Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपालमा पहिलो पटक मंकिपक्स भाइरसको संक्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंकिपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिए। ‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘ती महिलाको शरीरबाट नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा परीक्षण गर्दा शुक्रबार एमपक्स संक्रमण पुष्टि भएको हो।’ मंकिपक्सका बारेमा थप खोज, अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ। मंकिपक्स विश्वभरि हाल १११ देशमा फैलिसकेको छ। यो मंकिपक्स भाइरसबाट हुने एक किसिमको सरूवा रोग हो। यो रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्छ।

Read More

धनगढीः सुदूरपश्चिम सरकारले गोदावरी–अत्तरिया–धनगढी चौराह सडक खण्डमा मोनो रेलको सम्भाव्यता अध्ययन गर्ने भएको छ। आर्थिक वर्ष २०८०÷८१ को लागि बजेट ल्याउँदै आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सार्वजनिक निजी क्षेत्र साझेदारीको अवधारणा अन्तर्गत मोनोरेल सेवाको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको बताए। साथैै प्रदेश सरकारको बजेटमा बाजुराको ढम्कने–पाण्डुसैन सुरुङमार्ग अध्ययन गर्ने उल्लेख छ।

Read More

धनगढीः धनगढीको पशु सेवा तालिम केन्द्र प्रमुखले आफ्नी बुहारीलाई जागिर दिलाएका छन्। सुदूरपश्चिम सरकारको कृषि मन्त्रालय मातहतको केन्द्रका निमित्त प्रमुख चन्द्रकान्त पन्तले बुहारीलाई जागिर दिएका हुन्। उनले २०७९ साउन १ गते आफ्नी बुहारी बिन्दु भट्टलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेको खुलेको छ। पन्तले सहायक चौथो पदमा बुहारीलाई सोझै नियुक्त गरेका हुन्। पन्तले भने बुहारीको योग्यता पुगेकाले करार नियुक्ति दिएको जनाएका छन्। मासिक २५ हजार तलब पाउने गरी उनकी बुहारी जागिर लागेकी हुन्। बुहारीको मात्रै निवेदन परेपछि नियुक्ति दिएको पन्तको दाबी छ।

Read More

काठमाडौं: राहदानी विभागले सेवाग्राहीलाई असार ३ गतेबाट ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी आगामी आइतबारबाट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो। परराष्ट्रमन्त्री एनपी साउदले गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए। ‘जनतालाई असुविधा नहोस् र सुपथ मूल्यमा फ्रिक्वेन्ट फ्लायरले लिँदै आएको पासपोर्ट सर्वसाधारणलाई उपलब्ध गराउन निर्णय गरेका हौँ,’ उनले भने। यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट फ्रिक्वेन्ट फ्लायर (समय–समयमा विदेश गइरहने)लाई ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा सेवाग्राहीलाई उपलब्ध…

Read More

काठमाडौं: झापामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नमप्रभाव राईसहित तीन जनालाई निलम्बन गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक राई र जवानहरू क्रमशः रामसुन्दर तामाङ र जीवन बाँस्तोलालाई निलम्बन गरिएको जानकारी सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिए। थापाका अनुसार निरीक्षक राईला गृह मन्त्रालय र दुई जवानलाई सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले निलम्बन गरेको हो । उक्त घटनाको छानबिनको लागि सशस्त्र प्रहरी बल मुख्यालयका एआइजी चन्द्रप्रकाश गौतमको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । सशस्त्र प्रहरी निरीक्षक राईसहितको टोलीले मेचीनगर नगरपालिका–४ नकलबन्दस्थित सीमा क्षेत्रमा खटिएका सशस्त्र हवल्दार…

Read More

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडाैंले शुक्रबार थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने आदेश दिएकाे हाे । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्याैपानेकाे इजलासले उनीहरूलाई थुनामा पठाउने आदेश गरेकाे हाे । याे प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ३० जनालाई अभियुक्त बनाई विभिन्न चार कसुरमा मुद्दा दर्ता गरेकाे थियाे । तीमध्ये १८ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टंक राईलाई भने अदालतले धराैटीमा छाड्ने आदेश दिएकाे छ । महर्जनसँग ५ लाख र राईसँग १० लाख धराैटी माग भएकाे छ । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ लागि सवा २९ अर्बको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका हुन् । उनले २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । भौतिक पूर्वाधार विकास अन्तर्गत सडक र पुलका लागि पाँच अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ भने खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारी साधन भने खरिद नगर्ने जनाएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी बजेटको आकार…

Read More

काठमाडौँ: गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ । त्यस्तै, गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सीडीओ बनाइएको छ । कञ्चनपुरका सीडीओ गोपालप्रसाद अर्याललाई डोटीको सीडीओ बनाइएको छ । उनको अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर डोटीको सीडीओ बनाइएको हो । उता मकवानपुरका सीडीओ रहेका राजेन्द्र पाण्डेलाई सिरहाको सीडीओ बनाइएको छ । सिरहाका सीडीओ भोजराज खतिवडालाई खोटाङको सीडीओ बनाइएको छ । खतिवडा लाइ सुगम तथा दुर्गम हेरेर सरुवा गरिएको हो । डोटीकी सीडीओ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रमुख जिल्ला अधिकारी बनाइएको…

Read More

सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज शुक्रवारदेखि नगर माइक्रोबस सेवा सञ्चालनमा आएको छ । सेवा सञ्चालनमा आएसँगै २० रुपैयाँमा वीरेन्द्रनगर घुम्न सकिने भएको हो । वीरेन्द्रनगर नगर माइक्रोबस सेवाको उद्घाटन गर्दै नरपालिकाका मेयर मोहनमाया ढकालले सहुलियतमा नगर बस सेवा सुरु भएसँगै नगरवासीलाई सहज हुने बताए । नागरिकको आवश्यकतानुसार नगर माइक्रोबस सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले सुरक्षित वीरेन्द्रनगर बनाउने अभियानमा नगरपालिका लागेको बताए । व्यवसायीका आवश्यक मागका सम्बन्धमा नगरपालिका गम्भीर रहेको बताउँदै मेयर ढकालले अटोरिक्साको मनलाग्दी भाडाका कारण आजित बनेका नागरिकलाई नगर माइक्रोबस सेवाले राहत दिने विश्वास व्यक्त गरे । उनका अनुसार नगर माइक्रोबस सेवा…

Read More

बैतडी: बैतडीका हरिश विष्टले हातेट्याक्टरले जोतेर सडकमै मकै लगाएका छन् । जिल्लाको सुर्नया गाउँपालिका-२ को पत्ताल भुमेश्वर गेटदेखि भम्कापानी सम्मको ग्रामीण शाखा सडकमा उनले सडक खनेर मकै लगाएका हुन् । वर्षाैँदेखि बजेट नपरेको, परेको बजेटले पनि अन्य ठाउँमा काम हुने गरेको र सडक निर्माणमा कसैले चासो नदिएपछि सडकमा परेको आफ्नो जमिनमा मकै छरेको उनले बताए । पत्ताल भुमेश्वरदेखि डाँडाबागसम्म जोड्ने सडक अधुरो रहेको बताइएको छ । यो सडकको स्थानीयहरुले नै मिलेर एक दशक अगाडि उद्धघाटन गरेका थिए । सडकमा मकै लगाएको फेसबुक लाइभसमेत गरिएको थियो ।

Read More