Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: दूरपश्चिमसहित पाँच प्रदेशका ३४ जिल्लामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सुरु गरिएको छ । सुदूरपश्चिमका ५, बाग्मतीका ३, कोशीका ७, गण्डकीका १० र कर्णालीका ९ ओटा गरी ३४ जिल्लालाई कार्यक्रममा समेटिएको छ । ३४ जिल्लाका सय पालिकाका नागरिकको कृषिमा आधारित आम्दानी वृद्धि गर्न १० हजार धुरीको सहभागितामा एक हजार हेक्टरमा तरकारी तथा अन्य रैथाने बाली खेती र ३० हजार घरधुरीको सहभागितामा १० हजार हेक्टरमा बगैँचा स्थापना गर्ने लक्ष्य राखिएको छ । यो आयोजना मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रलाई लक्षित गरी सुरु गरिएको बताइएको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाइले सन् २०२९…

Read More

धनगढीः कैलालीको चुरे गाउँपालिकामा अतिक्रमित वन क्षेत्र खाली गराइएको छ । पालिकाको वडा नम्बर ४ स्थित टाँकगडा र पैनेरुवाको अतिक्रमित वन क्षेत्र खाली गराइएको डिभिजन वन कार्यालय धनगढीले जनाएको हो । चुरे फेदीको टाँकगडा र पैनेरुवामा पहिरो पीडितका नाममा वन अतिक्रमण गरिएको थियो । डिभिजन वन कार्यालयका अनुसार १०५ हेक्टर वन क्षेत्र खाली गराइएको छ । शनिवार टाँकगडाका १३५ टहरा र पैनेरुवामा ३५० टहरा डोजर लगाएर भत्काइएको हो ।

Read More

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका-९ को कार्यालय नजिकैबाट पाँच गोलिया सालको काठ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार इलाका प्रहरी सुखडको समूहले रतिपुरबाट से १ त ९७०७ नम्बरको ट्याक्टरमा शनिवार राति तस्करी हुँदै गरेको अवस्थामा पाँच गोलिया सालको काठ नियन्त्रणमा लिएको हो। १०२ दशमलव ५८ क्यूफिट सालको काठ प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सुखडले काठ सव डिभिजन वन कार्यालयमा बुझाउने जनाइएको छ। प्रहरी देखेपछि तस्कर ट्याक्टर छोडेर फरार भएका थिए।

Read More

डोटी: जिल्ला प्रहरी कार्यालय डोटीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरी दिन आग्रह गरेको छ। सो सहकारीको जिल्ला शाखाले बचतकर्ताको बचत रकम, सावाँ, ब्याज फिर्ता नगरेको वा ठगी गरेको भए उजुरी दिन आग्रह गरेको हो। प्रहरी कार्यालयले एक सूचना जारी गर्दै भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सो संस्थाका विभिन्न जिल्ला शाखाका बचतकर्ताले बचत रकम फिर्ता नपाएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएकाले डोटीमा पनि त्यस्तो समस्या भए जाहेरी दरखास्त पेश गर्न आग्रह गरेको हो । आफ्नो नागरिकता, पासबुक लगायतका प्रमाण सहित जिल्ला प्रहरीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न सूचनामार्फत अनुरोध गरिएको छ।

Read More

काठमाडौं: पूर्वीरुकुमको हुकाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रबिन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रबिन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

Read More

काठमाडौं:  अष्ट्रेलियमा एक नेपाली दम्पतीको दुर्घटनामा परि निधन भएको छ। गत सोमबार भएको सडक दुर्घटनामा परि रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ का सन्तोष अधिकारी र उनकी श्रीमती प्रतिमा थापाको मृत्यु भएको हो। उनीहरु ६ वर्ष अघि अध्यायनका लागि अष्ट्रेलिका गएका थिए । विवाह गर्नेवित्तिकै सन्तोष अष्ट्रेलिया गएका थिए भने त्यसको ५ महिनापछि उनकी श्रीमती प्रतिमा पनि उडेकी थिइन्। मृतक दुवैको शव पोस्टमर्टम गरेर नेपाल ल्याउने प्रक्रिया थालिएको बताइएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार राति कृष्णपुर नगरपालिका–४ मछेली नदी किनारमा करेन्ट लागेर ३४ वर्षीय प्रताप खुनाको मृत्यु भएको हो। हावाहुरीले विद्युतको पोल ढल्दा साइकलमा यात्रा गरिरहेका उनलाई करेन्ट लगेको थियो। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्यबहादुर शाहीका अनुसार अहिले प्रहरी र जनप्रतिनिधिको टोली घटना स्थलमा छ। स्थानीयले क्षतिपूर्ति, मृतका परिवारलाई रोजगारी र विद्युत पोलहरु व्यवस्थित गर्नुपर्ने माग राखेका छन्।

Read More

काठमाडाैँ: नेकपा एमालेका उपमहासचिव तथा एमाले प्रचार विभाग प्रमुख विष्णु रिमालले धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राईलाई बौलाहा मेयर भनेपछि राईले प्रतिक्रिया दिएका छन्। मेयर राईले रिमाललाई लक्षित गर्दै एमालेको भुसुनोको रूपमा चित्रण गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘एमालेको एउटा भुसुनोले मुखबाट गोबर उकेलेछ।अब आउने चुनावमा यसलाई जनताले देखाइदिनेछन्।’ शनिबार अखिल नेपाल महिला सङ्घ अनेमसंघको दोस्रो पूर्ण बैठकमा उपमहासचिव रिमालले धरानका प्रमुख हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ को रूपमा चित्रण गरेका थिए । 

Read More

काठमाडौं: प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या गरेको भन्दै एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ। कोहलपुर–६ रझेनाकी २२ वर्षीया सुमद रानी थारूले बर्दियास्थित राजापुर ८ कोइरी गाउँका २६ वर्षीय शैलेन्द्र चौधरीको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनको बीभत्स हत्या भएको दाबी जाहेरीमा गरिएको छ। चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको हो। सुमद रानीका भाइ निरेनले जाहेरी दर्ता गरेका हुन्।वैशाख २९ गते नेपालगन्जस्थित कोठामै ती युवती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा कम्प्युटरसम्बन्धी डिप्लोमा कोर्सका लागि उनी भाइ निरेनसँगै बस्दै आएकी थिइन्। बाँके प्रहरीका अनुसार जाहेरीमा सुमद रानी मृत फेला परेको कोठामा चौधरीले…

Read More

झापा :भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सेनेटरी प्याडभित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगर लुकाएर लैजाने खोज्ने एक युवती पक्राउ परेका छन्।  पक्राउ पर्नेमा झापा जिल्ला कमल गाउँपालिका- ७ घर भई हाल काठमाडौँ नारायण थान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। शनिवार बिहान ११:०५ बजेको समयमा विमानस्थलमा खटिएका सुरक्षाकर्मीले शरीर चेकजाँच गर्ने क्रममा राईलाई १५ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। उनी यति एयरलाइन्स चढेर काठमाडौँ जान लागेकी थिइन्। राईले लगाएको भित्रीबस्त्र (पेन्टी) मा प्याडको बीच भागमा प्लास्टिकमा पोको पारी ब्राउन सुगर लैजान खोजेका थिए। उनको साथमा रहेको नागरिकता र रेडमी…

Read More