Author: महेन्द्रनगर पोष्ट

धनगढीः बैतडीको डिलासैनी गाउँपालिका–३ मौनीमा रहेको भुमेश्वर आधारभुत विद्यालयमा शिक्षकहरु जम्मै गयल भएको पाइएको छ। दुई जना पालिका शिक्षक, एक बाल विकास शिक्षक र एक जना कार्यालय सहयोगी रहेको विद्यालयमा बिना जानकारी शिक्षक अनुपस्थित भएको पाइएको हो। आइबारमात्रै विद्यार्थीहरु विद्यालयमा उपस्थित रहेको भएपनि सबै शिक्षकहरु अनुपस्थित रहेको पाइएको हो। विद्यालयमा शिक्षकहरु कोही नआएपछि विद्यार्थीहरु घर फर्किएका थिए। कार्यालय सहयोगी भुरे धामीमात्रै विद्यालयमा रहेको बताइएको छ। शिक्षकहरु पुस्पाकुमारी बिष्ट, लोकेन्द्रबहादुर धामी उपस्थित नभएका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह धामीले उक्त दिन विद्यालयमा उपस्थित नभएका सबै शिक्षकहरुको हाजिर काटिएको बताए।

Read More

काठमाडौं: भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ भन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको बताइएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे छलफल र प्रस्ताव तयार भइरहेको बताइएको छ । सञ्चालक समितिले उपभोक्ता मूल्य घटाउने वा नघटाउने निर्णय गर्ने उनले बताए ।

Read More

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका आङटावा शेर्पा घाइते भएका छन् । उनी मंगलवार हिरासतको शौचालयमा लडेर घाइते भएका हुन् । टाउकोमा चोट लागेका उनको ट्रमा सेन्टरमा लगेर उपचार गरिएको छ । शेर्पाको टाउकोमा नौ टाँका लगाइएको छ । उनको अवस्था सामान्य रहेको र उपचारपछि जिल्ला प्रहरी परिसर टेकुमै ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

Read More

काठमाडौँ: कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा मंगलवार बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा परेको उनको मुद्दा सोमबार हेर्दाहेर्दैमा परेको थियो । चौधरीको मुद्दामा बहस सकिएपछि आजै फैसला आउन सक्ने सम्भावना रहेको छ। यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् । उनले जेलबाटै उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस भएको थियो ।

Read More

राम धामी, डडेल्धुरा: डडेल्धुराको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–८ गुप्तीगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको झाडापखालाबाट एक सय ६० जना स्थानीय थलिएका छन् । उनीहरूको स्थानीय विद्यालयमा उपचार केन्द्र स्थापना गरेर उपचार गरिन थालिएको छ । झाडापखालाकै कारण एक किशोरीको मृत्यु भएको गुप्तीगडा गाउँमा हाल स्वास्थ्यकर्मीहरूको टोलीले गाउँमै उपचार सेवा प्रदान गरिरहेको परशुराम नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख तेजबहादुर सिंहले जानकारी दिए । गत साता झाडापखालाले सिकिस्त बिरामी भएकी १४ वर्षीया सङ्गीता धामीको जोगबुडा अस्पतालले धनगढी रेफर गरेपछि बाटोमा मृत्यु भएको थियो । गत साताको मंगलबार बिहान जोगबुडा अस्पताल भर्ना गरिएकी किशोरी धामीलाई साँझ रिफर गरिएको र रिफर गरिएको केही समयमा मृत्यु…

Read More

बैतडी: बैतडीको एक विद्यालयका प्रधानाध्यापकले विद्यालयको छतमै गहुँ चुटेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ मा रहेको कल्याणपुर आधारभूत विद्यालयका प्रधानाध्यापक करवीर चन्दले नै छतमा गहुँ चुटेका हुन् । विद्यालय सञ्चालनमा रहेकै अवस्थामा प्रधानाध्यापकको पूरै परिवारले सोमवार दिनभर विद्यालयको छतमा गहुँ चुटेको बताइएको छ। प्रधानाध्यापक चन्दले भने घरमा समस्या भएका कारण विद्यालय व्यवस्थापन समितिको अनुमति लिएर गहुँ चुटेको बताएका छन् ।

Read More

धनगढी: धनगढीको सुधार गृहबाट एक महिला बेपत्ता भएकी छन् । धनगढी उपमहानगरपालिका–१३ मा रहेको सुधार गृहमा बस्दै आएकी धनगढी–६ जाली बिजुलिया माइत भएकी जलुपा पाण्डे सुधार गृहबाटै बेपत्ता भएकी हुन् । अन्दाजी ४० वर्षीया पाण्डे वैशाख २५ गते सोमवारदेखि हराएको बताइएको छ ।

Read More

कैलाली: कैलालीको धनगढीमा बेहोस भेटिएर उपचारको क्रममा मृत्यु भएका युवकको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का गणेशबहादुुर सार्की भएको खुलेको हो । सामाजिक सञ्जालमा मृतकको तस्बिर देखेपछि जिल्ला प्रहरी कार्यालय पुगेका सार्कीका परिवारले उनको सनाखत गरेको प्रहरीले जनाएको छ । मृतकको परिवार घटनाको अनुुसन्धानका लागि जाहेरी दिने तयारीमा छन् । सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित शुभश्री रेस्टुरेन्ट एन्ड बारमा उनी बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएका उनको त्यहीँ मृत्यु भएको थियो ।

Read More

डडेल्धुराः प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ। डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ। ‘महिनाको तीन हजारका दरले भाडा हो। असोजदेखिको आठ महिनाको भाडा बाँकी छ,’ उनले भनिन्, ‘पटक–पटक फोन सम्पर्क गर्दा नउठाउने र आजभोलि मोबाइल नै अफ गरेर बस्नुभएको छ।’ भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन्। तर, ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको बताइएको छ। उनी अब करिब २ हप्तापछि मात्रै नेपाल फर्कने बताइएको छ। गतवर्ष सम्पन्न प्रतिनिधि…

Read More

कैलाली: कैलालीको धनगढीमा चार लाख बढीको भन्सार छलीको सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ बसपार्क पछाडि सुपप्र ०१००१ह४०८५ नम्बरको अटोबाट चार लाख ४४ हजार रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भन्सार छली सामान ल्याउँदै गरेका अटो चालक प्रहरीको गस्ती टोलीलाई देखेपछि भागेका थिए । अटोमा रहेका सामान बरामद गरी अटोलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानमा खादा, धोती, साडीलगायतका लत्ताकपडा रहेका छन् ।

Read More