Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – बाँकेमा बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट आउँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौँबाट कोहलपुरतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ । दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र सुर्खेतको वीरेन्द्रनगरकी अन्दाजी ५४ वर्षीया डा. सञ्जु खाती खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ ।

Read More

धनगढी – कञ्चनपुरमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटबाट लागुऔषधसहित भारतको पिलिभितका सोनु सिँह र सुकदेव सिँह पक्राउ परेका हुन्। नेपाल भारत सीमा क्षेत्रबाट मोटरसाईकलमा सवार उनीहरु १० दशमलव ३६ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन्। प्रदेश प्रहरीको आरआइटी र इलाका प्रहरी कार्यालय बेलडाडी तथा प्रहरी चौकी भुडाको प्रहरी समूहले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई कानूनी कारबाहीका लागि प्रकृया थालिएको कञ्चनपुर प्रहरीले बताएको छ।

Read More

कञ्चनपुर- कञ्चनपुरमा २ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२ बाणीका चक्रबहादुर बिष्टको घरमा बिद्युत लाईन सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी हुँदा घरमा रहेको काठ, फर्निचर, लत्ता कपडा, भाँडावर्तन, अन्नपात लगायत अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो।

Read More

धनगढी – दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ मर्खोलामा मंगलवार दिउँसो बिजुली मर्मत गर्ने क्रममा स्थानीय अन्दाजी ३० वर्षीय दमनसिंह कार्कीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनी आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विधुत् मर्मत गरिरहेका थिए ।

Read More

बझाङः- छोराले बावु लाइ बन्चरो प्रहार गर्दा बावु गम्भिर घाइते भएका छन् । जयपृथ्बी नगरपालिका वडा नम्बर ११ दैकुमलामा छोराले आफनै बुबालाइ बन्चरो प्रहार गर्दा बुवा गम्भिर घाइते भएका हुन । १६ वर्षिय छोरा अमृत रोकायाले अन्दाजी ३०/३२ वर्षिय बुवा बिक्रम रोकायालाइ आज बिहान ३ बजे सुतेको अवस्थामा अनुहारमा बन्चरो प्रहार गर्दा बुवा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । छोराले गाउघरमा पटक पटक झैझगडा गर्ने गरेकाले छोरालाइ झगडा किन गरेको भनेर साझ सम्झाएर सुतेको अबस्थामा बिहान बन्चरो प्रहार गरेका थिए । घटना घटी सकेपछि सँगै सुतेकि आमाले छोरालाइ छुट्रयाउन खोज्दा आमालाइ पनि बन्चरोे प्रहार गरेको जिल्ला…

Read More

धनगढीः धनगढीमा अछामी टाउके राजाको निधन भएको छ। टाउके राजाका नामले परिचित अछामी राज परिवारका सदस्य वीरेन्द्र बहादुर शाहको आज मृत्युु भएको हो। प्रहरीका अनुसार मायामेट्रो अस्पतालमा टाउकेको निधन भएको हो। उनी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए। मंगलसैन नगरपालिका वडा नम्बर ५ घर भई जिल्ला सदरमुकाम मंगलसेनमा व्यवसाय संचालन गर्दै आएका शाह भलिबलका पुराना खेलडीसंगै नेपाली काँग्रेसका नेता समेत हुन्।

Read More

धनगढी: कैलालीको धनगढीमा मेला भर्न गएका एक तिर्थयात्रीको ट्याक्टरको ठक्करबाट प्राण गएको छ। धनगढी उपमहानगरपालिका-१६ रामपुरमास्थित बेहडाबाबा जाने बाटोमा पर्ने पथरीमा ट्याक्टरले ठक्कर दिँदा साइकल यात्री धनगढी- १ पशुपति टोलका ३६ वर्षीय अमृत सेवाको प्राण गएको हो। उनलाई कैलाली गाँउका ३५ वर्षीय रामगुलाव रानाले चलाएको से१त ५६९८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते सेवाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ। आज बिहान मात्रै बेहडाबाबा स्थित तालमा डुबेर डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भएका २५ वर्षीय लोकेश भाटको मृत्यु भएको थियो।

Read More

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा न. ३ का वडाध्यक्ष विनोदसिंह विष्टले वडावासीहरुलाई सेवाप्रवाह गर्नुको साटो डर, धम्की दिने तथा गाली बेइज्जती गरेको गुनासाहरु आउन थालेका छन्। विष्टले वडा अध्यक्षको हैसियतमा आफ्ना सेवाग्राहीप्रति अभिभावकीय भूमिका निर्वाह गर्नुको साटो उल्टै मर्यादाविरीत काम गरेको वडावासीले गुनासो गरेका छन्। सामान्य विवादको क्रममा कर्णाली प्रदेशसभाका उपसचिवमाथि सार्वजनिकस्थलमा मुक्का प्रहार गरेर अमानवीय व्यवहार देखाएका वडाध्यक्ष विष्टले वडाको खोलाको विवादको बहानामा स्थानीय युवालाई डर धम्की दिने तथा महिलामाथि दुर्व्यवहार गर्ने गरेको स्थानीयले बताएका छन्। स्थानीयकाअनुसार खोर्के खोलाको पतेनी नजिक ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’अन्तर्गत निर्माण कार्यमा खोलाको मापदण्डको विषयलाई लिएर जेठ ८ गते भएको वडा कार्यालय र…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसदहरुले पार्टीले सरकारको नेतृत्व गर्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपरेको गुनासो गरेका छन् । मङ्गलवार सिंहदरवारमा बसेको पार्टीको संसदीय दलको बैठकमा उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यस्तो गुनासो गरेका हुन् । दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म चलेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटको समीक्षा र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको थियो । छलफलमा भाग लिने अधिकांश सांसदहरुले सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको बजेटबारे धारणा राखेका थिए । उनीहरूले पार्टी सरकारमा हुँदा आफ्नो निर्वाचन क्षेत्रमा बजेट पार्न सकिन्छ भन्ने आशा भए पनि सोचे अनुसार बजेट नपरेको गुनासो गरेका थिए । जवाफमा प्रधानमन्त्री…

Read More

काठमाडौँ – कोसी सरकारले नामकरणको विरोधमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । नामकरणविरुद्धको आन्दोलनले उग्ररूप लिन थालेपछि सरकारले वार्ताको आह्वान गरेको हो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री भक्तिप्रसाद सिटौलाले मङ्गलवार एक वक्तव्य जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन् । शान्तिपूर्ण ढङ्गबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई सुदृढ र मजबुत गर्ने सरकारको धारणा रहेको जनाउँदै उनले वार्तामा बोलाउने निर्णय भएको जानकारी दिए ।‌ पूर्वघोषित आन्दोलनका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादका माध्यमबाट निकास खोज्न सरकारले आग्रह समेत गरेको छ । कोसी प्रदेश खारेज गरी पुनः नामकरणको पक्षमा रहेको सङ्घर्ष समितिका अध्यक्ष डिकेन्द्र सिंह थेगिमले आफूहरू सकारात्मक वार्ताको पक्षमा…

Read More