कञ्चनपुर: कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ । सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेङ्गु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज लामखुट्टेका लार्भा सङ्कलन गरी प्रयोगशालामा राखेको हो । लार्भाबाट वयस्क लामखुट्टे उत्पादन भएपछि त्यसमा डेङ्गु भाइरसको सङ्क्रमणको अवस्थाबारे अध्ययन गरिने छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशानालायका ‘भेक्टर कन्ट्रोल’ अधिकृत हेमराज जोशीका अनुसार विगतका वर्ष नेपालका ७७ वटै जिल्लामा डेङ्गु रोगको सङ्क्रमण फैलिएको थियो । यसैबेलादेखि डेङ्गु रोग सार्ने एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टे सङ्क्रमित भएका थिए । ती सङ्क्रमित लामखुट्टेका लार्भा अहिले पानी परेपछि वयस्क हुने…
Author: महेन्द्रनगर पोष्ट
रौतहट: रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । फतुवा विजयपुर नगरपालिका वडा न. ८ का २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते भएका हुन् । शनिबार साँझ ७ बजेतिर पुरानो रिसिबीको कारण स्थानीय १८ वर्षीय सदरे आलमले राममाथि भाला प्रहार गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले जानकारी दिए । दायाँ कोखामा भाला लागेर राम घाइते भएका छन् । उनको वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ । भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको डीएसपी यादवले बताए ।
काठमाडौं: पानी जहाज कम्पनीमा कामदारका पठाउने उद्देश्यले इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ। शमखाले आज सूचना जारी गर्दै उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने जनाएको छ। यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने जारी सूचनामा उल्लेख छ।
धनगढी: धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएका छन्। हिजो (शनिबार) राति ९ बजेतिर धनगढी उपमहानगरपालिका-८ मोतिचोक स्थित क्याम्पस चोकबाट मनेहरातर्फ गइरहेको मोटरसाइकल दुर्घटना भएको थियो। प्रहरीका अनुसार धनगढीकै जाई बस्ने २८ वर्षीय त्रीसाच मल्लले चलाएको से ७ प १७७७ नं. को मोटरसाइकलले छाडागाईलाई ठक्कर दिएको थियो। ठक्करबाट गाई मरेको छ भने चालक मल्लको टाँउको, हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए। उनका अनुसार मल्लको अवस्था मध्यम रहेको र उनको सेती अस्पतालमा उपचार भैरहेको छ। मोटरसाइकललाई भने नियन्त्रणमा लिएर गाईको व्यवस्थापनको लागी नगरपालिकासँग समन्वय भईरेहको प्रहरीले जनाएको छ।
धनगढीः कैलालीस्थित धनगढीको एक पसलमा आगो लागेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को जिएस आटो पार्ट्समा आगलागी भएको हो। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ का सुरज चौधरीले सञ्चालन गरेको पसलमा विद्युतको तार सर्ट भएर आगो लागेको प्रहरीले बताएको छ। आगलागीबाट ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। उनले प्रहरी, स्थानीय र दमकलको प्रयोगले आगो नियन्त्रणमा लिइएको बताए। आगो लागेको घर पावर्ती पाण्डेको हो।
चितवन: नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पशु चौपायामा लागेको लम्पी स्किन रोगलाई रोक्न हदसम्म प्रयास गर्नुपर्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसकेको अवस्थामा सरकार गम्भीर नबन्नु चिन्ताको विषय भएको बताए। ‘साउन १२ सम्म मुलुकभर ५० हजार ८ सय २६ पशु मरेको पशुसेवा विभागको तथ्यांक छ। ०७९ चैतमा कोशीबाट फैलिएको लम्पी स्किन रोगबाट साउन १२ सम्म १० लाख ८८ हजार ७ सय ४९ पशु संक्रमित भएका छन्। तीमध्ये ५० हजारभन्दा बढी पशु मरेका छन्। २ लाख ४८ हजार ३ सय ५ पशु अझैँ सक्रिय संक्रमणमै रहेको विभागको तथ्याङ्क…
काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी…
मणिपुर : अघिल्लो साता दुई कुकी महिलालाई ‘नग्न बनाएर हिँडाएको’ भिडियो भाइरल भएपछि भारतीय राज्य मणिपुरको थोरबुङमा पुनः हिंसा भड्किएको छ । मैतेई र कुकी समुदायबीच द्वन्द्व थप चर्किंदै जाँदा थोरबुङमा लगातार गोलाबारी भइरहेको छ । हिंसाग्रस्त मणिपुरमा गोलाबारी मात्र होइन, ‘मोर्टार हमला’ पनि भइरहेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो छ दिनदेखि मणिपुरको काङ्वे गाउँमा मैतेई र कुकीबीच गोली हानाहान भइरहेको स्थानीयरूले बताएका छन् । ‘म घर छाडेर छेउतिरको शरणार्थी शिविरमा सरेको छु । असम राइफल्सको क्याम्प मेरो घरबाट ३०–३५ मिटर मात्र टाढा छ । तर, हिजो राती कुकी जातिले चर्को गोलाबारी गरे । मेरो घरमा छापा मारिएको छ ।…
धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम भोली देखी धनगढीमा सुरु हुने भएको छ। नेकपा एमाले प्रदेश स्कुल विभागको आयोजनामा धनगढीमा प्रशिक्षण कार्यक्रम हुन लागेको हो। भोली देखी सुरु हुने प्रशिक्षण तीन दिन सम्म जारी रहने छ । प्रशिक्षणका लागि एमाले उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली धनगढी पुगिसकेका छन् । ज्ञवाली सहित केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा स्थायी कमिटी सदस्य कर्ण थापा, एमाले पोलिट ब्युरो सदस्य तथा प्रदेश स्कुल विभाग समन्वय संयोजक राजेन्द्रसिंह रावल, केन्द्रीय स्कुल विभाग सचिव ईश्वरी रिजाल लगायतले प्रशिक्षण दिने छन् । प्रशिक्षणमा…
धनगढी: कञ्चनपुरमा लागुऔषधसहित एक प्रहरी नै पक्राउ परेका छन्। आज(शनिबार) साँझ पुनर्वास नगरपालिका-१० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले उनीसहित २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको प्रहरी स्रोतले बताएको छ। उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १.२ ग्राम लागुऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले बताएको छ।