Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा बलात्कार आरोप लागेका चिफसर जेलबाट छुटेको जानकारी पीडित पक्षले ५० दिनपछि पाएका छन्। गत असार २० गते राति २ बजे बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रबहादुर नेगी परस्त्रीको कोठामा फेला परेका थिए। नेगीलाई श्रीमतीसँग बलात्कार गर्दैगर्दा कैलाली घर भएका डसराम चौधरीले देखेका थिए। रक्सी सेवन गरेर नेगी आफू नभएको मौका छोपी रातिको समयमा जबजस्ती कोठामा पसेर श्रमतीलाई बलात्कार गरेको देखेपछि डसरामले प्रहरी कार्यालमा उजुरी दिएका थिए। मजदुरी गर्न बैतडी पुगेका चौधरी दम्पति पुर्चौडी नगरपालिका वडा नम्बर १ कोपिखेत गाउँमा डेरा गरी बस्थे। डसराम कामको सिलिसिलामा डडेल्धुरा गएको मौका छोपी क्याम्पस प्रमुख आफ्नो कोठामा छिरेको दाबी चौधरीको दाबी छ।…

Read More

बैतडी: बैतडीमा मलामी गएका व्यक्ति घाइते अवस्थामा फेला परेका छन्। हिजो बिहान (आइतबार) पुरचौडी नगरपालिका-८ डणपुर गाउँका ८२ वर्षीय जगी साउदको मलामी गएका स्थानीय धनसिंह साउद कुटिएर बेहोस भएको अवस्थामा भेटिएका हुन्। साउद गाउँका करिब ७० जना मलामीसँगै खोलाबगर चिहानघाट पुगेका थिए। बिहान करिब ७ बजे मलामी गएका धनसिंह साउद घाटबाट फर्किने बेला गाउँलेबाट अलग भएका थिए। साँझ घाइते साउलाई उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

रौतहट: रौतहटको चन्द्रनिगाहपुर स्थित माछापुच्छ्रे बैक लिमिटेडको शाखाबाट एक सेवाग्रहीको खाताबाट ९ लाख रकम गायब भएको छ। आईतबार चेक साट्न गएका बृन्दावन नगरपालीका- ३ का रामेश्वर राय यादबको खाताबाट रहस्यमय तरिकाले रकम ९ लाख गायब भएको हो। अघिल्लो दिन सम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो। आइतबार उनी ८ लाखको चेक लिएर बैक गएका थिए। बिहिबार बिहान उनले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमाजम्मा गर्न चेक दिएका थिए। शुक्रबार दिउसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाईलमा म्यासेज समेत आएको यादबले जानकारी दिएका छन। आईतबार ८ लाखको चेक लिएर साट्न गएका यादबको…

Read More

काठमाडौँ: नेपाली सेनाले विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले दुई दिवसीय अभ्यास हातेमालो‍–५ सुरु गरेको छ। विपद् व्यवस्थापनसँग सरोकार राख्ने मन्त्रालय, सरकारी निकाय, राष्ट्रिय तथा नेपालस्थित अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको सहभागितामा संचालन हुने हातेमालो युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी ताराध्वज पाण्डेको सम्बोधन सँगै शुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

Read More

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

Read More

डडेल्धुरा: सामान्यतया तपाईंले फोटोकपी गरेको कति रुपैयाँ तिर्नुहुन्छ ? बढीमा ५ रुपैयाँ हैन त ! तर, अचम्म लाग्दो कुरा डडेल्धुरामा एक व्यापारीले एकप्रति फोटोकपी गरेको ५ को दोब्बर १० हैन २० रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ। उसै त पीडित, त्यसैमाथि यस्तो असुलीले हैरान बनेका छन् डडेल्धुराको शिवशिखर सहकारीका सदस्यहरु। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिवशिखरविरुद्ध जाहेरी दिन भनेपछि ती व्यापारीका त ‘दिन आए’ जस्तै भएको छ। अस्ति मात्रै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरी दिन आग्रह गरेको थियो। सो सहकारीको जिल्ला शाखाले बचतकर्ताको बचत रकम, सावाँ, ब्याज फिर्ता नगरेको वा ठगी गरेको भए उजुरी दिन आग्रह गरेको हो।…

Read More

धनगढी: बझाङमा यार्चागुम्बा सङ्कलनका लागि गएकी एक महिलाको शव फेला परेको छ। आज (आइतबार) जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिकाको सिमाना अन्तर्गत पर्ने धनसेरी हिमालक्षेत्रमा हिमपहिरो गएको थियो। उक्त हिमपहिरोमा परेर अहिलेसम्म १ महिलाको मृत्यु भएको र २ जना घाइते भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए। उनका अनुसार मृत्यु हुने र घाइते हुनेमा सुर्माकै स्थानीय श्रीमान-श्रीमती रहेको र एकजना अर्का पनि घाइते बनेका छन्। टेलिफोन सम्पर्क हुन नसक्दा उनीहरुको परिचय भने नखुलेको डिएसपी भण्डारीले बताए। यस्तै अन्य २ जना अझै सम्पर्कविहीन रहेको र प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ।आइतबार बिहान ९ बजेतर्फ यार्चागुम्बा सङ्कलनका लागि…

Read More

धनगढी: बझाङमा हिमपहिरोमा परेर दुई जना घाइते छन् भने तीन जना बेपत्ता भएका छन् । आइतबार बिहान सुर्मा गाउँपालिका वडा नम्बर २ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जादा दुई जना घाइते र तीन जना बेपत्ता भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले हिमपहिरोमा पुुरिएर तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली हिडेको जानकारी दिए तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उनी बताउँछन्। उनकाअनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ भने सशस्त्र प्रहरीका सशस्त्र प्रहरी…

Read More

धनगढीः कैलालीको कर्णाली नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ। टीकापुर नगरपालिका–५ प्रेमनगरका १७ वर्षीय किशोर अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो। कर्णाली नदीमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले आफन्तहरुको सहयोगमा खोजी गर्ने क्रममा दौलतपुरस्थित नदी किनारमा उनको शव फेला परेको हो।

Read More

धनगढी: कैलाली प्रहरीले त्रिनगर भन्सार क्षेत्रबाट ब्राउनसुगरसहित एक भारतीयलाई पक्राउ गरेको छ। भारत पलिया बस्ने २४ वर्षीय मनोज सिंहलाई शनिबार राति अवैध लागूऔषध ब्राउनसुगर एक सय ७० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो।

Read More