Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मणबहादुर सिँह नियुक्त भएका छन्। सिंहलाई विकास समितिको अध्यक्षमा नियुक्त गरिएको पत्र अस्पतालमा पुगेको छ। डडेल्धुरा अस्पताल विकास समितिमा एक कार्यकाल अध्यक्ष भइसकेका सिँहको यो तेस्रो कार्यकाल हो। मन्त्रीस्तरको निर्णयले उनलाई अध्यक्षमा नियुक्त गरेको आधिकारिक पत्र बिहीबार मात्रै अस्पतालमा पुगेको अस्पताल प्रशासनले जनाएको छ । डडेल्धुरा अस्पताल संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिमको एक मात्र अस्पताल हो।

Read More

काठमाडौं: जनआन्दोलन २०६२/६३ मा घाइते भएका ‘ज्यूँदो शहीद’ काभ्रेको बनेपाका मुकेश कायस्थको निधन भएको छ । उनको उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा हिजो बेलुका निधन भएको हो । २०६२ साल चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय कायस्थ घाइते भएका थिए । मुकेशलाई सोमवार सास फेर्न गाह्रो भएपछि उपचारका लागि अस्पताल लगिएको र उपचारकै क्रममा निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए । सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपैयाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमिको लागि वार्षिक तीन लाख…

Read More

दार्चुला: भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) मा सट्टेबाजी गरेको आरोपमा दार्चुलामा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनक बडाल, नवीन अवस्थी, बिरू बुढाथोकी र ईन्द्र सिंह ऐरी रहेका छन्। उनीहरूलाई महाकाली नगरपालिका–४ तिंकर खेडाबाट ३ लाख ५६ हजार ४ सय २० रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताएका छन्।

Read More

काठमाडौँ: पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि देशभर हिंसा भड्किएको छ। देशभर पाकिस्तान तेहरिक-ए-इन्साफ(पीटीआई)का कार्यकर्ता प्रदर्शन र आगजनीमा उत्रिएका छन्। पछिल्ला केही दिनका हिंसामा कम्तीमा १० जना मारिएको बीबीसीले जनाएको छ।  पूर्वप्रधानमन्त्री खानपछि पीटीआईका नेताहरूलाई पनि गिरफ्तार गरिएको छ । बीबीसी उर्दूका अनुसार पीटीआईका नेता तथा पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि पक्राउ गरिएको छ। कुरैशीलाई बुधबार पक्राउ गरिएको हो।  इस्लामाबाद प्रहरीले खानलाई अल कादिर ट्रस्टको मामिलामा पक्राउ गरेको हो ।

Read More

दैलेख: दैलेखमा डढेलो निभाउने क्रममा घाइते भएका १० जनामध्ये एक जनाको ज्यान गएको छ। नेपालगञ्जको भेरी अस्पताल पठाएका घाइतेमध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए।  ज्यान गुमाउनेमा आठबीस नगरपालिका–६ का भैरे बिक रहेका छन्। अरु ७ जनाको नेपालगञ्जमा उपचार भैरहेको छ। सामान्य घाइते भएका दुई जना प्राथमिक उपचारपछि हिजो नै घर फर्किएका छन् ।  आठबीस नगरपालिका–६ सिगासैनमा गोरेटो बाटो खन्ने काम गरिरहेका कामदारहरु घाइते भएका थिए। बाटो खन्दै गर्दा जंगल तलबाट आएको डढेलोले उनीहरु जलेका हुन्। गम्भीर घाइतेलाई हिजो नै हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको थियो। 

Read More

काठमाडौं: काठमाडौंबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको छ। बिहिवार बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो। ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि काठमाडौं ल्यान्ड गराइएको छ। ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएको तर प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुने बताइएको छ। १६ जना यात्रु लिएर उडेको जहाज केहीसमयमै काठमाडौं मै अवतरण गराइएको थियो। नाइन एन एबीटी कल साइन रहेको जहाजको चेकजाँचपछि फेरि भोजपुर उडाउने तयारी छ।

Read More

बाजुरा : बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहीवार बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही बैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ।

Read More

दार्चुला: दार्चुलाको ब्याँस गाउँपालिका १ भोलुममा गएको हिमपहिरोमा बेपत्ता भएका पाँच जनाकै शव भेटिएको छ। बुधबार डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए। दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल नं. ५० गुल्मबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले बेपत्ताहरूको खोजी गरिरहेकामा आज छिमीको शव फेला पारेको हो। यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल थापाको शव फेला परेको प्रहरीले जनाएको छ।  वैशाख १९ गते गएको हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका थिए। ७…

Read More

धनगढीः हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ। राति देशभर मौसम सामान्यतया सफा रहने छ।

Read More

धनगढी: बझाङमा प्रहरी अधिकारीहरु कुटिएका छन्। आज (बुधवार) जिल्लाको बित्थडचिर गाउँपालिकास्थित देउलेखमा प्रहरीमाथि कुटपिट भएको हो। प्रहरीको उच्च स्रोतका अनुसार कुटपिटमा पर्नेमा प्रहरी सहायक हवल्दार नरेन्द्रबहादुर मल्ल लगायतका छन्। उनीहरु वित्थड प्रहरी चौकी र देउलेखमा कार्यरत हुन्। उनीहरुमध्ये मल्ललाई चोट लागेको र अहिले आराम गरिरहेको बताइएको छ। उनले कुटपिटका क्रममा टाउकोमा हेलमेट लगाएका कारण बढी चोट लागेन। दर्जनौं युवाहरुले बीच बजारमा ३/४ जना प्रहरीलाई समातेर कुटेका थिए। प्रहरीले भने त्यहाँ आफ्नो संख्या कम भएका कारण घटना घटेको बताएको छ। मंगलबार जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्सले मोटरसाइकललाई ठोकेपछि मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको निधन भएको थियो। सोही…

Read More