Author: महेन्द्रनगर पोष्ट

धनगढीः कञ्चनपुरको भीमदत्त र कैलालीको टीकापुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका–९ बाट लागूऔषधसहित जानकी गाउँपालिका–४ जानकी नगरका २१ वर्षीय दिपेश चन्द पक्राउ परेका छन् । उनी ५ ग्राम लागुऔषधसहित विहिबार पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २९ वर्षीय लोकेन्द्र राना मगर र २० वर्षीय पारस बादीलाई रेक्सोजेसिक एक सय ५८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन एक सय ५८ एम्पुलसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

Read More

काठमाडौँ: नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले अवरोध गरेका हुन् । उनीहरुले जवाफ नदिएसम्म संसद् चल्न नदिने अडान लिएका छन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।

Read More

काठमाडौँ: सुदूरपश्चिमसहित ६ प्रदेशले अझै गाडी भाडा घटाएका छैनन् । डिजलको भाउ घटेपछि लामो दूरी र बाग्मती प्रदेशमा भाडादर घटेको छ । तर अझै ६ ओटा प्रदेशमा छोटो दूरीको गाडी भाडा घटेको छैन । सुदूरपश्चिम, कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अन्तर पालिका भाडादर अहिलेसम्म समायोजन हुन नसकेको हो । वैज्ञानिक भाडादर प्रणाली अनुसार पेट्रोल र डिजलको मूल्यमा ५ प्रतिशत तलमाथि भएमा भाडादर समायोजन गर्नुपर्ने हुन्छ । भाडादर समायोजन गर्दा ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत बाँकी पक्षलाई आधार मान्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार यो व्यवस्था अनुसार अहिले डिजलको भाउ घटेकाले…

Read More

काठमाडौँ: शुक्रवार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Read More

बैतडी: बैतडीमा एक लाख मूल्य बराबरको अखाद्य सामग्री नष्ट गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा बजार अनुगमनका क्रममा भेटिएका एक लाखका अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको हो । यस्तै, वडा नम्बर ३ र ४ मा नियम विपरित सञ्चलनमा रहेका मदिरा पसलहरुबाट ८२ हजार जरीवाना असुल गरिएको छ । नियम विपरित सञ्चालनमा रहेका तीन ओटा मदिरा पसल सिल गरिएका हुन् भने एक क्लिनिक पनि सिल गरिएको छ ।पालिकाका मुख्य मुख्य बजारमा अनुगमन गरिएको बताइएको छ ।

Read More

डडेल्धुरा: नेपाल विद्यार्थी संघ डडेल्धुरा जिल्ला कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा ७ जना मनोनित भएका छन् । जिल्ला अध्यक्ष पवन ऐरले उपाध्यक्षमा तीन, सचिवमा २ तथा सहसचिव र कोषाध्यक्षमा एक/एक जनालाई मनोनित गरेका हुन् । जिल्ला कार्यसमितिको उपाध्यक्षमा अरुण पन्त, सागर साउद र तारणी पन्तलाई मनोनित गरिएको जिल्ला अध्यक्ष पवन ऐरले बताए । यस्तै, सचिवमा दिपेन्द्र बोहरा, दिपेन्द्र अवस्थी, सहसचिवमा कैलाश साउँद र कोषाध्यक्षमा पूजा बोगटीलाई मनोनित गरिएको छ ।

Read More

धनगढीः धनगढीको सिक्स लेन सडकमा लाइट जडान गरिएपछि अहिलेको लोकप्रिय संजाल टिकटक प्रयोगकर्ताहरुको भीड लाग्न थालेको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकमा स्मार्ट सडक लाइट जोडिएपछि ‘टिकटिके’को भीड लाग्न थालेको हो। साझको समयमा सो सडकमा टिकटक बनाउनेको मात्रा बढेको बताइन्छ। अहिले ६ लेन सडक टिकटक बनाउने थलो बन्दै गएको स्थानीय कमल पनेरुले बताए। ६ लेन सडकमा सबैभन्दा बढी भाटभटेनी आसपास, राजपुर क्षेत्र हुँदै धनगढी विमानस्थल प्रवेश गेट नजिक टिकटक बनाउने युवायुवतीको संख्या बढेको हो।

Read More

धनगढी: धनगढीमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का २० वर्षीय रोशन भट्ट, १९ वर्षीय गणेश बोहरा र २५ वर्षीय विनय राजबंशी रहेका छन् । वडा प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई दुई ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

Read More

काठमाडौँ: राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेको छ । चौधरीलाई आममाफी दिइ कैद मिनाहा गराउन अगाडि बढाएको प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार टिकाउनका लागि मात्रै गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी भएको जनमोर्चाले जनाएको छ । राष्ट्रिय जनमोर्चाले आज विज्ञप्ति निकालेर कैलालीको टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको र त्यो घटनाका मुख्य नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने उल्लेख गरेको छ । जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाइएको प्रक्रिया रोक्न सरकारसँग माग पनि गरेको छ ।

Read More

काठमाडौं: व्यवसायी दुर्गा प्रसाईँविरुद्ध मुद्धा दर्ता भएको छ । सात वर्षअघि सामान लगेको उधारो नतिरेको भन्दै प्रसाईँविरुद्ध मुद्धा दायर भएको हो। प्रसाईंले आफ्नो मेडिकल कलेजका लागि किनेको मेडिकल इक्विपमेन्टको पैसा लामो समयसम्म तिर्न आनकानी गरेपछि आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेज, लाइफलाइन ट्रेड इन्टरनेशनल, एसएस इन्टरप्राइजेज, ट्रिनिटी फर्मास्युटिकल्स लगायतले मुद्दा दायर गरेका हुन्। प्रसाईंका दुई कम्पनी बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, पूर्वाञ्चल क्यान्सर अस्पताललगायतले लिएको १६ करोड ६ लाख १५ हजार ७६० रुपैयाँ तिर्न बाँकी भएको मुद्धामा उल्लेख छ। प्रसाईँविरुद्ध वैशाख २४ गते झापा जिल्ला अदालतमा सात वटा मुद्दा दायर भएका हुन्।

Read More