Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ लागि सवा २९ अर्बको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका हुन् । उनले २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । भौतिक पूर्वाधार विकास अन्तर्गत सडक र पुलका लागि पाँच अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ भने खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारी साधन भने खरिद नगर्ने जनाएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी बजेटको आकार…

Read More

काठमाडौँ: गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ । त्यस्तै, गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सीडीओ बनाइएको छ । कञ्चनपुरका सीडीओ गोपालप्रसाद अर्याललाई डोटीको सीडीओ बनाइएको छ । उनको अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर डोटीको सीडीओ बनाइएको हो । उता मकवानपुरका सीडीओ रहेका राजेन्द्र पाण्डेलाई सिरहाको सीडीओ बनाइएको छ । सिरहाका सीडीओ भोजराज खतिवडालाई खोटाङको सीडीओ बनाइएको छ । खतिवडा लाइ सुगम तथा दुर्गम हेरेर सरुवा गरिएको हो । डोटीकी सीडीओ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रमुख जिल्ला अधिकारी बनाइएको…

Read More

सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज शुक्रवारदेखि नगर माइक्रोबस सेवा सञ्चालनमा आएको छ । सेवा सञ्चालनमा आएसँगै २० रुपैयाँमा वीरेन्द्रनगर घुम्न सकिने भएको हो । वीरेन्द्रनगर नगर माइक्रोबस सेवाको उद्घाटन गर्दै नरपालिकाका मेयर मोहनमाया ढकालले सहुलियतमा नगर बस सेवा सुरु भएसँगै नगरवासीलाई सहज हुने बताए । नागरिकको आवश्यकतानुसार नगर माइक्रोबस सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले सुरक्षित वीरेन्द्रनगर बनाउने अभियानमा नगरपालिका लागेको बताए । व्यवसायीका आवश्यक मागका सम्बन्धमा नगरपालिका गम्भीर रहेको बताउँदै मेयर ढकालले अटोरिक्साको मनलाग्दी भाडाका कारण आजित बनेका नागरिकलाई नगर माइक्रोबस सेवाले राहत दिने विश्वास व्यक्त गरे । उनका अनुसार नगर माइक्रोबस सेवा…

Read More

बैतडी: बैतडीका हरिश विष्टले हातेट्याक्टरले जोतेर सडकमै मकै लगाएका छन् । जिल्लाको सुर्नया गाउँपालिका-२ को पत्ताल भुमेश्वर गेटदेखि भम्कापानी सम्मको ग्रामीण शाखा सडकमा उनले सडक खनेर मकै लगाएका हुन् । वर्षाैँदेखि बजेट नपरेको, परेको बजेटले पनि अन्य ठाउँमा काम हुने गरेको र सडक निर्माणमा कसैले चासो नदिएपछि सडकमा परेको आफ्नो जमिनमा मकै छरेको उनले बताए । पत्ताल भुमेश्वरदेखि डाँडाबागसम्म जोड्ने सडक अधुरो रहेको बताइएको छ । यो सडकको स्थानीयहरुले नै मिलेर एक दशक अगाडि उद्धघाटन गरेका थिए । सडकमा मकै लगाएको फेसबुक लाइभसमेत गरिएको थियो ।

Read More

काठमाडौँ: सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)सहित तीन जनालाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो । यसै विषयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले महानगर प्रमुखसहितलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन् । प्राधिकरणले यस कार्यलाई कानुनविपरीत भएको बताएको छ । ‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सभा अगाडि शङ्ख र सिटी बजार प्रदर्शन गरिएको छ । गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै संघर्ष समितिले प्रदेश सभा अगाडि प्रदर्शन गरेको हो । विश्वविद्यालय स्थापनाका लागि प्रतिनिधि सभाको चालु अधिवेशनबाट विश्वविद्यालय विधेयक पास गर्न, प्रदेश सभाबाट विश्वविद्यालय स्थापनाको सङ्कल्प प्रस्ताव पारित गर्न र आगामी आर्थिक वर्षभित्र गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग राख्दै प्रदर्शन गरिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले बताए ।

Read More

बैतडी: बैतडीको सतबाँझ बजारमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । सुर्नया गाउँपालिका २ स्थित मुख्य बजारमा सिसी क्यामेरा जडान गरिएको हो । सतबाँझ प्रहरी चौकीका इन्चार्ज ऐनबहादुर पालले बजार क्षेत्रमा चार ओटा सिसी क्यामेरा जडान गरिएका बताए । चालु वर्षको बजेटबाट क्यामेरा खरिद गरेर जडान गरिएको सुर्नया गाउँपालिकाले जनाएको छ । बजार क्षेत्रमा हुने आपराधिक कृयाकलाप नियन्त्रणका लागि सिसीटिभी क्यामेराले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । त्यस्तै, सतबाँझमा सार्वजनिक शौचालय पनि निर्माण भइरहेको बताइएको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रहमदेवबाट ३६ वर्षीय करन ओड र गणेश बुढा पक्राउ परेका हुन् । करनलाई ११० ग्राम लागुऔषधसहित पक्राउ गरिएको र गणेशको पसलबाट ल्याएको भन्ने खुल्न आएपछि उनलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Read More

कैलाली: कैलालीमा सहकारी अगाडि राखिएका मोटरसाइकलमा आगलागी भएको छ । आज जिल्लाको टीकापुर नगरपालिका–१ स्थित नवजीवन सहकारी संस्थाको पार्किङमा राखिएका दुई मोटरसाइकलमा अचानक आगलागी भएको हो । सोही सहकारी संस्थाका सुरक्षा गार्ड मदनबहादुर सिंहको नाममा रहेको भे८प २९३ नम्बरको मोटरसाइकल र सुर्खेत बिरेन्द्रनगर नगरपालिका–८ खजुराका कालु खाँण ठकुरीको सु.प.प्र.०१००८प ५९०२ नम्बरको माटरसाइकलमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । आगलागी हुँदा दुबै मोटरसाइकल जलेर नष्ट भई ४ लाख रुपैयाँ बराबरको बराबरको क्षति भएको बताइएको छ । प्रहरीले आगालागीको कारण पत्ता नलागेको र अनुसन्धान जारी रहेको बताएको छ ।

Read More

काठमाडौँ: नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी भर्ना गर्न लागेको छ । सहायक प्रबन्धकसहित विभिन्न पदमा ८९ जना कर्मचारी भर्न गर्न बैंकले आज आवेदन मागेको हो । आज सूचना प्रकाशित गर्दै बैंकको मानव स्रोत व्यवस्थापन विभागले छैठौं तहको सहायक प्रबन्धकसहित चौथौं तहको सहायक आवश्यक परेको जनाएको छ । आजदेखि असार २१ गतेसम्म अनलाइनमार्फत आवेदन दिन भनिएको छ ।

Read More