Author: महेन्द्रनगर पोष्ट

भक्तपुर: नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद दुर्लभ थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण नेपालका लागि निकै उपलब्धिमूलक भएको बताएका छन् । नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनको तयारीबारे आफ्नै निवासमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद थापाले भने, “प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालका पक्षमा सम्झौता भएका छन्, यो नेपालका लागि उपलब्धिमूलक हो ।” राष्ट्रियताको सवाल तथा परराष्ट्र नीतिबारे व्यक्ति र दलको फरक धारणा नभई सबैको एउटै धारणा हुनुपर्नेमा उनले जोड दिए । सांसद थापाले बजेटमा सांसदलाई रु पाँच करोड बाँड्ने व्यवस्थाको आफू पक्षमा नरहेको उल्लेख गरे । फरक प्रसङ्गमा उनले संसद्को सदुपयोग ऐन,…

Read More

बैतडी: भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हुने आशा पलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नयाँदिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माण गरिने बताएपछि यहाँका नागरिकमा आशा पलाएको हो । नेपालको सुदूरपश्चिम क्षेत्रको कनेक्टीभिटीलाई बढाउन बैतडीको झुलाघाट र डडेल्धुराको शीर्षमा मोटरेबल पुल निर्माण हुने भारतीय प्रधानमन्त्री मोदीले बताएका थिए । भारतीय प्रधानमन्त्री मोदीले झुलाघाटमा मोटरेबल पुल बनाउने कुरा बताएपछि यहाँका नागरिक खुसी भएका छन् । वर्षौँ पुरानो जीर्ण बनेको झोलुङ्गे पुलबाट जोखिमपूर्ण आवतजावत गर्न बाध्य यस क्षेत्रका नागरिक मोटरेबल पुल बनाउने कुरामा भारतीय प्रधानमन्त्री मोदीले गरेपछि…

Read More

धनगढी: पत्नीसहित भारत छिरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज मुम्बईमा देखा परेका छन्। उनले आज मुम्बईमा रहेको सिद्दिविनायक मन्दिरमा दर्शन गरेको तस्बिर सार्वजनिक भएको छ। उनकी पत्नीले नै सो तस्बिर सार्वजनिक गरेकी हुन्। लामिछाने दम्पती मुम्बइको बिचमा पनि घुम्न निस्केको बताइन्छ। रवि अस्ति प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भारत गएकै दिन भारत लागेका थिए। उनको भारत भ्रमण के का लागि हो त्यो भने खुलाइएको छैन। लामिछाने हवाईमार्ग हुँदै दिल्ली गएका थिए। प्रधानमन्त्री भारत गएकै दिन पारेर लामिछाने भारत पसेपछि सो विषयलाई चासोका साथ हेरिएको छ। लामिछाने पत्नी निकिता पौडेललाई साथमा लिएर भारत गएका हुन्। यस्तै काठमाडौंका मेयर बालेन्द्र…

Read More

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले एक लाख मूल्य बढीका अवैध सामान बरामद गरेको छ । जिल्लाको बेलौरी र भीमदत्त नगरपालिकाबाट प्रहरीले एक लाख पाँच हजार दुई सय मूल्यका भन्सार छलीका अवैध सामाजन बरामद गरेको हो । बेलौरी–६ प्रेमनगरबाट एक सय किलो कुखुरा, चिनी, प्लाष्टिक, से १ प ४००९ नम्बरको मोटरसाइकल गरी ७० हजार मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । त्यस्तै, भीमदत्त नगरपालिका–११ मा भारतबाट भन्सार छली ल्याएका दाल, पेय पदार्थ र बिडी लगायतका ३५ हजार २ सय मूल्य बराबरको सामान बेवारिसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको जनाएको छ ।

Read More

इन्दौर (मध्यप्रदेश) : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन् । इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले बिदाइ गरेका छन् । उनले विमानभित्रै पुगेर नेपाली प्रतिनिधिमण्डलको बिदाइ गरेका थिए । सो क्रममा मुख्यमन्त्री चौहानले भारत–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन आफूहरु तयार रहेको बताए । उनले भारत र नेपालबीच सदियौँ पुरानो सम्बन्ध रहेको र यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले आजै इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरे । सो क्रममा उनले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय…

Read More

भक्तपुर: गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको उनले बताए । गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । गाडी चालक काभ्रे भुम्लु गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुर पहरीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे…

Read More

बैतडी: बैतडीको पाटनमा सम्पन्न मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । फाइनल खेलमा हिमचुली क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै पाटनले उपाधि हात पारेको हो । पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गर्दै हिमचुलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । एक सय ४४ रनको विजयी लक्ष्य पाटनले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । पाटनका लागि धीरेन्द्र चन्दले ५५ र किरन चन्दले ४५ रन बनाए । यसअघि ब्याटिङ गर्ने क्रममा हिमचुलीका कप्तान सन्नी विष्टले ५२ रन बनाए । बलिङतर्फ पाटनका लागि किरन चन्दले दुई…

Read More

धनगढी: नेकपा एमालेले प्रदेश र जिल्ला इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । एमालेले सुदूरपश्चिम प्रदेश इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकेको छ । यहाँका इन्चार्ज लेखराज भट्टलाई कर्णाली पठाएको छ । यस्तै, कञ्चनपुरमा नारदमुनी राना, कैलालीमा गणेशसिंह ठगुन्ना, बैतडीमा निरु पाल, अछाममा लालबहादुर थापा, डडेल्धुरामा गौरी ओली, बाजुरामा भैरव सिंह, बझाङमा राजेन्द्रसिंह रावल, दार्चुलामा सहदेव बोगटी र डोटीमा लिला भण्डारीलाई जिल्ला इन्चार्ज तोकिएको छ ।

Read More

बाजुरा: बाजुरामा स्याउला काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिवार जिल्लाको बडीमालिका नगरपालिका–९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामीको रुखबाट खसेर मृत्यु भएको हो । स्याउला काट्ने क्रममा रुखबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।उनी आज बिहान गाउँ नजिकैको कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए ।

Read More

धनगढी: धनगढीको एक होटेलमा जुवातास खेलिरहेका ८ जना समातिएका छन् । धनगढी उपमहानगरपालिका–४ स्थित बझाङ बित्थडचिर गाउँपालिका–२ का २८ वर्षीय जीवन बोहराको कमल रोशन होटलबाट ८ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बित्थडचिर गाउँपालिका–१ का ४३ वर्षीय नरबहादुर बोहरा, २ का ४१ वर्षीय सुरेन्द्र बोहरा, ४३ वर्षीय रणबहादुर बोहरा, ३४ वर्षीय पबेन्द्र मण्डल, ३४ वर्षीय देविचन्द्र मण्डल, ३ का २३ वर्षीय चक्र बोहरा, ९ का २६ वर्षीय दिलिप खड्का र होटल सञ्चालक बोहरा रहेका छन् । उनीहरुलाई नगद २५ हजार ७ सय र ३ गड्डी ताससहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय कैलालीले…

Read More