Author: महेन्द्रनगर पोष्ट

बारा: बारामा लामखुट्टे भगाउन बालिएको धुपबाट आगो सल्किँदा एक घर जलेर नष्ट भएको छ । आदर्श कोतवाल गाउँपालिका–१ च्युटाहास्थित एक घरमा आइतवार राति आगलागी भएको हो । आगलागीमा परि घरधनी ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत जलेका छन् । आगलागीबाट चार लाख १० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Read More

धनगढी: कैलालीमा लागुऔषधसहित एक युवा समातिएका छन् । हिजो राति लम्कीचुहा नगरपालिका-९ प्रतापपुरबाट लागुऔषध (खैरो हिरोइन) सहित उनी समातिएका हुन् । उनको नाम प्रहरीले खुलाएको छैन । उनको साथबाट दुई सय मिलिग्राम लागुऔषध बरामद गरिएको थियो । अहिले प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

भारतको पटियालास्थित गुरुद्वारामा मदिरा सेवन गरेको आरोपमा एक महिलाको गोली हानी हत्या गरिएको छ । पटियालाका वरिष्ठ प्रहरी उपरीक्षक वरुण शर्माका अनुसार परमिंदर कौर नामकी एक महिलाले दुस्ख निवारन साहिब गुरुद्वाराको पोखरी नजिक रक्सी सेवन गरेकी थिइन् । अर्बन इस्टेट फेज वन निवासी ३२ वर्षीया महिलालाई निर्मलजीत सिंह नामका व्यक्तिले गोली हानेर मारेका हुन् । ‘परमिंदर कौरले गुरुद्वार दुखनिवारन साहिबको सरोवर नजिक रक्सी पिएकी थिइन् । यो कुरा संगतले थाहा पाएपछि प्रबन्धकको कार्यालयमा लैजाने निधो गरे । तर, त्यहाँ उपस्थित निर्मलजीत सिंह सैनी नामका व्यक्तिले आक्रोशित भई ती महिलालाई गोली हानेका थिए’ प्रहरी विज्ञप्तिमा भनिएको छ, ‘सैनीले आफ्नो ३२ बोरको…

Read More

धनगढीः पूर्व राजा ज्ञानेन्द्र शाहले सुदूरपश्चिम भ्रमण गर्ने भएका छन् । भ्रमणको दौरान धनगढीमा जेठ ६ गते पूर्व राजाको नागरिक अभिनन्दन हुने भएको छ। अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ । नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले पूर्व राजाको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोहकाबीच अभिनन्द गरिने बताए । पूर्व युवराज पारस शाह बाहेक राजपरिवारका सबै सदस्य ५ गते धनगढी आउने कार्यक्रम तय भएको उनले बताए ।

Read More

धनगढी : छोटो लुगा लगाएर हिँडेको विषयमा कुरा काटेको भन्दै मकवानपुरका थाहा नगरपालिकाकी एक युवतीले छिमेकी अर्की युवतीलाई निर्घात कुटपिट गरेकी छिन् । थाहा नगरपालिका- १२ तल्लो वसन्त बस्ने २७ वर्षीया सुशीला स्याङ्तानले ३० वर्षीया विनिता मोक्तानमाथि कुटपिट गरी गम्भीर घाइते बनाएकी हुन् । उनलाई थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ । छोटो लुगा लगाएर हिँडेको कुरा विनिताले अरुसँग गरेको भन्दै सुशीलाले घरमै पुगेर निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । कुटपिट गर्ने शुसिलालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

Read More

डोटीः डोटीमा गोरूले हानेर घाइते बनाएकी एक महिलाको मृत्यु भएको छ । जोरायल गाउँपालिका वडा नम्बर ३ रावतकट्टेकी अन्दाजी ५२ वर्षीया लक्ष्मीदेवी कठायतको मृत्यु भएको हो । सोमवार बिहान कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

Read More

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्तामा भएको हो । राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। भेटमा संघीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

Read More

बझाङः बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय बन्द गरिएका छन् । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि असारसम्मका लागि विद्यालय बन्द गरिएका हुन् । अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताए । उत्तरी भेगमा पर्ने काँडा, सुर्मा, छविसपाथीभेरा, तल्कोट, दुर्गाथली, मष्टा गाउँपालिका र बुंगल नगरपालिकाअन्तर्गत पर्ने अधिकांश विद्यालय यतिखेर विद्यार्थीहरु यार्सा सङ्कलनमा गएपछि बन्द भएका छन् । उत्तरी भेगमा अवस्थित दूरदराजका विद्यालय बर्सेनि तीन महिना बन्द हुने गरे पनि यो वर्ष भने पालिकाले निर्णय गरेर हिउँदे बिदाको सट्टा एक महिना बिदा दिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताए…

Read More

काठमाडौं: सर्वोच्च अदालतमा टीकापुर घटनासम्बन्धी मुद्दाउपर अन्तिम सुनुवाइ भइरहेको छ । यसअघि पटकपटक साधारण तारिख र पेसी सरेर हेर्दाहेर्दैमा परेको रेशम चौधरीसहितविरुद्धको उक्त मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको हो । यो मुद्दामा वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो । उक्त दिन चौधरी पक्षका कानून व्यवसायीले बहस गरेका थिए । सोमबार सरकारी वकिल र प्रतिपक्षका वकिलले बहस गर्नेछन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार हेर्दाहेर्दैमा परेको र यसअघिदेखि नै सुनुवाइ सुरू भएकाले मुद्दा किनाराको अन्तिम चरणमा छ । ‘इजलासले केही थप बुझ्नपर्ने भए श्रीमान्‌हरूले बुझ्न सक्नुहुन्छ । मुद्दा हेर्दाहेर्दैमा रहेको र अन्तिम सुनुवाइ…

Read More

काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको ११ दिनपछि हिजो एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्। उनलाई हिजो साँझ नेपाल प्रहरीको विशेष ब्यूरोले बुढानिलकण्ठको पासीकोटबाट पक्राउ गरिएको हो । उनी त्यहाँ आफ्नो पूरानो साथीको एक घरमा लुकेर बसेका थिए। अर्घाखाँचीकै एक कार्यकर्ताको घरमा उनी लुकेर बसेका थिए। प्रहरीले पक्राउ गर्दा टोपबहादुर रक्सी खाएर झ्याप भएको अवस्थामा फेला परेका थिए। स्वास्थ्य जाँचका क्रममा उनले मदिरा पिएको पुष्टि भएको छ। उनले स्वास्थ्य जाँचका क्रममा डाक्टरलाई एक गिलास बियर खाएको जवाफ दिएको एक अधिकारीले बताएका छन्। उनले फरार रहँदा उनले संसद्‌लाई पत्र पठाउँदै आफू बिरामी भएको बताएका थिए। स्वास्थ्य…

Read More