Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चा बनाएर कसैलाई घुर्क्याउन नखोजेको बताएका छन्।  सोमबार राष्ट्रिय सभा गृहमा भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैलाई घुर्क्याउन समाजवादी मोर्चा नबनेको बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काउँदै कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्न मोर्चा नबनाएको बताए । ‘कुनै पार्टीलाई हामीले घुर्क्याउन खोजेका हैनौं । कसैलाई दबाब दिन पनि हामीले चाहेका हैनौं । कसैलाई तर्साउन पनि चाहेका हैनौं । नतर्सिनुस्, ढुक्क हुनुस्,’ उनले भने । उनले पहिलो पटक मोर्चा नबनाएको बताए । उनले ४८ सालमा र ६२/६३ को आन्दोलनमा पनि मोर्चा बनाएको स्मरण गरे…

Read More

काठमाडौ : सेयर बजारका लगानीकर्ताहरुले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिएका छन् । सांसद हरि ढकालको नेतृत्वमा गएको लगानीकर्ताको टोलीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि ८ बुँदे  सुझाव दिएको हो । उनीहरुले सेयर धितोकर्जामा एकल ग्राहकलाई लगाइएको १२ करोडको सीमालाई हटाउन माग गरेका छन् । सेयर धितोकर्जाको जोखिम भारलाई पुनरविचार गर्न माग गरेका छन् । ब्रोकरमार्फत सेयर धितोकर्जा प्रभावकारी बनाउनको लागि १० अर्बको कोष खडा गर्न माग गरेका छन् । बैंक तथा वित्तीय संस्थामा हुने तरलता अभाव, ब्याज दर वृद्धि र मौद्रिक नीतिमा हुने परिवर्तनको चक्रबाट सेयर बजारमा हुने प्रभाव कमगर्ने…

Read More

भद्रपुर: झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मेचीनगर नगरपालिका-६ निवासी २८ वर्षीय  देवेन्द्र थापा रहेको झापा कारागार भद्रपुरले जनाएको छ ।  आइतवार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिएका छ्न् । १६ असार २०७८ देखि लागुऔषध मुद्दामा कारागारमा जेल जीवन विताइरहेका थापाको कैद समयावधि ५ वर्ष रहेको कारागार प्रमुख पनेरूले बताए ।

Read More

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकको परिवर्तनका लागि प्रगतिशील शक्ति एकताबद्ध भएर समाजवादी मोर्चा गठन गरिएको बताएका छन् । समाजवादी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनका लागि आफूहरू एक ठाउँमा उभिनुपरेको दाबी गरे । राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा त्यसको अनुभूति हुन नसकेको बताउँदै उनले अब सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने बताए । शासन प्रणाली बदलिए पनि शासकको कार्यशैलीमा परिवर्तन भई जनताको जीवनमा त्यसको प्रभाव देख्न नपाइएको यादवको दाबी छ । समाजवादी मोर्चाको उद्देश्य गणतन्त्रलाई संस्थागत गर्ने, संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता, मौलिक हकजस्ता उपलब्धि सुनिश्चित गर्ने रहेको उनले…

Read More

काठमाडौँ: सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै मोर्चाको औपचारिक रूपमा घोषणा गरिएको हो ।

Read More

काठमाडौँ: बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात् आईपीओ भरेमा कारबाही हुने भएको छ । घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले एक सूचना सार्वजनिक गर्दै आवश्यक मौज्दात नभएको खाताबाट शेयर भरेमा कारबाही हुने जनाएको हो । अहिलेसम्म रकम नभएको वा अपुग रकम भएको बैंक खाताबाट आईपीओ भर्दा रद्दमात्रै हुने गरेको थियो । अब भने धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार झुटा एवम् जालसाजीयुक्त कारोबारअन्तर्गत कारबाही हुने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

Read More

काठमाडौँ: तीन करोड ५७ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनले अवकाश पाइसकेका छन्। राजभण्डारी सार्वजनिक सेवामा प्रवेश गरेको ३० फागुन ०५१ देखि ३१ भदौ ०७९ सम्मको आम्दानी र खर्चको अख्तियारले विश्लेषण गरेको थियो। उक्त अवधिमा उनको वैधानिक आय तीन करोड ८५ लाख ५१ हजार सात सय ४१ रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ । सोही अवधिमा उनको खर्च तथा लगानी सात करोड ४२ लाख २९ हजार छयासी रुपैयाँ देखिएको थियो। कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड ५६…

Read More

बैतडी: बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीमा पानी अभावले बन्द भएको प्रसुति सेवा सुचारु भएको छ । मेलौली नगरपालिका अन्तर्गत पर्ने स्याडी खोलाबाट ट्यांकरमा पानी लगेर प्रसूती सेवा सुचारु गरिएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए । स्वास्थ्य चौकी छेउबाट बस्ती र मन्दिरका लागि खानेपानीको पाइप गए पनि स्वास्थ्य चौकीले अझै पानी भर्न पाएको छैन । प्रसूती भएका महिलाले स्वास्थ्यचौकी छोएमा पानी सुक्छ भन्ने अन्धविश्वासका कारण स्वास्थ्य चौकीले पानी पाउन नसकेको हो । स्वास्थ्य चौकीलाई पानी नदिएपछि जेठ २८ गतेदेखि प्रसूती सेवा बन्द गरिएको थियो । पानीको अभावमा प्रसुती सेवा बन्द भएपछि झण्डै ४६ किलोमिटर टाढाबाट २५ हजार बढी रुपैयाँ तिरेर पानी…

Read More

धनगढी: कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको घोडाघोडी नगरपालिका–३ नारायणपुरमा विद्युतको पोलबाट करेन्ट लागेर सोही ठाउँका ३५ वर्षीय फुलाराम चौधरीको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका चौधरीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: गेटा चिकित्सा विश्वविद्यालयको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। आज सोमबार गेटामा निर्मित संरचना हेर्न अस्तीदेखी कैलालीमा आन्दोलन गर्नेहरु गएका थिए। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेर आन्दोलनकारीमाथि बल प्रयोग गर्दै बाहिर निकालेको हो। आन्दोलन गर्नेहरु गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीलाई भेट्न गएका थिए। सोही बेला आन्दोलनकारीहरूलाई प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेको जनाइएको छ। अस्पताल सञ्चालनको अवस्थाबारे बुझ्न गएका आन्दोलनकारीले डाक्टर जोशीसँग भेट गर्न पाएनन्। गेटामा युनिभर्सिटी माग गर्दै संघर्ष समितिले आन्दोलन गर्दै आएको छ।

Read More