Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरमा ट्याक्टरबाट हाम फालेका एक जनाको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ मालिका टोलका ४८ वर्षीय देवदत्त भट्टको मृत्यु भएको प्रहरीले बताएको हो । सोमवार मालिका टोलमा म.१ त ५७३ नम्बरको ट्याक्टरबाट झर्ने क्रममा हाम फाल्दा उनी घाइते भएका थिए । गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालबाट थप उपचारका लागि भारतको बरेलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

बैतडी: बैतडीमा एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका १ रीमकी २६ वर्षीया दमयन्ती भट्ट जोशीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिंह डोबालका अनुसार सोमवार राति शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्यधिक रक्तश्राव भएपछि मंगलवार हेलिकोप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । दमयन्तीलाई बैतडीमै ६ युनिट रगत चढाइसकेको बताइएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुविधा सम्पन्न अस्पातल लगिएको हो ।

Read More

बझाङ: बझाङको सेती नदीमा एक बालकको शव फेला परेको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका १ जालेबगरमा सोमवार अन्दाजी ४ वर्षीय बालकको शव फेला परेको प्रहरीले बताएको हो । जालेबगरमा काम गररिहेका कामदारहरुले नदीको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकको शव अहिले जिल्ला अस्पताल बझाङमा राखिएको र पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Read More

बैतडी: बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीविरुद्ध जिल्ला अदालत बैतडीमा कुटपिट र गाली बेइज्जतको मुद्दा दर्ता भएको छ । सिगास–४ को कान्धार–देउलेक सडक निर्माण समितिका अध्यक्ष वीरसिंह धामीले पालिका अध्यक्ष धामीविरुद्ध मुद्दा दर्ता गरेका हुन् । आफूलाई अध्यक्ष धामीले कुटपिट र गाली बेइज्जती गरेको भन्दै उनले मुद्दा दर्ता गरेका हुन् । यही जेठ २ सडक निर्माणको क्रममा दोस्रो किस्ता बाफतको रनिङ बिलमा पालिकाले २० लाख ४४ हजार रकमको चेक उपभोक्ता समितिलाई दिएको थियो । तर चेक साट्न जाँदा पालिकाले बैंकलाई पत्राचार गरेर चेक नसाट्न आग्रह गरेको थियो । चेक नसाटिएपछि उपभोक्ता समिति अध्यक्ष धामी गाउँपालिकाको केन्द्र गर्जे पुग्दा गाउँपालिका अध्यक्षले…

Read More

धनगढी: बैतडीको मेलौलीमा सिँचाइको चरम समस्या देखिएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ को मुदरे वल्लो स्याल्तडी र पत्नी रुपान्तडी बस्तीमा सिँचाइको समस्या देखिएको हो। सो बस्तीका ५० घरधुरीले २०६२ सालदेखि सिँचाइ अभावको समस्या झेलिरहेका छन्। सिँचाइको समस्या भएपछि त्यहाँ १० हेक्टर खेतीयोग्य जमिनबाझो बनेको छ। जसका कारण उनीहरूको जीविकोपार्जनमा समेत कठिनाइ भएको छ। सोही सन्दर्भमा उक्त बस्तीहरुमा प्रदेश सरकार र मातहतका निकायबाट सिँचाइको समस्या समाधानका लागि पहल गर्न माग गर्दै सिँचाइ उपभोक्ता समितिले प्रदेश सभा सदस्य शिवराज भट्टलाई ध्यानाकर्षण गराएको छ। सोमवार बैतडीबाट निर्वाचित भट्टलाई याक नेपाल नामक संस्थाको समन्वयमा उपभोक्ता समितिले ध्यानाकर्षण पत्र बुझाएको हो। यस्तै, भट्टले…

Read More

धनगढीः पूर्वराजा ज्ञानेन्द्र शाहले आज राजा महेन्द्रको सालिकमा माल्यार्पण गर्ने भएका छन् । उनी बिहान ११ बजे अत्तरिया चौराहमा रहेको राजा महेन्द्र शाहको सालिकमा माल्यार्पण गर्नेछन् । नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह आइतवार स्थलमार्ग हुँदै धनगढी पुगेका थिए ।

Read More

दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिका-६ उकुकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उकुकी २७ वर्षीया पुष्पा महराको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।  आइतबार गाउँकै स्वास्थ्य चौकीमा महराले बच्चा जन्माएकी थिइन् म। ७ महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएकाले सोमबार आमा र बच्चालाई जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो।  बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।

Read More

डोटी: सधैंजसो अभाव रहने डोटीमा एक हप्तापछि पेट्रोल पुगेको छ। पेट्रोलको अभाव झेलिरहेका डोटीवासीके आज बिहान मात्रै पेट्रोल हाल्न पाएका छन्। जिल्लाको एक मात्रै पेट्रोल पम्पमा आज पेट्रोल पुगेपछि भिड नै लागेको थियो। पेट्रोल पुगेको केही दिनमै अझ अभाव हुने जिल्लावासीको गुनासो छ। पम्पमा नपाइने तर बजारमा बोतलमा भरिएको पेट्रोल जताततै पाइने समस्या रहेकालए जिल्लामा पेट्रोलको कालोबजारी हुनेगरेको गुनासो पनि बढेको छ। फोटो: गणेश मौनी

Read More

काठमाडौं: यतिबेला सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल काठमाडौंमा छ। मन्त्रिमण्डलको टोली सोमबार साझ धनगढीबाट हवाईमार्गहुँदै काठमाडौं आइपुगेको हो। शनिबारमात्रै मन्त्रिपरिषद्‍ विस्तार गरेका मुख्यमन्त्री कमलबहादुर साहले प्रदेश सरकारका सम्पूर्ण मन्त्रीहरूलाई काठमाडौं लिएर आएका हुन्। केन्द्र सरकार आगामि आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहँदा सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउन आग्रह गर्न मुख्यमन्त्री साहले अन्यमन्त्रीहरूलाई पनि काठमाडौं लिएर आएका हुन्। उनीहरूले आजबाट सत्ता गठबन्धनका विभिन्न नेता तथा मन्त्रिमण्डलका विभिन्न मन्त्रीहरूलाई भेटेर प्रदेशको आर्थिक प्याकेज नघटाउन आग्रह गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री साहको सचिवालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।

Read More

धनगढी: डिभिजन वन कार्यालयले अस्थायी रुपमा बसोबास गरिरहेको क्षेत्रमा डोजरको प्रयोग गरेर संरचना भत्काएपछि कैलालीको चुरेका पहिरो पीडितको विचल्ली भएको छ। मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिन धनगढी आइपुगेका उनीहरु बास नपाएर कबर्ड हलको खुला आकाशमा रातदिन बिताउन बाध्य भएका छन्। चार सय १८ जना पहिरो विस्थापित परिवार लालाबालासहित कबर्ड हलमा बसिरहेका छन्। उनीहरुसँग गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितका जनप्रतिनिधि समेत यहाँ आइपुगेका छन्। २०७७ सालमा पहिरोले घरबारविहीन भएका परिवारहरुलाई गाउँपालिका, स्थानीय प्रशासन, वन कार्यालय समेतको समन्वयमा चुरे गाउँपालिका वडा नम्बर ४ को पैनेरुगडा र टाँकगडामा अस्थायी रुपमा व्यवस्थापन गरेर राखिएको थियो। तर वन कार्यालयले डोजर लगाएर संरचना भत्काइदिएपछि भने उनीहरु समस्यामा…

Read More