काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन् ।
सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो जानकारी गराएका हुन् ।
गृहमन्त्री लामिछानेले संसदमा राष्ट्रिय सभा सदस्य गोमा तिमल्सिनाले सोधेको प्रश्नको जवाफ दिने क्रममा निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको बताए ।
उनले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताए । उनले अहिले पनि अनुसन्धान जारी रहेको बताए ।
गृहमन्त्री लामिछानेले आफूले पहिलो कार्यकालमा गरेका घोषणाहरू नभुलेको पनि बताए ।
Facebook Comments Box