Author: महेन्द्रनगर पोष्ट

साउथ वेल्स: अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस दुर्घटनामा परेको छ । प्रहरीका अनुसार सो घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन् । प्रहरीका अनुसार घटनापछि आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो।  त्यसपछि ठूलो आपतकालीन अपरेशन सुरु गरिएको थियो। बसका चालकलाई अनिवार्य परीक्षण र मूल्यांकनका लागि प्रहरी सुरक्षामा अस्पताल लगिएको थियो । घाइते पीडितहरूलाई सडक र हवाई मार्गबाट ​​हन्टर उपत्यकाका धेरै अस्पतालहरूमा लगियो, जसमा घाइतेहरूकाे न्यू ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार गरिएको छ ।

Read More

धनगढीः सुदूरपश्चिममा नीति तथा कार्यक्रम माथिको छलफल जारी छ। सोही सन्दर्भमा आज ३ बजेका लागि सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाइएको छ। तर, आज प्रदेश सभा प्रवेशमा निषेध गरिने भएको छ। कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्षमा रहेका आन्दोलनकारीहरुले प्रदेश सभा प्रवेशमा निषेध गर्ने भएका हुन्। सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले सोमवार २ बजेबाट प्रदेश सभा अगाडि धर्ना तथा घेराउको कार्यक्रम रहेको बताए। 

Read More

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई कार्यालय पोसाक, कार्यालयको सवारी साधन र कार्यालय हाताभित्र टिकटक नबनाउन निर्देशन दिएको छ ।  पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको र व्यक्तिगत प्रचारमा बढी लागेको भन्दै टिकटक बनाउन रोक लगाइएको हो । यसअघि भिडिओ नबनाउन सुझाव दिए पनि कर्मचारीले अटेर गरेपछि त्यसलाई नियन्त्रण गर्न निर्देशन नै दिइएको मन्त्रालयका प्रवक्ता एवं सह-सचिव कमलप्रसाद भट्टराईले जानकारी दिए।  यदि निजामती कर्मचारीले कार्यालय पोसाक, सरकारी सवारी साधन र कार्यालय हाताभित्र टिकटक बनाएको पाइएमा अनुशासन नियम अन्तर्गत कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको उनले बताए।  

Read More

काठमाडौँ: अअ शिक्षक कर्मचारीहरूले टिकटक चलाए कारबाही हुने भएको छ। आइतबार एक सूचना जारी गर्दै नवलपरासीको गैँडाकोट नगरपालिकाले कक्षा कोठामा टिकटक, फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल प्रयोग नगर्न भनेको हो।  सामाजिक सञ्जालको दुरुपयोग गर्दै कार्यालयमा अवाञ्छित र अमर्यादित भाषा प्रयोग गर्ने, संस्थागत वा जनताको आम भलो हुने निर्णय गर्दा विद्यालय तथा कार्यालयमा व्यक्ती वा नेतृत्वलाई गलत लाञ्छना र अमर्यादित भाषा प्रयोग गर्नेको संख्या वृद्धि भएको गुनासो शिक्षा शाखामा पुगेपछि सूचना सार्वजनिक गरिएको हो ।  निर्देशन विपरीतका कार्य गरेको पाइए कारबाही गर्ने चेतावनी नगरपालिकाले दिएको छ। 

Read More

कैलाली: नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले सुदूरपश्चिमका विभिन्न स्थानीय तहसँगको सहकार्यमा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको छ। तीन वटा आँखा शिविर मार्फत १ हजार १ सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया समेत गरिएको छ। पहुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने हेतुले सङ्घले देशका विभिन्न क्षेत्रहरूमा निःशुल्क आँखा शिविरहरू सञ्चालन गर्दैै आइरहेको छ।   जेठ १५ र १६ गते डोटी जिल्लाको सायल गाउँपालिकामा सम्पन्न आँखा शिविरमा ३५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतियाबिन्दु देखिएका ७३ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।  त्यस्तै डोटी जिल्लाकै बोगटान फुटसिल…

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने देखिन्छ । त्यस्तै मंगलबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा…

Read More

धनगढी: आज काठमाडौंमा वर्षा भएको छ। आइतबार मध्यरातमा काठमाडौंका केही ठाउँमा केहीबेर वर्षा भएको हो। काठमाडौं उपत्यकाका केही स्थानहरूमा मेघगर्जनसहित पानी परेको मौसमविद् सन्जिव अधिकारीले बताए। उनका अनुसार पानी परेपछि अब विस्तारै काठमाडौंमा तापक्रम घट्ने सम्भावना रहेको छ। यस्तै सुदूर तराइको क्षेत्र धनगढी लगायतका सहरहरुमा पनि केही दिनमा तापक्रम घट्ने र पानी पर्ने सम्भावना रहेको बताइएको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जेठ ८ गते केरला आइपुगेको मनसुन नेपाल आउन धेरै ढिला नहुने जनाएको छ।अहिले मनसुन भित्रनका लागि मौसम अनुकूल बन्दै गइरहेको बताइन्छ।

Read More

धनगढी: नेकपा एमाले निकट अनेरास्ववियुको कैलाली जिल्लाको संयोजकको जिम्मेवारी रोहित बोगटीलाई दिइएको छ। बोगटीलाई अनेरास्ववियुको केन्द्रीय कमिटीको दोस्रो बैठकले संयोजक तोकेको हो। उनलाई कैलालीको संयोजक तोकेको अनेरास्ववियु कैलालीका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य किशोर शाहले जानकारी दिए। बोगटी यसअघि अनेरास्ववियु कैलालीको सचिव थिए।तर यता हालै अनेरास्ववियु कैलालीको इन्चार्ज तोकिएका प्रमोद खड्काले भने कैलाली संयोजक तोकिएको विषय आफूलाई थाहै नभएको जनाएका छन्।उनले संयोजकको जिम्मेवारी कसैलाई नदिइएको पनि दाबी गरेका छन्।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय दार्चुला तथा मातहत कार्यालयहरुको निरीक्षण गरेका छन्। आईतबार अनुगमनको क्रममा उनले जिल्ला प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन्। प्रदेश प्रहरी प्रमुख बोहराले नागरिकलाई केन्द्रमा राखी सेवा प्रवाह गर्न र सेवाग्राहीलाई गरिने सेवा छिटो छरितो एवं चुस्त दुरुस्त रुपमा प्रवाह गर्न निर्देशन दिए । साथै सीमावर्ती ईलाकामा हुने तस्करी नियन्त्रण गर्न, फरार प्रतिवादि पक्राउ गर्न, गुण्डागर्दि नियन्त्रण गर्न र लागुऔषध कारोबारीविरुद्ध निर्मम रुपमा प्रस्तुत भई प्रभावकारी रुपमा उच्च मनोबलका साथ कार्य सम्पादन गर्न समेत निर्देशन दिए । दार्चुला पुगेका बोहरालाई जिल्ला प्रहरी कर्मचारीले माला र गुच्छाले स्वागत गरेका थिए…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका विश्वविद्यालयहरुले पठनपाठनको शैली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। आइतबार काठमाडौँ विश्वविद्यालयको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन्। ‘हाल सञ्चालनमा रहेका विश्वविद्यालयहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ,’ उनले भने, ‘विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रमहरूमा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।’ अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसके साधन र स्रोतको सही सदुपयोग हुन नसक्ने पनि उनले प्रस्ट पारे। विश्वविद्यालय तहको अध्ययन अनुसन्धानलाई सबल बनाउन सरकारले अनुसन्धानका कार्यहरू विश्वविद्यालयमार्फत गराउने निर्णय गरिसकेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरू आफैँ नमुना संस्थाको रूपमा सञ्चालन हुनुपर्नेमा उनले जोड…

Read More