काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) भारत गएका छन् । उपप्रमुख सुनिता डङ्गोललाई कार्यवाहकको जिम्मेवारी दिएर शाह बिहीबार भारत गएका हुन् । भारत जानुका कारणबारे केही खुलाइएको छैन भने कामको सिलसिलामा काठमाडौँ बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर साहले डङ्गोललाई अख्तियारी दिएका छन् ।
Author: महेन्द्रनगर पोष्ट
गोरखा – करेन्ट चाउचाउमा गोरखाका उपभोक्ताले किरा फेला पारेका छन्। पिरो चाउचाउ भनेर नाम कमाएको करेन्ट चाउचाउमा गोरखा नगरपालिका-७ डण्डीडाँडामा उपभोक्ताहरूले चाउचाउ खान लाग्दा किरैकिरा फेला पारेका हुन्। चाउचाउलाई तातोपानीमा उमालेर हेर्दा किरैकिरा तैरिरहेको भेटिएको हो । चाउचाउ २०२१ मे मा बनेको लेखेको र डेटअफ नभेटिएको उपभोक्ताले बताएका छन् । एशोदा फुड्स प्रालिद्वारा उत्पादित करेन्ट चाउचाउ गोरखा लगायतका क्षेत्रहरूमा लोकप्रिय छ। कम्पनीबाट हिफाजतसाथ पठाएको चाउचाउ म्याद गुज्रिएर वा खोल च्यातिएर बिग्रिएको हुनसक्ने गण्डकी प्रदेशका सेल्स मेनेजर सूर्यराज बरालको भनाइ छ।
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार दिल्लीको हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । भारत नजिकको छिमेकी मात्रै नभएर व्यापारको समेत ठुलो साझेदार भएकाले प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्नुपर्ने भन्दै उनले निम्तो दिएका छन् ।
काठमाडौँ – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले बोर्डले आवश्यक ठानेर पठाएको मागको बेवास्ता गर्दै सरकारले बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरेको बताएका हुन्। उनले नेपाली चलचित्र प्रवर्द्धनका लागि स्टुडियो बनाउने कुराले खुसी बनाए पनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरूसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट नदिएको बताए। उनले बजेटमा सरकारले विदेशी चलचित्र आयात गर्ने कुरामा ५ प्रतिशत कर लगाउन बेवास्ता गर्दै १ प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति पनि असन्तुष्टि जनाए। उनले भने, ‘नेपाली चलचित्र प्रवर्द्धनका स्टुडियो आवश्यक छ। एउटा…
डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिंह कायम हुने गरि सर्वोच्च अदालतले आदेश दिएको छ। अदालतले अस्पतालको अध्यक्षमा नियुक्त सिंहको नियुक्ति खारेज नगर्न अन्तरिम आदेश दिएको हो। सिंहले नियुक्ति खारेज भएको भन्दै रिट निवेदन दर्ता गरेका थिए। सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९ को उपनियम २ अनुसार नियुक्ति खारेज नगर्न र तत्कालका लागि सिंहलाई नै अध्यक्षका रुपमा काम गर्न दिन अन्तरिम आदेशमा उल्लेख गरिएको छ। सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मन्त्री मोहनबहादुर बस्नेत र डडेल्धुरा अस्पताल विकास समितिविरुद्ध अन्तरिम आदेश माग गर्दै अदालतमा रिट निवेदन दर्ता गरेका थिए। वैशाख १७ गतको प्रधानमन्त्रीस्तरीय निर्णयले सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा…
काठमाडौँ – भारतबाट डिजेल, पेट्रोलमा बढेर र ग्याँसमा घटेर इन्धनको नयाँ मूल्य घटेर आएको छ । निगमलाई बिहीबार बिहान प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने खाना पकाउने ग्याँसका मूल्य सिलिण्डरमा ४९ रुपैयाँले घटेर प्राप्त भएको निगमले जनाएको छ । नयाँ मूल्यपछि १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँ नाफामा छ । नयाँ मूल्य पछि उपभोक्ता मूल्य बढाउने वा नबढाउने भन्ने निर्णय भने निगम सञ्चालक समितिले गर्न बाँकी छ ।
काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १७ मध्ये १५ जना अभियुक्तको बयान सकिएको छ। काठमाडौँ जिल्ला अदालतमा आज टोपबहादुर रायमाझी, आङटावा शेर्पा र शमशेर मियाँको बयान सकिएको जिल्ला अदालतले जनाएको छ । भोलि पूर्व गृहमन्त्री बालकृष्ण खाँण र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको बयान हुने बताइएको छ । उनीहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। थुनछेक बहस भनेको अभियुक्तलाई थुनामा राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा राखेर मुद्दा अघि बढाउने भन्ने बहस हुनेछ। यस प्रकरणमा सरकारी वकिलले ३० जनालाई प्रतिवादी बनाएको छ। यस प्रकरणमा प्रहरीले नेकपा एमाले सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण…
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् । चारदिने भारत भ्रमणकालागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति मुर्मुसँग भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो। यसअघि प्रधानमन्त्री प्रचण्डले हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। त्यसलगत्तै दुई देशका बीचमा विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गरेका थिए ।
काठमाडौँ – नेकपा एसका झलनाथ खनालले सर्लाहीमा सर्प पालनको योजनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले सर्प फार्म बनाउने योजनामा आफ्नो संलग्नता पुष्टि गरे अहिले नै हतकडी लाउन तयार रहेको बताएका हुन् । उनले भने, ‘म के भन्न चाहन्छु भने यदि त्यो केसमा मेरो संलग्नता भेटियो र एक पैसा मात्रै पनि मबाट दुरुपयोग भएको छ भने अहिले नै हतकडी लाउन तयार छु । अख्तियार र अरु तमाम संस्थालाई भन्न चाहन्छु, मेरो छानबिन गर्नुस् । मैले राजनीतिलाई कमाइ खाने धन्दा ठानेको छैन ।त्यसै दिन एउटा कमिटी बनाएर उच्चतम रूपमा हामीले के गर्न सकिन्छ प्रस्ताव…
काठमाडौँ – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्रप्रसाद दाससहित ३ जना दोषी ठहर भएका छन्। भ्रष्टाचार मुद्दा लागेका पूर्व उपकुलपति दाससहित ३ जनालाई विशेष अदालत काठमाडौँले दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो । न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले ३ जनालाई जनही १ वर्ष कैद र २५ हजार रुपैंया जरिवाना तोकेको छ । दाससहित अरविन्दकुमार सिन्हा र नन्दकुमार थापालाई इजलासले दोषी ठहर गरेको हो । अन्य ५ जना प्रतिवादीले भने सफाइ पाएका छन् । प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी मेनेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकहरू चेतन…