Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका—१८ सालघारी क्षेत्रबाट लागुऔषध खैरो हेरोइन(ब्राउन सुगर)सहित २ जना पक्राउ परेका हुन्। बिहीबार ३ ग्राम खैरो हेरोइनसहित सालघारी बस्ने कमलेश गिरी र पंकच चन्द पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ३२ हजार नेपाली रुपैयाँ र पटाका पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

कैलाली: गएराती कैलालीको लम्कीचुहा नगरपालिका–१ का बिर्खबहादुर शाहीको एक तले गोठमा आगलागी भएको छ। आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने मानवीय र पशुचौपाया क्षति भएको छैन। आगो स्थानीयको सहयोगमा प्रहरीले राति नै नियन्त्रणमा लिएको थियो। शाहीले गोठमा लामखुट्टे नआउन भनेर धुवा बनाउन आागो बालेका थिए। तर, सोही आगो आगलागीमा परिणत भएको प्रहरीले जनाएको छ।

Read More

धनगढी : नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सांसद डा आरजु राणा देउवाले देशमा पैसाको कमी नभएको बताएकी छन्। देश आर्थिक संकटतर्फ गइरहेको चर्चा भइरहेको अवस्थामा बिहीबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राणाले देशमा पैसाको कमी नभएको तर त्यसलाई म्यानेजमेन्ट (व्यवस्थापन) गर्न नसकिएको उल्लेख गरिन्। बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगले गरेको ‘महिला सशक्तिकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्याक्रमलाई सम्बोधन गर्दै नेतृ राणले भनिन, ‘मलाई लाग्दैन कि हाम्रो देशमा पैसाको कमी छ । हाम्रो देशमा म्यानेजमेन्टकै कमी हो । हरेक साल बजेटहरु खर्चै हुँदैन् । खर्च नभइ जान्छ ।’ उनले महिला सशक्तिकरणको लागि योजना…

Read More

बझाङ: बझाङको जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले कर्मचारी नियुक्त गर्दा दलीय भागबण्डा गरेको खुलासा गरेका छन्। उनले नगरपालिकाले विज्ञापन बिनै कर्मचारी भर्ना गरेको खुलासाको भिडिओ नै सार्बजनिक भएको हो। बुधबार विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाउन नगरपालिका गएका नेकपा एमालेका नेताहरुसँग कुरा गर्दै नगरप्रमुख बजालले उक्त खुलासा गरेका थिए। ‘तपाईँहरुलाई पनि थाहाँ भएकै कुरा त हो। हामीले तीन दललाई भागबण्डा गरेका हौँ। एक जना तपाईँहरुको पार्टीको राख्यौ। दुई जना अन्य पार्टीका छन्। सरसल्लाह गर्दा विज्ञापन नगरे पनि हुन्छ भनेपछि भर्ना गरेका हौँ,’ नगर प्रमुख बजालले भने। परामर्श सेवा अन्तर्गत तीन जना ओभरसियर नियुक्त गरिएको नगरपालिकाले जनाएको छ। नगरप्रमुख बजालका अनुसार नेपाली…

Read More

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन्। पन्त श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्तिमा पर्छन। विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय छन्। “कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखे”, उनले भने। पन्तले २०७२ सालमा नेपाल चन्दन प्रालि फार्म खोले। वन विभागको अनुमति लिएका पन्तले भने, “रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन।” काठमाडाँैमा छँदा विभिन्न बालीका विषयमा अनुसन्धानसमेत गरेका पन्तले सन् २०१६ मा दक्षिण…

Read More

काठमाडौं: नेपाल बैंकर्स संघको बैठकले जेठदेखि लागू हुने गरेर कर्जाको ब्याज घटाउने निर्णय गरेको छ । हाल बसिरहेको संघको बैठकमा जेठदेखि कर्जाको ब्याज घटाउने सहमति भएको हो । संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जेठदेखि कर्जाको ब्याज घट्ने जानकारी दिए । उनले भने, ‘कर्जाको ब्याज बिस्तारै घट्दै आइरहेको छ । जेठमा पनि घट्ने सहमति भइसकेको छ ।’

Read More

काठमाडौं: हाल देशमा  स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी  र मधेशका साथै बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका साथै बागमती र  गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा तीन महिना पुग्दा पनि मन्त्रीमण्डल विस्तार हुन सकेको छैन। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार विस्तारको गृहकार्य सुरु गरेका छन्। तर, मन्त्रालयका बिषयमा भागबन्डा नमिल्दा आज पनि सरकार विस्तार हुने सम्भावना क्षीण रहेको छ। यसअघि सरकार विस्तारमा शीर्ष नेताहरू गम्भीर नभएको भन्दै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर मुख्यमन्त्री हिजो कैलाली फर्किएका थिए। माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका कमल बहादुर शाहले २७ गते भौतिक पूर्वाधार विकास मन्त्रालयका कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीमा नरेश शाहीलाई नियुक्त गरेका थिए। त्यसपछिको तीन महिना सम्म पनि सरकार…

Read More

धनगढी: कञ्चनपुरको पुनर्वासबाट प्रहरीले एक जना फरार कसुरदारलाई पक्राउ गरेको छ। चोरी मुद्दामा अदालतबाट सजाय पाएपनि लुकिछिपी हिँडिरहेका पुनर्वास नगरपालिका–६ ङ गाउँ हरिचोकका ६६ वर्षीय वीरबहादुर खड्का पक्राउ परेका हुन। बुधबार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रहरी सहायक निरीक्षक बसन्त भुलको कमाण्डमा खटिएको टोलीले खड्कालाई पक्राउ गरेको जनाएको छ। उनलाई कञ्चनपुर जिल्ला अदालतले चोरी मुद्दामा १ वर्ष १ महिना २५ दिनको कैद सजाय सुनाएको थियो। त्यसपछि खड्का फरार रहेका थिए। प्रहरीले घर अगाडिको बाटोमा हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ।

Read More

धनगढीः कैलालीमा प्रहरीले घरेलु रक्सी बरामद गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय हसुलियाले कैलारी गाउँपालिकाका विभिन्न स्थानबाट ९० लिटर घरेलु रक्सी बरामद गरी नष्ट गरेको हो। कैलाली प्रहरीको आदेशअनुसार बुधवार इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले वडा नम्बर–६ को भगतपुर, धर्मपुर, खरुवाखेरा र वनकट्टामा खटिएर स्विप अप्रेसन गर्दा अवैध रुपमा उत्पादन गरेर बिक्री वितरणका लागि राखिएका ९० लिटर घरेलु रक्सी बरामद गरिएको हो। बरामद गरिएको रक्सी स्थानीयवासी र स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।

Read More