Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै परेको रिट निवेदनलाई सर्वाेच्च अदालत प्रशासनले दरपिठ गरिदिएको छ । गत शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई मंगलबार रजिष्ट्रार नारायाणप्रसाद पन्थीको आदेशमा दरपिठ गरिदिएको हो । ‘द्वन्द्वकालको घटनालाई नियमित अदालतभन्दा पनि संक्रमणकालिन न्याय संयन्त्रले नै संबोधन गर्नु उपयुक्त हुने साथै यीनै घटनाको समग्र विषयलाई समेटेर सत्य निरुपण तथा मेलमिलाप आयोग नेपालमा उजुरी दिएको भनि निवेदक मध्येका…

Read More

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई राजनीतिक, वैचारिक, साङ्गठनिक र सांस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौती रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकमा उहाँले उक्त कुरा बताएका हुन् । उनले भने, ‘पार्टीका सबै निकाय व्यवस्थित बन्न नसक्दा सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चमा रहनुभएका कमरेडलाई उचित सम्मान र जिम्मेवारी दिन सकिएको छैन ।’ उनले पार्टी राम्रो नभए त्यसको असर सबैतिर पर्ने भएकाले पार्टीलाई राम्रो बनाउन विचारलाई स्पष्ट गर्ने, सङ्गठन र अनुशासनलाई कायम गर्ने र संस्कृति, आचरण र कार्यशैलीलाई सच्याउने कुरा नै मुख्य…

Read More

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय बीरगञ्जका पूर्व वरिष्ठ निरीक्षक शशी भूषण कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । झन्डै साढे चार करोड गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मङ्गलवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । सार्वजनिक सेवामा कार्यरत रहँदा अनुचित लाभ लिएर गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारको दाबी छ। अख्तियारले उनी सार्वजनिक सेवा प्रवेश गरेको ८ जेठ ०४६ देखि ०७९ असार मसान्तसम्मको आम्दानी र खर्च तथा लगानीको विश्लेषण गरेको थियो। उक्त अवधिमा उनको समग्र आयव्ययको विश्लेषण गर्दा खर्च तथा लगानीतर्फ आफू र एकासंगोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारीसाधन…

Read More

स्याङ्जा – टिकापुर घटनाका मुख्य आरोपित रेशमलाल चौधरीलाई आममाफी दिएको प्रति स्याङ्जाको पुतली बजारमा विरोध प्रदर्शन भएको छ । पुतली बजार नगर कमिटी युवा सङ्घले र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन्। गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएपछि चौधरी सोमबार बिहान रिहा भए । एमालेको भातृ सङ्गठन युवा सङ्घसहित एमाले नेता सम्मिलित समूहले प्ले कार्ड बोकेर नारा लगाउँदै मुख्य बजार परिक्रमा गरेका छन्। टीकापुर घटनाका मुख्य दोषी चौधरीलाई तीन तहका अदालतले दोषी ठहर गरेको अवस्थामा सरकारले षडयन्त्रपूर्वक दिइएको आममाफीविरुद्ध विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले सरकार र राष्ट्रपतिविरुद्ध चर्को नारा लगाएका छन् ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका माछा र बोईलर कुखुरा नष्ट गरिएको छ । जिल्लाको लालझाडी गाउँपालिका–३ का ३८ वर्षीय रामबहादुर चौधरीले चलाएको म १ प ८५२ नम्बरको मोटरसाइकलमा भन्सार छली ल्याएका २५ किलो माछा र १ क्विन्टल २५ किलो बोईलर कुखुरा बरामद गरी नष्ट गरिएको हो । इलाका प्रहरी कार्यालय झलारी र बन्साहबाट खटिएको संयुक्त प्रहरी टोलीले कलुवापुर बेलौरी सडक खण्डमा मोटरसाइकलसहित माछा र कुखुरा बरामद गरेको प्रहरीले जनाएको छ । माछा र कुखुरा इलाका प्रहरी कार्यालय झलारीमा ल्याइ रितपूर्वक नष्ट गरिएको प्रहरीले बताएको छ। चालकलाई आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाएको जनाइएको छ।

Read More

धनगढी: सुदूरपश्चिममा सरकारी पुरस्कार बाँड्न विज्ञापन खोलिएको छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रादेशिक प्रतिभा पुरस्कारका लागि आवेदन दिन भन्दै सोमवार सूचना निकालेको हो । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन भनिएको छ । लोक संस्कृति, संगीत तथा नाट्य, भाषा तथा साहित्य र ललितकलातर्फ गरी चार विधामा पुरस्कार प्रदान गरिने र सोका लागि आवेदन दिन सूचनामा भनिएको छ । यसरी सार्वजनिक सूचना निकालेर आवेदन माग गरेपछि सर्जक तथा श्रष्टाहरुले आपत्ति प्रकट गरेका छन् । यसले पुरस्कारजस्तो कुरालाई ‘भिख’ मागेजस्तै माग्नुपर्ने अवस्था दर्शाउने र यसको औचित्यतामा प्रश्न उठ्ने उनीहरुको तर्क छ । यो सूचना केही दिनयता व्यापक विवादित बन्दै आएको…

Read More

काठमाडौं: टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध मृ‌तककी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको छ । उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा रिट दिएकी थिइन् । सरकारले चौधरीलाई आम माफी दिने तयारी गरेपछि शारदा रिट लिएर सर्वोच्च पुगेपनि त्यस दिन दर्ता भएको थिएन । चौधरी सोमबार माफी पाएर जेलमुक्त भइसकेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त रिटको पेशी बुधबारका लागि तोकिएको जानकारी दिए ।

Read More

काठमाडौँ: भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुख नयाँ दिल्लीतर्फ लागेका छन् । प्रमुख राघवप्रसाद भट्नागर नेपाल वायुसेवाको उडान नम्बर आरए २०५ बाट बिहान साढे ८ बजे गएका हुन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसम्बन्धी रिपोर्टिङका लागि गएका बताइएको छ । प्रधानमन्त्री प्रचण्ड भोलि चारदिने भारत भ्रमणमा जाने कार्यक्रम छ । उनी शनिवार स्वदेश फर्कनेछन् ।

Read More

काठमाडौंः उमेर नपुगेकी किशोरी बलात्कारको आभियोगमा मुद्दा खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको बचाउमा युवाहरुको एक समूहले आज काठमाडौंमा धर्ना दिएको छ। आज बिहान माइतीघर मण्डलामा सन्दीपको न्यायको लागि भन्दै विप्लव खड्का, प्रदिप कटवाललगायत युवाहरुले शान्तिपूर्ण धर्ना दिएका हुन् । अदालतमा लामिछानेको मुद्दाको पेशी तोकिने भनिएकै दिन उनलाई जोगाउन, साथ दिन र पक्षमा उभिन भन्दै विप्लवलगायत केही युवा धर्नामा उत्रिएका हुन्। नेपाली क्रिकेट टोलीका महत्वपूर्ण खेलाडी लामिछानेविरुद्ध बलात्कारको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। पटक–पटक स्थगित हुँदै आएको उनको मुद्दाको सुनुवाई आज पनि रोकिएको छ।

Read More

काठमाडौँ: अमेरिकाको न्युयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । यो सडकलाई नामकरणका लागि गएको छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र यूएसए नेपाल क्लाइम्बर्स एसोसिएशनले सिटीसँग पहल गर्दै आएकामा गएको अप्रिलमा न्युयोर्कको क्विन्सको डिष्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो । क्लाइम्बर्स एसोसिएशनका अध्यक्ष पासाङनिमा शेर्पाले भने, ‘सिटीको अनुमति पाएपछि हामीहरूले सगरमाथा दिवसकै दिन पारेर यो सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौँ । हामी सगरमाथाको देशबाट आएर पहिलो सगरमाथा आरोहीकै नाममा न्युयोर्कजस्तो विशाल सिटीमा सडकको नामकरण हुनु साह्रै गर्वको विषय हो ।’ कार्यक्रममा…

Read More