Author: महेन्द्रनगर पोष्ट

धनगढी : सवारी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जयपृथ्वी बहादुर सिंहसहित ४ जनाको अवस्था गम्भीर रहेको छ । मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह (६४), बुहारी नाता पर्ने जयादेवी सिंह (६०), अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् । चालक धर्मराज जोशीको अवस्था माध्यम रहेको छ । पाँचै जनालाई हेलिकप्टर मार्फत नेपालगन्ज रेफरको तयारी भइरहेको जोशीले बताइन् । घटनाबारे थप विवरण आउन बाँकी छ । सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा…

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर स्रोतका अनुसार राष्ट्रपतिको मुटुको शल्यक्रियापछि पेसमेकर राखिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । राष्ट्रपति पौडेलको मुटुको चालमा समस्या देखिएपछि गएको शुक्रबार राति सो अस्पतालमा भर्ना गरिएको थियो ।

Read More

धनगढी: बझाङमा सुदूपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ। आज (मंगलबार) दिउँसो १ बजेर ४५ मिनेट बित्दा जिल्लाको केदारस्यु गाउँपालिका वडा नम्बर १ स्थित कालंगा नदी किनारमा मन्त्री सवार गाडी खसेर दुर्घटना भएको हो। प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी नदी किनारमा खसेको हो। डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा गाडी सडकबाट ५० मिटर तल खसेको थियो। दुर्घटनामा परि मन्त्री सिंहसहित ५ जना घाइते भएका छन्।घाइते हुनेमा चालक धर्मराज जोशी, मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह, जयदेवी सिंह (महिला) र मन्त्रीका पिएसओ प्रहरी…

Read More

डडेल्धुरा: सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी बझाङमा दुर्घटनामा परेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो। गाडेको सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले बताएको छ। दुर्घटनामा परि मन्त्री सिंहसहित ४ जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

Read More

काठमाडौँ : सडक आयोजनाको काममा बिल भुक्तानी गरिदिएबापत चार लाख रुपैयाँ घुस लिने उपसचिवसहित चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ। ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ, दमक, झापाका आयोजना व्यवस्थापक (उपसचिवसरह) हुताराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल र इटहरी कार्यालयको संयुक्त टोलीले मङ्गलवार रंगेहात पक्राउ गरेको हो। सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत भन्दै उनीहरूले सेवाग्राहीसँग घुस लिएका अख्तियारले जनाएको छ। अख्तियारको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Read More

काठमाडौँ : सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उक्त जानकारी दिएका हुन् । भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भू(भागहरू पनि समेटिएको देखिन्छ । त्यो नक्सा सार्वजनिक भएपछि नेपालमा भारतको आलोचना हुँदै आएको छ भने सरकारलाई भारतको प्रतिवाद गर्न दबाब परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणको क्रममा त्यो नक्साको विषयमा गम्भीरतापूर्वक प्रश्न नउठाएको भन्दै संसदमा समेत आलोचना भएको थियो ।

Read More

काठमाडौँ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । जनवरी १, २०२३ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने भएको हो । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर जहाज बुधबार बिहान९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्ने कार्यतालिका रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उक्त जहाज १ घण्टा पोखरामा होल्ड भएर काठमाडौँ आउने र सोही दिन चीन फर्किने समेत निरौलाले जानकारी दिए । दक्षिण एसियामै पहिलोपटक पोखरामा आयोजना गरिएको ड्रागन बोट रेस फेस्टिबलको अवसरमा चार्टर्ड फ्लाईट हुन लागेको हो…

Read More

काठमाडौं – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । केही दिनयता प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा छलफल चलिरहेको छ ।  सोही क्रममा पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो । लुम्बिनी प्रदेशको स्थानमा अंक लेखिएकाले सच्याएर ल्याएमात्र छलफल हुन सक्ने भन्दै एमाले सांसद रघुजी पन्तले बताएपछि बैठक स्थगित गरिएको हो ।

Read More

सुनबहादुर तामाङ नाम गरेका ठगले हिरादेवी थापा नाम गरेकी महिलाको १२ लाख ठगेका छन्। सोही आरोपमा सुनबहादुरलाई पक्रेर रोजगार विभागमा पठाइएको छ। नुवाकोट दुप्चेश्वरका ५५ वर्षीय सुनबहादुरलाई गोकर्णेश्वर ४, माकलबारीबाट नियन्त्रणमा लिइएको हो। हिरादेवीलाई जापान पठाइदिने प्रलोभनमा पटकपटक गरेर १२ लाख रुपैयाँ ठगेपछि सुनबहादुर फरार भएका हुन्। रोजगार विभागमा थापाले आफु ठगिएको निवेदन हालेपछि प्रहरीले अस्ति तामाङलाई पक्रेको हो।

Read More

यो वर्ष औसतभन्दा बढी गर्मी भएपछि जनावरले समेत पानीको खोजी गर्न थालेका छन् । मानिसले झैँ यी जनावरले पनि गर्मीबाट बच्न पानीको सहयोग लिएका हुन् । चीनको दक्षिण भेगमा यो वर्ष अन्यत्रको तुलनामा गर्मी ह्वात्तै बढेको छ । हङकङ नजिकैको सेन्जेन शहरमा रहेको वाइल्ड एनिमल पार्क (चिडियाघर) का जंगली जनावरले नजिकैको धारामा नुहाउने र पोखरी डुबुल्की मारेका छन् ।

Read More