काठमाडौँ: हाल मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। साथै देशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : नेपाल मेडिकल काउन्सिलको लोगो किर्ते गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । स्वीकृति बिना काउन्सिलको लोगो, नाम तथा प्रश्नपत्रको ढाँचा प्रयोग गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २४ वर्षीय नवीन पौडेल र आशिष अधिकारी भएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आज उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवम् कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
धनगढी : कैलालीमा प्रहरीले बेवारिसे अवस्थामा सामान फेला पारेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा भारतबाट भन्सार छली अनुमानित १५ हजार मुल्य बराबरका सामान ललिपप, चिनी, विडि, पेठामिठाई लगयतका सामानहरु बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
काठमाडौं : टिभी सिरिज ‘तारक मेहताका उल्टा चश्मा’बाट चर्चित भारतीय अभिनेत्री मुनमुन दत्त यतिबेला काठमाडौं घुमघाममा ब्यस्त छिन् । ‘तारक मेहताका उल्टा चश्मा’ सिरिजमा उनी बबिता जी पात्रको भूमिकामा छिन् । नेपालमा समेत चर्चित यो सिरिजमा उनले लामो समयदेखि अभिनय गरिरहेकी छन् । उनले पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका पर्यटकीय थलो घुमघामका तस्वीर सेयर गरिरहेकी छन् । भारतको पश्चिम बंगालमा जन्मिएकी अभिनेत्री दत्तले कमल हसनको फिल्म ‘मुम्बई एक्सप्रेस’बाट फिल्ममा अभिनय थालेकी थिइन् । होलिडे उनको अर्को चर्चित फिल्म हो ।
धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाकी उप–प्रमुख कुमारी कौशिला चन्दले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिको विषयलाई लिएर माफी मागेकी छन्। अस्ती २१ जेठमा पालिकामै आयोजित जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसमा दिएको अभिव्यक्तिलाई लिएर भाइरल नै बनेकी उपमेयर चन्दले माफी मागेकी हुन्। जातीय रुपमा विभेदपूर्ण हुने अभिव्यक्ति दिएकी उनले केही दिन अटेरी गरेर जब्बर बन्न खोजेपनि आज अन्ततः क्षमा मागेकी हुन्। उनले दिएको सो अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो। सो विषयमा महेन्द्रनगरपोष्टले समाचार पनि सम्प्रेषण गरेको थियो। तर समाचार आएपछि उनले उल्टै मिडियाले बदनाम गरेको भन्दै आरोप लगाएकी थिइन्। त्यतिमात्र होइन, उनले महेन्द्रनगरपोष्टविरुद्ध विज्ञप्ती नै निकालेकी थिइन्। तर आज बुधबार एक…
डडेल्धुरा: सशस्त्र प्रहरीको टोली नेपाल–चीन सीमाको १ नम्बर पिल्लर पुगेर फर्किएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी) इश्वरी भट्टको टोली चीन नजिक तिंकरसम्म पुगेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर छाङरुबाट १५ जनाको टोलीसहित उनी त्यहाँ रहेको १ नम्बर पिल्लरसम्म पुगेका थिए। उक्त टोलीले त्यहाँ स्थापना गरिएका तिंकर विओपीको अनुगमन तथा सरसफाई गरेको गुल्मका सूचना अधिकारी सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलले जानकारी दिए। साथै त्यहाँका स्थानीय जनतालाई सुरक्षाको प्रत्याभूति गराउन र चोरीनिकासी रोक्न गस्ती तथा पेट्रोलिङ क्षेत्र छुट्याइएको उनले बताए। यस्तै १ नम्बर पिल्लरको सुरक्षा एवम् रेखदेखसमेत गरिने व्यवस्था उक्त टोलीले गरेको पौडेलले बताए। यहि जेठ ३ गते…
काठमाडौँ : नेपाल एयरलाइन्सको एउटा न्यारोबडी जहाज ‘ग्राउन्डेड’ भएको छ । प्राविधिक समस्या आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा बुधबार जहाजलाई ग्राउन्डेड गरिएको हो । नेपाल एयरलाइन्सको ९ एन-एकेएक्स सिरिजको जहाजमा समस्या आएपछि ग्राउन्डेड गरिएको नेपाल एयरलाइन्सले जनाएको छ । उक्त जहाज मर्मतका लागि भोलि (बिहीबार) भारतको हैदरावाद लैजाने तयारी गरिएको ती कर्मचारीले बताए । सोही जहाजमा एक महिनाअघि पनि जहाजमा समस्या आएको थियो ।
धनगढी : नेपाल नागरिक उड्ययन प्राधिकरणले बुधबार डोमेस्टिक उडानतर्फको फ्यूल सर्जाइकल चार्ज घटाएसँगै आन्तरिकतर्फको हवाई भाडा घटेको छ। प्राधिकरणले जारी गरेको नयाँ फ्यूल सर्जाइकल मूल्य सूचीअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको ४४५ रुपैयाँले भाडा घटेको छ। यो सँगै काठमाडौं–धनगढीको नयाँ फ्यूल सर्जाइकल चार्ज ६ हजार ६२५ रुपैयाँमा झरेको छ। यसअघि यस गन्तव्यको फ्यूल सर्जाइकल चार्ज ७ हजार ७० रुपैयाँ रहेको थियो ।
काठमाडौँ : बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत गरेसँगै बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको हो । श्रम तथा रोजगार मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकार गरेसँगै अब नेपाली कामदार बेलायत जानेछन् । गत वर्ष भदौ ६ गते नेपाल र बेलायतबीच जीटूजी (सरकार) सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता गरेको थियो । बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट श्रम मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल र बेलायत सरकारको तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले…
डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पूर्वअध्यक्ष समेत रहेका ओझा अध्यक्षमा नियुक्त भएका हुन् । यसअघि जेठ ३ गते पनि ओझालाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो । तर, सर्वोच्च अदालतले उक्त नियुक्तिबारे कारण देखाउ आदेश माग्दै पूर्वअध्यक्ष लक्ष्मण सिंहलाई कामकाज गर्न अन्तरिम आदेश दिएको थियो । सिंहको शैक्षिक योग्यताका प्रमाणपत्रमाथि प्रश्न उठेपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । आज मन्त्रीस्तरीय निर्णयबाट ओझालाई आगामी तीन वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।