Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवर्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न ४२० खानीलाई लाइसेन्स प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुवी, डोलोमाइटलगायतका सम्भाव्य खानीको खोजतालसको लागि विभागबाट लाइसेन्स प्रदान गरिएको जानकारी दिए। विभागले गत वर्ष ४०५ खानी खोजतलासको लागि लाइसेन्स प्रदान गरेको थियो । चालु आवमा १५९ खानीलाई उत्खननका लागि अनुमति दिएको छ भने गत वर्ष १५८ खानीलाई उत्खननका लागि अनुमति दिएको थियो । सूचना अधिकारी बाँस्कोटाले धौवादी फलाम उत्खननका लागि नवलपरासीमा विभागले लाइसेन्स…

Read More

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना पति बालकृष्ण खाँणलाई सांसद मञ्जु खाँणले भेटेकी छन् । प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी अधिकृतका अनुसर उनले आज खाँणलाई भेटेकी हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाँण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए । सो प्रकरणमा मञ्जुमाथि समेत अपुष्ट आरोप लागेपनि उनी पक्राउ परेकी छैनन् ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट ‘सरल’ले प्रदेश सभाबाट प्राप्त अवैधानिक भनिएको रकम फिर्ता गर्ने जनाएका छन्। उनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनताका प्रदेश सभाबाट यातायात खर्च र दैनिक भत्तास्वरुप दिइएको रकम फिर्ता गर्ने जनाएका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो जानकारी दिएका छन्।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । प्रदेशको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर साहको सचिवालयका अनुसार जेठ १३ गते दिउँसो २ बजेदेखि बजेट अधिवेशन बोलाउने निर्णय भएको छ ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ का ३५ वर्षीय शिवराज उपाध्यायल पक्राउ परेका हुन् । उनलाई ७३६ ग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

काठमाडौँ: घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो । अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Read More

धनगढीः कैलालीको धनगढीस्थित हसनपुरमा रहेको एक्सिस विद्याश्रममा चोरी भएको छ। शनिवार विहान २ बजेको समयमा विद्यालयमा चोरी भएको हो। विद्यालयबाट दुई जनाको युवाले ३ वटा सिसिटिभी क्यामेरा, एउटा राउटर र टेलिफोनको तार चोरी गरेको प्राचार्य अनिता पन्तले जानकारी दिइन्। विद्यालयबाट ती सामान चोर्दाको फुटेज सिसिटिभी क्यामेरामा कैद भएको उनले बताइन्। प्राचार्य पन्तले आवश्यक अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको बताइन।

Read More

धनगढीः धनगढीको एक स्कुलमा चोरी भएको छ। एक्सिस विद्याश्रममा शनिवार राति २ बजेको समयमा चोरी भएको हो। राति दुई जना युवाले विद्यालयबाट तीन वटा सिसिटिभी क्यामेरा, एउटा राउटर र टेलिफोनको तार चोरी गरेको बताइएको छ। सामान चोर्दाको भिडिओ सिसिटिभी क्यामेरामा देखिएको र आवश्यक अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको स्कुल प्रशासनले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरका आरक्ष पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफ्ना समस्याका बारेमा बताएका छन्। आइतबार आरक्ष पीडितले संकटकालको मौका छोपेर विस्थापित गरेको दुई दशक बढी समय बितिसक्दा न्यायिक पुर्नस्थापना नभएको भन्दै प्रधानमन्त्रीसमक्ष गुनासो गरेका हुन्। छलफलपछि प्रधानमन्त्रीले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने विश्वास दिलाएको सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले जानकारी दिए। आरक्ष पीडितलाई प्रधानमन्त्रीसँग भेटाउने वातावरण उनले नै मिलाएका थिए। तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा ०५८ सालमा विस्थापित भएका पीडितको अझै पुनस्र्थापना भएको छैन। राज्यले ३२ वटा आयोग बनाउँदा पनि पीडितले क्षतिपूर्ति तथा मुआब्जा पाएका छैनन्।

Read More

काभ्रे: किशोरीलाई यौनधन्दामा लगाउने रोशीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोशी गाउँपालिका ६ घर भई हाल बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका २९ वर्षीय राधाकृष्ण मैनाली रहेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।  लामाले क्याफेमा अनैतिक क्रियाकलाप गराउने गरेको सूचनाको आधारमा उनलाई जेष्ठ ५ गते पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोरा जानकारीले दिए। उनका अनुसार उक्त होटलमा ३ जना किशोरीहरूलाई यौनधन्दामा लगाइएको जानकारी प्राप्त भएको थियो। सूचना प्राप्त भएपश्चात अनुगमनमा जाँदा अनैतिक क्रियाकलाप गर्दै गरेको भेटिएपछि त्यहाँका किशोरीहरूलाई उद्धार गरिएको छ।

Read More