलाली निर्वाचन क्षेत्र नं ४ मा चालु आर्थिक वर्षमा ठेक्का भएर काम सुचारु भएका योजनाहरुको बजेट पनि काटिएको छ। बजेट काटिएपछि स्थानीयहरुले विरोध जनाएका छन्। यो निर्वाचन क्षेत्र कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरको निर्वाचन क्षेत्र पनि हो। स्रोतका अनुसार आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम पुस्तिकामा समावेश भई आर्थिक…

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा आठ वर्षअघि मुलुककै पहिलो राना थारू पाहुना घर ‘होमस्टे’मा आगन्तुक घट्दै गएका छन्। कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारू समुदायमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितै जोडिएको नयाँ कटानका राना थारू समुदायले होमस्टे सञ्चालनमा ल्याएसँगै यहाँ अवलोकन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सहजता मिलेको थियो। कोरोना कहरमा दुई वर्ष थला परेको होमस्टेमा पछिल्लो चैत महिनायता गर्मी र त्यसपछि बर्खा मौसम सुरु हुँदा पाहुना आउने क्रम घटेको राना थारू सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ। यहाँ राना थारूको परिकारको स्वाद लिँदै सो समुदायको परम्परागत नृत्य देखाएर आगन्तुकलाई मनोरञ्जनसमेत प्रदान गरिन्छ।…

Read More

काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी विमानस्थलको स्तरोन्नतिका लागि बनेको फाइल हालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयको टेबलमुनि लुकाएको आरोप लगाएका छन्। उनले विगतमा आफू मन्त्री भएका बेला छुटयाएको बजेटको फाइल लुकाइएको आरोप लगाएका हुन्। प्रतिनिधिसभाको हिजो शुक्रबारको बैठकमा बोल्दै सांसद आलेले विगतमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला नागरिक उड्डयन प्राधिकरणबाट एक अर्ब तथा २०७८/७९ जेठ १५ गतेको बजेट मार्फत एक अर्ब ५ करोड बजेट विनियोजन गरेकोमा अहिले सम्म पनि उक्त बजेटको फाइल हालका पर्यटनमन्त्रीले लुकाएर राखेको बताए। उनले भने, ‘माननीय मन्त्री…

Read More

धनगढी: कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट सोहि महानगरपालीकाका १८ वर्षीय बिशाल रानालाई शंकालागी चेकजाच गर्दा उनको साथबाट २२० मिलिग्राम लागुऔषध फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More