Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाल पक्राउ परेका हुन् । यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए । उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले कञ्चनपुरमा प्रदेश सरकारले सञ्चालन गरिरहेका आयोजनाहरुको अनुगमन गरेका छन् । बिहीवार मन्त्री देउवा नेतृत्वको टोलीले जिल्लाको महाकाली पारि रहेको दोधारा चाँदनी नगरपालिका जोड्ने सडक पुलको अनुगमन गरेका हुन् । प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त पुल निर्माण सम्पन्नपछि महाकाली पारीका बासिन्दालाई महेन्द्रनगर आवत जावतमा सहज हुनेछ । दोधरा चाँदनी-८ बाँसघारी सुन्दरनगर जोडने पक्की पुलको नर्माण कार्य तत्काल अघि बढाउने र सम्झौता अवधिभित्रै निर्माण सम्पन्न गर्ने उनले बताए । त्यस लगायत कञ्चनपुरमा प्रदेश सरकारद्वारा सञ्चालित अन्य योजनाको पनि मन्त्रीको टोलीले अनुगमन गरेको छ ।

Read More

टिकापुर: बस्ती नजिकैको जङ्गलमा हात्ती देखिन थालेपछि कैलालीको टीकापुर नगरपालिकाका नागरिक त्रसित भएका छन्। नगरपालिकाको वडा नं २ को पूर्वतिरको जङ्गलमा आजभोलि दैनिकजसो हात्ती देखिन थालेपछि उनीहरू त्रसित भएका हुन्। खोटेना भुराखानी सामुदायिक वन क्षेत्रमा बढीजसो हात्ती देखिन थालेका उनीहरू बताउँछन्। स्थानीयका अनुसार कहिलेकाहीँ एक, कहिले दुईवटासम्म हात्ती वन क्षेत्रमा देखिने गरेका छन्। ‘दिउँसोको समयमा खोटेना भुराखानी सामुदायिक वनको पूर्वतिर कर्णाली नदीको बीच टापुमा हात्ती देखिन्छन् भने रातिको समयमा बस्तीतिर आउने गरेका छन्’, खोटेना भुराखानी सामुदायिक वनका वन हेरालु टीकाराम बोगटीले भने, ‘हामीलाई पनि हात्तीको निकै डर लाग्छ। त्यसैले आजभोलि वनभित्र जाँदा हामी पनि समूह बनाएर जाने गर्दछौँ। एक्लै–एक्लै हिँड्न छाडेका…

Read More

डोटी: डोटीमा बस दुर्घटना भएको छ। पूर्वीचौकी गाउँपालिका- १ तल्लो फुलोटमा बस दुर्घटनामा परेको हो। ना६ख १९८० नम्बरको उक्त बस धनगढीबाट अछाम गइरहेको थियो। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

Read More

काठमाडौं: भारतीय वायुसेवा कम्पनी आकाशा एयरलाइन्समा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएर पिउन थालेपछि उनी समातिएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजस्थानका स्थानीय प्रवीण कुमारलाई बैंग्लौर प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार उनी अहमदाबादबाट बैंग्लौरका लागि उडेका थिए । जहाजमा बिंडी पिएर यात्रुको ज्यान जोखिममा पारेको अभियोग उनीमाथि लागेको छ । सोधपुछका क्रममा उनले रेलको जस्तै यात्रा सम्झिएर आफूले बिंडी पिएको प्रतिक्रिया दिएका छन् । आफूले पहिलो पटक हवाई यात्रा गरेको र प्लेनमा बिंडी पिउने नियमबारे जानकारी नभएको बताएका छन् ।

Read More

बैतडी: बैतडीमा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढ्दै गएको छ। स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका हुन्। यीमध्ये ३१२ जना कडा कुपोषणले ग्रसित छन्। उमेर र उचाइ अनुसार बालबालिकामा निकै कम तौल र ख्याउटे अनुहार भएको पाइएको छ। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बैतडीमा कुपोषित बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको बताए। कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा ४२ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र खोलेर पोषिलो खाना कार्यक्रम सञ्चालन भइरहेको उनले बताए। “गत वर्षको तुलनामा यस वर्ष कुपोषित बालबालिका बढी फेला परे। गत वर्ष एक हजार २९९ कुपोषित बालबालिका रहेकोमा यस वर्ष एक…

Read More

कैलाली: नागरिक उन्मुक्ति पार्टीले हिजो राति कैलालीमा राँके जुलुस निकालेको छ। जिल्लाको पूर्वी क्षेत्र लम्की बजारमा जुलुस निकालिएको हो। रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गरेको पार्टीले आफ्नो कार्यसूची अनुसार उक्त जुलुस निकालेको हो। हिजो नै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको थियो। आफ्ना माग पुरा नभए पाँच गतेसम्म देशैभरि कोणसभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने र त्यसपछि पनि माग पुरा नभए जेठ ६ गतेदेखि नेपाल बन्द कार्यक्रम ल्याउने चेतावनी पार्टीले दिएको थियो।

Read More

-आशिष मल्ल डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष नियुक्तिको कुराले पुरै जिल्ला चकित परेको छ। एकपछि अर्को मनोनीतले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ। गत बैशाख १७ गते प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री स्तरको निर्णयबाट लक्ष्मण सिँहलाई डडेल्धुरा अस्पताल डडेल्धुराको अध्यक्षमा मनोनीत गरेको भन्दै सुरुमा मन्त्रालयबाट पत्र आएको थियो। उक्त पत्रअनुसार सिँहलाई बैशाख २३ गतेबाट लागू हुनेगरि अध्यक्षमा मनोनीत गरिएको थियो। उनीसँगै तेज साउदलाई अस्पताल विकास समितिको सदस्यमा मनोनीत गरिएको थियो। उक्त पत्र अस्पताल पुगेपछि सिँहले हिजो जेठ ३ गते मात्रै पदभार ग्रहण गरेका थिए। उनलाई अस्पताल कर्मचारी तथा जिल्लावासीले भव्य स्वागत समेत गरेका थिए। सोही पदभार ग्रहण कार्यक्रममा बोल्दै…

Read More

काठमाडौं: संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।  आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

Read More