Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा लागुऔषध (ब्राउन सुगर) सहित तिन जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उप—महानगरपालिका ८ धनगढीगाउँबाट राम विलास राना, धनगढी उपमहानगरपालिका ३ सब्जिमण्डीबाट ज्ञानु धामी र मनोज केसी लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका ८ बस्ने ३४ वर्षीय राम विलास रानालाई ६०० मिलिग्राम लागु औषध खैरो हेरोइनसहित बुधवार साँझतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो। त्यसैगरि, धनगढी उपमहानगरपालिका २ बस्ने २० वर्षीय ज्ञानु धामी र २० वर्षीय मनोज केसीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ…

Read More

बाजुरा: बाजुराको बुढिगंगा नगरपालिका ७ का वडाअध्यक्ष भुवन सिंह केसीका छोरा दिलीप केसी पक्राउ परेका छन्। कर्मचारीमाथि हातपात र गालीगलौज गरेको भन्दै प्रहरीले उनलाई प्रक्राउ गरेको हो। बिहिवार दिउँसो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदलाई हातपात तथा गालीगलौज गरेको भन्दै दिलीपलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी कविन्द्र बोहोराले बताए। एकपटक दुवै पक्षबिच छलफल गर्ने उनले बताए। योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानी दिनुपर्ने भन्दै उनले कर्मचारीमाथि हातपात र गालीगलौज गरेको नगरपालिकाले जनाएको छ।

Read More

पशुपतिनगर : इलामको माइजोगमाई २ मा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन्। बिहीबार राति माईजोगमाई– २ का ५७ बर्षीय पिताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर बाहिरको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। खतिवडाका दुई श्रीमती थिए। कान्छी श्रीमती सीता खतिवडासँग बस्दै आएका पीताम्बरले राती जेठी श्रीमतीको घरमा गएर उक्त घटना घटाएको प्रारम्भिक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। कान्छी श्रीमती सीता भने बिहीबार माइती गएको प्रहरीले जनाएको छ। 

Read More

काठमाडौं:  लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले सञ्चालक सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको हो। एलओडीमा एक १५ वर्षीया किशोरीलाई मादक पदार्थ खुवाएर ललितपुर पुर्याएर‍ बलात्कार गरेको आरोपमा यसअघि नै पोखराका सुदन कोइराला पक्राउ परेका थिए। नाबालिगलाई ऐन विपरीत क्लबमा प्रवेश दिएको घटनामा एलओडीका दुवै सञ्चालकविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी भएको थियो। सोही आधारमा सुवाल पक्राउ परेका हुन् भने अर्का सञ्चालक रुदिप श्रेष्ठ फरार छन्। पीडित किशोरीले कोइरालाविरुद्ध जेठ ३१ गते उजुरी दिएकी थिइन्।

Read More

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री नपाए दिल्ली जानु भन्ने आशयको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन्। बिहीबार राति सामाजिक सञ्जाल फेसबुकको एउटा स्टाटस लेख्दै प्रचण्डप्रति भन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने संसदमाथि शंका लागेको टिप्पणी गरेका हुन्। बालेनले भनेका छन्, ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा। भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन्?’ प्रधानमन्त्री दाहालले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिपछि नेपालको राजनीति अहिले…

Read More

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाले तेस्रो चरणको मूल नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी गरेको छ । आयोजनाले आज ब्रह्मदेवदेखि फुलेलीसम्म २७ किलोमिटर मूल नहरमा पानी परीक्षण गर्न लागेको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले जानकारी दिए। मूल नहरमा तीनदेखि दश क्युसेकसम्म पानी छोड्ने तयारी रहेको उनले बताए। नहरमा पानी छोड्ने भएकोले सो क्षेत्रका बासिन्दालाई आफ्ना बालबालिका, चौपायालगायतको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ। आयोजनाअन्तर्गत हालसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको छ। नहर निर्माण भएको क्षेत्रमा २२ शाखा नहर निर्माणाधीन अवस्थामा छन्। बाइस शाखा नहर निर्माण भए पछि पाँच हजार एक सय हेक्टरमा सिँचाइ…

Read More

काठमाडौँ: अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्। उनले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए। रेग्मीका अनुसार उनले घरको छिडिमा घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन्। बुबा आमसँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन्। ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिसत मात्र छायाङ्कन सकिएको छ। उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ।

Read More

मान्म: कालीकोटको तिलागुफा नगरपालिका–१० मा रहेको श्री महादेव माध्यमिक विद्यालयमा अज्ञात रोगले अधिकांश विद्यार्थी बिरामी भएका छन् । सामान्य रोग होला भनेर केही बेवास्ता गर्दा विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी १४ वर्षीया कर्मा थापाको बुधबार ज्यान गएको र हाल विद्यालय विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यापक भद्रबहादुर सिंहले जानकारी दिनुभयो । “हामीले जिल्ला अस्पताल कालीकोट र नगर अस्पताललाई पनि खबर गरेका छौँ”, उहाँले भन्नुभयो, “दुई जना विद्यार्थीको स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र एक जना विद्यार्थीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।” विद्यालयमा कक्षा ११ सम्म पढाइ हुने गरेको र तीन सय २७ विद्यार्थी अध्ययन रहेकामा तीमध्ये एक सय ३०…

Read More

धनगढीः बझाङको केदारस्युँ गाँउपालिकाले कृषिजन्य सामग्री ढुवानी सहज बनाउने उद्येश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। किसानले उत्पादन गरेको कृषिजन्य वस्तु, फलफुल तरकारी र  रैथानेबालीहरुको आपूर्ति तथा बिक्रीवितरणको लागि गाँउपालिकाले ‘कृषि एम्बुलेन्स’ उपलब्ध गराएकोे हो। किसान, सहकारी संस्था तथा व्यवसायीलाई सहुलियत दरमा तरकारी, फलफूल, तथा रैथानेबाली तथा अन्य उपभोग्य सामग्रीको उपलब्धतालाई सहज बनाउनका पालिका भित्र निशुल्क गाडी परिचालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष मनिषा धामीले बताइन्। उनका अनुसार किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई सहज रूपमा बिक्री तथा ढुवानीका लागि वातावरण मिलाउने तथा पालिका भित्रका विभिन्न वडाका गर्भवती र आकस्मिक हुने दुर्घटनाका लागि समेत निःशुल्क सेवा दिनका लागि यस्तो निर्णय गरिएको हो।

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर  आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम…

Read More