काठमाडौँ: कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा मंगलवार बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा परेको उनको मुद्दा सोमबार हेर्दाहेर्दैमा परेको थियो । चौधरीको मुद्दामा बहस सकिएपछि आजै फैसला आउन सक्ने सम्भावना रहेको छ।
यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् । उनले जेलबाटै उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस भएको थियो ।
Facebook Comments Box