धनगढी: भाष्करराज राजकर्णिकार सञ्चालक रहेको एभिन्युज टेलिभिजन टाट पल्टिएको छ ।
आर्थिक संकटले टाट पल्टिएपछी टेलिभिजनले आफ्नो स्थापना कालदेखि रहेका व्युरो कार्यालयहरु खारेज गरेको हो । यसैसाथ, व्युरो अन्तर्गत कार्यरत सबै जिल्ला संवाददाताहरूलाई पनि बर्खास्त गरेको छ ।
टेलिभिजनले एक सूचना जारी गर्दै ब्यूरो कार्यालय र मातहतका कर्मचारी हटाएको जानकारी दिएको छ ।
सूचनामा भनेको छ-वर्तमान परिस्थितिको मूल्यांकन र स्थापना गरिएका व्युरो कार्यालयहरूको कार्यशैली, संचालन प्रक्रिया, र दैनिक कार्य अवस्थालाई हेर्दा, ती कार्यालयहरूलाई यथास्थानमा राख्नु उपयुक्त नदेखिएको छ। सम्पूर्ण व्यूरो कार्यालयहरूको कार्यक्षमता र वर्तमान परिस्थितिको समीक्षा पश्चात, व्यवस्थापनले एक महत्वपूर्ण निर्णय गर्दै, आफ्ना मातहतका सबै व्युरो कार्यालयहरू खारेज गर्ने निर्णय गरेको छ।
एभिन्युज टेलिभिजनका सञ्चालक भाष्करराज कालोसूचीमा समेत परेका थिए । बैंकिङ्ग कसुरको अपराधमा उनलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको थियो।