Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय दार्चुला तथा मातहत कार्यालयहरुको निरीक्षण गरेका छन्। आईतबार अनुगमनको क्रममा उनले जिल्ला प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन्। प्रदेश प्रहरी प्रमुख बोहराले नागरिकलाई केन्द्रमा राखी सेवा प्रवाह गर्न र सेवाग्राहीलाई गरिने सेवा छिटो छरितो एवं चुस्त दुरुस्त रुपमा प्रवाह गर्न निर्देशन दिए । साथै सीमावर्ती ईलाकामा हुने तस्करी नियन्त्रण गर्न, फरार प्रतिवादि पक्राउ गर्न, गुण्डागर्दि नियन्त्रण गर्न र लागुऔषध कारोबारीविरुद्ध निर्मम रुपमा प्रस्तुत भई प्रभावकारी रुपमा उच्च मनोबलका साथ कार्य सम्पादन गर्न समेत निर्देशन दिए । दार्चुला पुगेका बोहरालाई जिल्ला प्रहरी कर्मचारीले माला र गुच्छाले स्वागत गरेका थिए…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका विश्वविद्यालयहरुले पठनपाठनको शैली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। आइतबार काठमाडौँ विश्वविद्यालयको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन्। ‘हाल सञ्चालनमा रहेका विश्वविद्यालयहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ,’ उनले भने, ‘विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रमहरूमा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।’ अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसके साधन र स्रोतको सही सदुपयोग हुन नसक्ने पनि उनले प्रस्ट पारे। विश्वविद्यालय तहको अध्ययन अनुसन्धानलाई सबल बनाउन सरकारले अनुसन्धानका कार्यहरू विश्वविद्यालयमार्फत गराउने निर्णय गरिसकेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरू आफैँ नमुना संस्थाको रूपमा सञ्चालन हुनुपर्नेमा उनले जोड…

Read More

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार ढल्न सक्ने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले गठबन्धन पाँच वर्ष नै चलाउने भएपनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशङ्का व्यक्त गरेका । ‘बजेटप्रति साथीहरू सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ । सरकार दुर्घटनामा जान्छ । तर, त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्सन गर्नुपर्छ,’ उनले भने । अध्यक्ष नेपालले भारतीय नयाँ…

Read More

कञ्चनपुर : कैलालीको गेटामा विश्वविद्यालय बनाउने निर्णयबाट पछि हटेर एक सय शैयाको अस्पताल बनाउने गरी बजेट ल्याएकोमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ। संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले विश्वविद्यालय भनेर एक सय शैयाको अस्पतालको लागि बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएको हो। बैठकपछि संसदीय दलका नेता रावलले प्रेस विज्ञप्ती जारी गरी संघ सरकारले अस्पतालका लागि भन्दै बजेट विनियोजन गरेकोमा आपत्ति जनाएका छन। ‘संघीय सरकारले स्थापनाको घोषणा गरेको शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई हाल आएर १०० शय्याको अस्पताल बनाउने गरि बजेट ल्याएकोमा घोर आपत्ति प्रकट गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ। यसअघि सुदूरपश्चिम…

Read More

काठमाडौं : नेकपा एमालेका सांसद तारा लामा तामाङले कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन छोडेर एक सय शैयाको अस्पताल बनाउन खोज्नु षडयन्त्र भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै एमाले सांसद तामाङले भने- ‘पांच सय करोडको लगानीमा सुरु भएको गेटामा विश्वविद्यालय बनाउन छोडेर एक सय शैयाको अस्पताल बनाउने षडयन्त्र भयो ।’ उनले गेटामा विश्वविद्यालय बनाउन छोडेर अस्पताल नबनाउन सरकारलाई चेतावनी समेत दिएका छन् । राष्ट्रपतिले बाचन गरेको र प्रधानमन्त्रीले बोलेको विषयभन्दा फरक निर्णय हुंदा सुदुरपश्चिमेलीहरु आन्दोलित हुनुपरेको भन्दै यसमा उनले सरकारको ध्यानआकर्षण समेत गराएका छन् । सांसद तामाङले कंचनपुरमा वर्षोदेखि रहेको आरक्ष पिडितको समस्या समाधान गर्नेमा…

Read More

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली उडेका छन् । अध्यक्ष ठाकुर आज दिउँसो सवा २ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आर ए २१७ मा काठमाडौंबाट प्रस्थान गरेका हुन् । आजै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल कलकता गएको बताइएको छ । मन्त्रालयका अनुसार कलकत्तामा हुन लागेको बिमस्टेक बिजनेस कन्क्लेभमा सहभागी हुन दिउँसो साढे २ बजे एअर इण्डियामा मन्त्रीसहित चार जनाको टोली गएको हो । टोलीमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टसमेत छन् ।

Read More

धनगढी : कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आइतबार गरिएको सुदूरपश्चिम बन्द साँझ ६ बजेदेखि खुलेको छ । गत माघ २९ गते सरकारले गेटालाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । नीति तथा कार्यक्रममा पनि सोही कुरा समेटिएको थियो । तर, बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भनिएपछि यस क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् । सोमबार पनि प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभामा जान रोक लगाइने कार्यक्रम रहेको विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले बताए । आइतबार (आज)काे बन्दका क्रममा सुदूरपश्चिमभर बिहानैदेखि…

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर स्वदेश फर्केका छन् । सिंगापुरमा आयोजित इन्टरपोलको कार्यक्रममा सहभागी भएर प्रहरी महानिरीक्षक फर्केको बताइएको छ । श्रीमती लक्ष्मीसँगै काठमाडौंबाट नयाँ दिल्ली हुँदै सिंगापुर गएका कुँवर आज पनि सोही मार्गबाट फर्केका हुन् । भिस्तारा एअरको उडान नम्बर युके १५५ मा अपरान्ह ४ बजे काठमाडौं ओर्लिएका हुन् । गत बुधबार त्यता गएका कुँवरले सिंगापुरमा आयोजित तीन दिने कार्यक्रममा भाग लिएका थिए ।

Read More

डोटीः सेती नदीमा नुहाउने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ। जिल्लाको पुर्विचौकी गाउँपालिका–४ सानागाउँका अन्दाजी ३८ बर्षका तेज खड्काको दिउँसो सेती पुल नजिक नुहाउने क्रममा डुबेर मृत्युु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूप सिं थापाले बताए। डुबेर बेपत्ता भएका खड्काको प्रहरी र स्थानीयको खोजिकार्य पछि शव फेला परेको थियो ।

Read More

धनगढी: कञ्चनपुरको लालझाडी गाउँपालिकाले करार खेती सम्बन्धि नीति तथा कार्यक्रम निर्माण गर्ने भएको छ। सो पालिकाका अध्यक्ष निर्मल रानाले पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा करार खेती सम्बन्धिको विषय समावेश गरिने बताए। खाद्य अधिकार अवधारणा तथा खाद्य अधिकार कानुनी प्रावधानको कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुराको प्रतिबद्धता जनाएका हुन्। लालझाडी गाउँपालिकाको कार्यालयमै शुक्रबार परिवर्तनका लागि कार्यरत युवा समूह नेपाल (याक नेपाल) धनगढी र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि-बर्ड) को आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको थियो। सो क्रममा पालिकाका अध्यक्ष रानाले स्थानीय मुक्त हलिया, कमैया लगयातका समुदायका लागि लक्षित कार्यक्रमहरु ल्याइने बताए। २०६१ सालमा दर्ता…

Read More