Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा गोरुगाडासहित अवैध काठ बरामद गरिएको छ। जिल्लाको  घोडाघोडी नगरपालिका वडा नम्बर ९ बाट सालको दुई गोलिया काठ गोरुगाडासहित बरामद गरिएको हो। राष्ट्रिय वनबाट काठ तस्कर गरी ल्याउँदै गर्दा भगतपुर सामुदायिक वनमा गोरुगाडासहित काठ बरामद गरिएको छ। रातिको समयमा गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय पहलमानपुरले काठ बरामद गरेको हो। बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय पहलमानपुर राखिएको छ। डिभिजन वन कार्यालय पहलमानपुरका कर्मचारी देखेपछि तस्कर गोरुगाडा छोडेर भागेका थिए। गोरुगाडा छोडेर फरार भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको डिभिजन वन कार्यालय पहलमानपुरले बताएको छ।

Read More

काठमाडौं: नेपालमा पहिलो पटक मंकिपक्स भाइरस संक्रमण देखिएको छ। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मंकिपक्स भाइरस (एमपक्स) को संक्रमण देखिएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रूद्रप्रसाद मरासिनीले मंकिपक्स भाइरस ज्वरो आएको बेला बढी संक्रमण हुने जानकारी दिए। उनले संक्रमितको सम्पर्कमा आएका सबै आइसोलेसनमा बस्नुपर्ने बताए। ‘मंकिपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्छ। नेपालमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने छैन’, उनले भने।   लक्षणहरू एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ–खटिरा–बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्‍यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा,…

Read More

काठमाडौँ: हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।  कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि…

Read More

काठमाडौं: गृह सचिव दिनेश भट्टराईसहित्को तीन सदस्यीय टोली अमेरिका प्रस्थान गरेका छ। सो टोली राति ८ बजे काठमाडौंबाट दुबई हुँदै अमेरिका गएको बताइएको छ । टोलीमा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक सन्दीप भण्डारी, गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख सहसचिव केदारनाथ शर्मा छन् । सचिव नेतृत्वको टोली फ्लाई दुबईको उडान नम्बर एफजेड ५७६ मा गएका हुन् ।

Read More

धनगढीः शनिवार साँझ कैलालीको अत्तरियामा सिट्टी बजाएर प्रदर्शन गरिएको छ। गेटामा निर्माणाधिन शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक चालु संसदबाटै अनुमोदन गरिनुपर्ने लगायतका माग गर्दै अत्तरियामा सिट्टी बजाएर विरोध प्रदर्शन गरिएको हो। शनिवार साँझ शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विधेयक अनुमोदनसंगै गेटामा तत्काल ६ सय शैय्याको अस्पताल संचालन गरिनुपर्ने माग गर्दै सिट्टी बजाएर प्रदर्शन गरेको थियो। संघर्ष समितिका संयोजक लोक राज पाण्डेयले गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापनाका लागि भइरहेको चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तरगत सरकारको कान, आँखा खोल्न सिट्टी बजाएर विरोध प्रदर्शन गरिएको बताए।

Read More

डडेल्धुरा: डोटीकी एक महिलाको भारतमा हत्या भएको छ। जिल्लाको शिखर नगरपालिका सुर्काल घर भइ हाल भारतको गुजरातस्थित वापीमा बस्दै आएकी लक्ष्मी पार्कीको हत्या भएको हो। उनको शव गत जेठ ३० गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो। उनी पति अर्जुन पार्कीसहित छोरीहरुसँग विगत ४ महिनादेखि बसिरेकी थिइन्। पति कोठाभन्दा केही पर एक होटलमा काम गर्ने गरेको र घटनाको रात पनि होटलमै रहेको आफन्त नरेश पार्कीले बताए। उनको अनुसार ३ छोरी साथमा रहेको बेला कोठामा ३ जना अज्ञातव्यक्ति प्रवेश गरि बलात्कारपछि लक्ष्मीको हत्या गरेको भनेर प्रहरीले बताइरहेको छ। प्रहरीले तिनै आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मृतकका आफन्त नरेश बताउँछन्।…

Read More

धनगढी: नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको सचेतकमा गिताकुमारी चौधरी नियुक्त भएकी छन्। अस्ति नै संसदीय दलका नेता कमलबहादुर शाहले उनलाई दलको सचेतकमा नियुक्त गरेका हुन्। निर्णय अस्ति नै भएको भएपनी आज मात्र सार्वजनिक गरिएको हो। उनलाई सचेतक बनाइएको कुरा काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बमले पुष्टि गरे।

Read More

धनगढी: नेपाली काङ्ग्रेस निकट नेपाल प्रेस युनियन दार्चुलाको छैटौं जिल्ला अधिबेशनले पत्रकार कमलराज जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जिल्ला समन्वय समिति प्रमुख महादेव बडुको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रपछि आयोजित बन्दसत्रले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो। जिल्ला शाखाको उपाध्यक्षमा गणेश सिंह धामी, समावेशी उपाध्यक्षमा बिशन सिह बुढाथोकी, सचिवमा प्रकाशचन्द्र भट्ट, सहसचिवमा बिजया जोशी र कोषाध्यक्षमा नरेन्द्र राज बडू निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा क्रमश: रणजित सिंह खत्री, दिपक साउद, हिरा सिंह धामी, गोबिन्द सिंह धामी, मनिषा बिष्ट, सुनिता कार्की र हेमन्ती भट्ट चयन भएका छन्। युनियनका केन्द्रीय उपाध्यक्ष प्रेम चुनाराको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछामको बयालपाटा अस्पतालका लागि बजेट विनियोजन गरिएको बताएका छन्। नमूना अस्पतालका रूपमा सञ्चालित सो अस्पतालमा बजेट छुट्याइएन भनेर सामाजिक सञ्जालमा आक्रोश पोखिएपछि मुख्यमन्त्री शाहको प्रतिक्रिया आएको हो। शनिबार कञ्चनपुरको बेलौरीमा थारु जातिमा देखिने सिकलसेल एनिमिया र थालेसिमिया रोगको पहिचान र निदानलाई प्रभावकारी कार्यान्वयन, नियन्त्रणका लागि स्थानीय तहसँगको समन्वयमा निःशुल्क शिविरको उद्घाटनका क्रममा शाहले विगतमा झैँ बयालपाटा अस्पतालमा बजेट छुट्याइएको बताए। ‘‘प्रदेश सभामा बजेट सार्वजनिक गर्दा केही दुबिधा भएको छ’’, उनले भने, ‘‘बयालपाटा अस्पतालका लागि अघिल्लो वर्ष प्रदेश सरकारले दिएको सुविधा यथावत् राखिएको छ। अघिल्लो वर्ष नौ करोड रुपियाँ सो अस्पतालका लागि छुट्याएको थियो।’’ अस्पतालको…

Read More

काठमाडौं : स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा निधन भएको छ । सदरमुकाम पुतलीबजारको बर्जामा भएको सवारी दुर्घटनामा उनको ज्यान गएको बताइएको छ । राति बालिङबाट पुतलीबजारतर्फ आउँदै गरेको अवस्थामा उनी चढेको जिप दुर्घटनामा परेको हो । बा. १५ च १७०१ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिपले च्यापेको अवस्थामा फेला परेका गिरीको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो । चालक सुरज नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चापाकोट नगरपालिका ४, दार्सिङ निवासी ६० वर्षे गिरी पुतलीबजारमा बस्दै आएका थिए ।

Read More