डडेल्धुरा: सामान्यतया हामीले बुझेको फार्मेसी पढेकाहरुले मेडिकल सञ्चालन गरेका हुन्छन्। उनीहरुले नै औषधी विक्रीबितरण गर्छन्। तर मान्नुहुन्छ डडेल्धुरामा कमर्स(लेखा) अध्ययन गरेका व्यक्तिले धमाधम औषधी बेचिरहेको भेटिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराको अगुवाईमा जिल्ला स्वास्थ्य कार्यालय, अमरगढी नगरपालिका, नेपाल प्रहरी र पत्रकारसहितको टोलीले अमरगढी नगरपालिका–५ तुफानडाँडा बजार क्षेत्रका मेडिकल र औषधी पसल अनुगमन गर्दा यस्तो भेटिएको हो। जिल्ला सदरमुकाममा आधा दर्जन बढी मेडिकल र औषधी पसल छन् । कर कार्यालयमा दर्ता गरि फर्मको पान नम्बर एक जना फार्मेसीको नाममा छ तर फर्म दर्ता भएका व्यक्ति मेडिकल र औषधी पसलमा बस्दैनन्। यहाँका मेडिकल र औषधी पसल फार्मेसी विषय अध्ययन गरेका व्यक्तिहरु…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा सामान्य हावा हुरीको सम्भावना रहेको छ। राति भने गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
धनगढीः कञ्चनपुमा ४ लाख ३९ हजार एक सय रुपैँया बराबरका अवैध सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका– ४ बाट भन्सार छलिका तरकारी, लेडिज कपडा, आलु, प्याज, २ थान मोटरसाईकल, १ थान स्कुटर र ३ थान साइकल बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। बरामद गरिएका सामानसहित ५ जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यलय गड्डाचौकी पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ।
धनगढीः दार्चुलामा आज ट्याक्टर दुर्घटना भएको छ। प्रहरीका अनुसार शैल्यशिखर नगरपालिका वडान नं–२ को सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो। मंगलबार दिउँंसो देथलाबाट बालुवा लोड गरेर रौतडा तर्फ जाँदै गरेको सुप –प्र ०१००२ त ६१६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक सहित चार जना घाइते भएका थिए।ट्याक्टर दुर्घटनामा बैतडीको डिलाशैनी गाउँपालिका मौनी बस्ने १९ वर्षका चालक गोपालसिंह धामी, सहचालक डिलाशैनी ३ कुनथला बस्ने २५ वर्षका कपिल बोहरा, ट्याक्टरमा सवार दार्चुलाको सालिखेत बस्ने ५७ वर्षका प्रेमसिंह धामी, सोही ठाउँ बस्ने बस्ने १४ वर्षका प्रशान्त धामी घाइते भएका थिए। सामान्य उपचारपछि घाइते सबैजनाको घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता…
धनगढी: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको बञ्चरोको प्रहारबाट मृत्यु भएको खुलेको छ। शनिबार गाउँलेहरुसँग बैजनाथ सामुदायिक वनमा काठ काट्न गएका उनको बञ्चरो प्रहारबाट मृत्यु भएको खुलेको हो। काठ काट्ने क्रममा स्थानीय ५१ वर्षीय लालबहादुर डगौराले चलाइरहेको बञ्चरो उछिट्टिएर अनिलको मृत्यु भएको खुलेको ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले बताए। लालबहादुरले साबिती बयान दिएपछि प्रहरीले ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गरी म्याद थप गरेको छ। घटनास्थल नजिकैबाट प्रहरीले बञ्चरोलगायतका काठ काट्न प्रयोग हुने औजार नियन्त्रणमा लिएको छ। उनीसँगै पक्राउ परेका ४ जनालाई परिवारको जिम्मा लगाइएको छ। यसै गरि डिभिजन वन कार्यालय कञ्चनपुरले पनि काठ…
बैतडीमा भतिजीमाथि बलात्कार गरेको आरोपमा प्रकाउ परेका काकालाई झ्यालखाना पठाइएको छ। भतिजी नाता पर्ने १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिगास गाउँपालिकाका २२ वर्षीय युवकलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो। जिल्ला अदालतको आदेशमा चैत्र २१ गते बिहीवार ती युवकलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए। गत पुस १५ मा घटना भएपनि पीडितको निवेदनपछि उनलाई चैत ३० गते प्रहरीले पक्राउ गरेको थियो। पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले आफ्नो अनुसन्धान सकाएर अदालतमा पेश गरिसकेको छ।
बझाङ: बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका-६ को चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। एकै दिशातर्फ गइरहेका एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। देउलेखबाट सुनकुडा तर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र ०१-०११ झ ३६१ नम्बरको एम्बुलेन्स र से ५ च २४२० नम्बरको मोटरसाइकल उच्छिन्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका महरको उपचारको लागि डडेल्धुरा लग्दै गर्दा बाटोमै मृत्यु भएको हो। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढीः धनगढीमा लागुऔषधसहित एक युवा पक्राउ परेका छन्। सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सारबाट लागूऔषधसहित हसनपुरका ३९ वर्षीय योगेश भण्डारी पक्राउ परेका हुन्। करिब ३ सय मिलिग्राम लागूऔषध र एक ट्याब्लेट नाईट्राभेटसहित भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
धनगढीः कञ्चनपुरमा एनसेलको टावरमा आगलागी भएको छ। सोमबार राति शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीस्थित एनसेलको टावरमा करेन्ट सर्ट भएर आगलागी भएको हो। आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन्। प्रहरी, स्थानीय, र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कञ्चनपुर: कञ्चनपुरमा एक महिला मृत्यु फेला परेकी छिन्। जिल्लाको बेलडाँडी गाउँपालिका- २ नवजागरण टोलीकी ३२ वर्षीया देवकी पाल बुढा सोमबार मृत भेटिएकी हुन्। आफ्नै घरको अगाडि खटियामा सुतेकै अवस्थामा उनी मृत फेला परेको छिमेकी मथुरा औजीले बताए। मृतकको शव हिजोनै पोस्टमार्टमका लागि महाकाली अस्पताल पठाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु प्रकरणमा अनुसन्धान भइरहेको छ। मृतकका श्रीमान धन बहादुर पाल रोजगारका लागि भारतमा थिए। २ छोरा र सासु आमा उनीसंगै घरमा बस्दै आएका थिए।