Author: महेन्द्रनगर पोष्ट

धनगढी: भाष्करराज राजकर्णिकार सञ्चालक रहेको एभिन्युज टेलिभिजन टाट पल्टिएको छ । आर्थिक संकटले टाट पल्टिएपछी टेलिभिजनले आफ्नो स्थापना कालदेखि रहेका व्युरो कार्यालयहरु खारेज गरेको हो । यसैसाथ, व्युरो अन्तर्गत कार्यरत सबै जिल्ला संवाददाताहरूलाई पनि बर्खास्त गरेको छ । टेलिभिजनले एक सूचना जारी गर्दै ब्यूरो कार्यालय र मातहतका कर्मचारी हटाएको जानकारी दिएको छ । सूचनामा भनेको छ-वर्तमान परिस्थितिको मूल्यांकन र स्थापना गरिएका व्युरो कार्यालयहरूको कार्यशैली, संचालन प्रक्रिया, र दैनिक कार्य अवस्थालाई हेर्दा, ती कार्यालयहरूलाई यथास्थानमा राख्नु उपयुक्त नदेखिएको छ। सम्पूर्ण व्यूरो कार्यालयहरूको कार्यक्षमता र वर्तमान परिस्थितिको समीक्षा पश्चात, व्यवस्थापनले एक महत्वपूर्ण निर्णय गर्दै, आफ्ना मातहतका सबै व्युरो कार्यालयहरू खारेज गर्ने निर्णय…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार गोदावरी नगरपालिका क्षेत्रमा एक नाले भरुवा बन्दुकसहित विभिन्न हातहतियार बरामद गरेको छ। अस्थायी प्रहरी पोष्ट गोदावरीबाट प्रहरी सहायक निरीक्षक कर्ण बहादुर पार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले सेती सामुदायिक वनमा बेवारिसे अवस्थामा राखिएको हातहतियार फेला पारेको हो। गस्तीको क्रममा सालको रुखको प्वालभित्र लुकाई राखिएको अवस्थामा थान-१ एक नाले भरुवा बन्दुक, सिसाको गोली-१८ वटा, छर्रा-१५ वटा र एउटा सानो डिब्बा बारुदको बरामद गरिएको थियो। बरामद सामाग्रीको मुचुल्का तयार गरी नियन्त्रणमा लिइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान कार्य अगाडि बढाएको छ।

Read More

काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो जानकारी गराएका हुन् ।  गृहमन्त्री लामिछानेले संसदमा राष्ट्रिय सभा सदस्य गोमा तिमल्सिनाले सोधेको प्रश्नको जवाफ दिने क्रममा निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको बताए । उनले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताए । उनले अहिले पनि अनुसन्धान जारी रहेको बताए । गृहमन्त्री लामिछानेले आफूले पहिलो कार्यकालमा गरेका घोषणाहरू नभुलेको पनि बताए । 

Read More

धनगढी: भारतको बैङ्लोरमा एक महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ। आज (सोमबार) रोजगारीको सिलसिलामा बैङ्लोरमा रहेकी बैतडीको सिगास गाउँपालिका-७ की दुर्गा साउदको दुर्घटनामा मृत्यु भएको हो। प्रेम साउदकी पत्नीसमेत रहेकी उनको सडकमा बाटो क्रस गर्ने क्रममा टिप्परले किचेर मृत्यु भएको बताइएको छ।

Read More

धनगढी : बाजुरामा कैदीबन्दी भेट्न पुगेका २ जना चरेशसहित पक्राउ परेका छन्। आइतबार साँझ कारागारमा कैदीबन्दी भेट्न पुगेका बुढीगंगा नगरपालिका–५ नुवाघरका २५ वर्षीय प्रेम थापा र २१ वर्षीय लक्ष्मण थापा चरेशसहित पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कारागारमा रहेका आफन्तलाई भेट्न आएका दुबै जनाले खाजाका लागि ल्याएको चाउचाउमा लुकाएर ल्याएको अवस्थामा करिब २ दशमलव ५ ग्राम चरेश बरामद गरिएको थियो। चाउचाउको प्याकेट प्वाल पारेर ल्याएको पाइएपछि कारागारमा खटिएका सुरक्षाकर्मीले चेकजाँच गर्दा चरेश भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार केसीले बताए। पक्राउ परेका दुबै जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह–प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई तोकिएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी अधिकारीलाई सह–प्रवक्ताको जिम्मेवारी तोकेको हो । नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रहरीको सम्पादित काम कारबाहीलाई यथार्थ र तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्न जिम्मेवारी तोकिएको छ।’ नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यामहरुमा सम्प्रेषण गर्न एसएसपी अधिकारीलाई सह–प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारसँग फायर बनेको छ। सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा आफ्नो बार्गेनिङ काम नगरेको र आफ्ना योजना नपारेको भन्दै काँग्रेस फायर बनेको हो। सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीसँग प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यका चार करोड र समानुपातिक प्रदेश सभा सदस्यका दुई करोड बराबरका योजना बजेटमा समेट्ने समझदारी बनेपनि कार्यान्वयन नभएको काँग्रेसको दाबी छ। सोमबार धनगढीस्थित प्रदेश सभा परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले सरकारले समझदारी कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि प्रकट गरेको हो। ‘सुरुमा हामीले मुख्यमन्त्रीलाई सांसदको सिफारिसमा १० करोड बराबरको योजना बजेटमा पानुपर्छ भनेर प्रस्ताव गरेका थियौँ,’ कांग्रेसका प्रमुख सचेतक बिक्रम…

Read More

काठमाडौं: नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या देखिएको छ। सोमबार अपराह्न साढे चार बजेतिर टेलिकमको नेटवर्कभित्र फोन नलाग्ने समस्या देखिएको हो। सो समस्या अहिले पनि जारी छ। तर समस्याको कारण भने खुलेको छैन। सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन।

Read More

धनगढीः कैलालीका अत्तरियामा बिग्रेको सिसिटीभीको मर्मत गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत पर्ने राजमार्ग र बजार क्षेत्रमा जडान गरिएका सिसिटीभीको मर्मत गरिएको हो। जडान गरिएका तर बिग्रिएका सिसिटीभीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक उद्धवराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले मर्मत गरेको बताइएको छ। जसमा १३ थान सिसिटीभीको मर्मत गरेर सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: धनकुटा जिल्ला अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट अर्जुन मेहताले देहत्याग गरेका छन्। सुनसरीको देवानगञ्ज गाउँपालिका-६ घर भएका २८ वर्षीय मेहताले पत्नीबाट धोका पाएको भन्दै देहत्याग गरेका हुन्। केही दिनका लागि बिदामा घर गएका उनी ८ गतेका दिन बिहान मृत अवस्थामा भेटिएका थिए। सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले घटनाको अनुसन्धान भैरहेको जनाएका छन्। मृतक कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा दरबन्दी भइ धनकुटा जिल्ला अस्पतालमा २०७८ कात्तिकदेखि कार्यरत थिए। स्रोतकाअनुसार उनी करिब चार वर्षयता एक युवतीसँग प्रेम सम्बन्धमा थिए। त्यसपछि उनले हालै विवाह पनि गरे। तर पछिल्लो समय युवतीका आफन्तले पैसाका लागि बार्गेनिङ गरेको र डिमान्ड पूरा नगरे मुद्दा हाल्ने धम्की दिएपछि उनीहरुबीच…

Read More