Author: महेन्द्रनगर पोष्ट

धनगढीः नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ। आज (बुधवार) संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले चौधरीलाई संसदीय दलको नेताबाट हटाएको हो। बैठकले घनश्याम चौधरीलाई दलको नेताको जिम्मेवारी पनि दिएको छ। उक्त बैठकमा रामेश्वर भने उपस्थित थिएनन्। सात जना प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्तिमा चार जनाको हस्ताक्षरसहित संसदीय दलको नेता परिवर्तन गरेको सूचना प्रदेशसभा सचिवालयमा दिइएको छ। त्यस्तै प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिइएको छ। यसअघि लक्ष्मणकिशोर चौधरी प्रमुख समेतक थिए। सचेतकको जिम्मेवारी कैलाश चौधरीलाई दिइएको छ। संसदीय दलको नेतासहित अन्य जिम्मेवारी परिवर्तन गर्न बसेको बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र…

Read More

धनगढीः बझाङको चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि अवरुद्ध पारिएको राजमार्ग खुलेको छ। पीडित परिवारलाई गाउँपालिकाले ५ लाख क्षतिपूति, ५० हजार क्रिया खर्च र मृतककी श्रीमतीलाई देउलेख स्वास्थ चौकीमा रोजगारी दिने सहमतिपछि जयपृथ्वी राजमार्ग खुलेको हो। मंगलबार जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्सले मोटरसाइकललाई ठोकेको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार देउलेखबाट सुनकुडातर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सुपप्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्सले से ५ च २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको निधन भएको थियो। सोही दुर्घटनापछि आक्रोशित भएका स्थानीयले क्षतिपूर्तिको माग गर्दै हिजो साँझबाटै देउलेकमा राजमार्ग अवरुद्ध…

Read More

धनगढीः कञ्चनपुरको बेलौरी नगरपालिका–६ रिछाहबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले एक जना किशोरलाई पक्राउ गरेको छ। ३ ग्राम ६५ मिलिग्राम खैरो हेरोइन र त्यो तौलने एक थान तराजुसहित बेलौरी नगरपालिका–३ खिरिया बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो। सुदूरपश्चिम प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको थियो।

Read More

धनगढीः कञ्चनपुरमा आगलागी हुँदा ८ लाख रुपैयाँ मुल्य बराबरको धनमाल नष्ट भएको छ। भीमदत्त नगरपालिका–४ चमनचोकस्थित शारदा देवीको सिरक गद्धाको गोदाममा विद्युत सर्ट भई गएराति आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

Read More

काठमाडौं: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। खाँणलाई बुधबार बिहान उनकै निवासबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।  भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाण र उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ।  यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन्। यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

Read More

डडेल्धुरा: डडेल्धुरामा झाडापाखालाका कारण एक बालिकाको ज्यान गएको छ। जिल्लाको परशुराम नगरपालिका- ८ गुप्तेगडाकी १४ वर्षीया संगिता धामीको मंगलबार साँझ मृत्यु भएको हो। केही दिनअघि बिरामी परेकी उनलाई हिजो नै जोगबुढा अस्पताल पुगाइएको थियो। धामीको झाडापखालाका कारण ज्यान गएको जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले बताए। संगिताको शरिरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी रेफर गरेकामा उनको बाटोमै मृत्यु भएको थियो। यस्तै सोही गाउँका अन्य ३ जना बिरामी समेत झाडापखालाका कारण अस्पताल भर्ना भएका छन्।संगितासहित एकै परिवारका ५ जनालाई मंगलबार बिहान १० बजे उपचारका लागि जोगबुडा अस्पताल पुगाइएको थियो। यसैबीच मृतकका आफन्तले अस्पतालले लापरबाही गरेका कारण बालिकाको…

Read More

धनगढी: कैलालीको धनगढीस्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले स्वास्थ्यकर्मी तथा कर्मचारी माग गरेको छ। धनगढी उपमहानगरपालिका पुरानो भन्सार रोड नजिक सञ्चालनमा रहेको हस्पिटलले ल्याब टेक्निसियन, फार्मेसी अफिसर, फार्मेसी असिस्टेन्ट र मार्केटिङ स्टाफ गरि ८ जनाको माग गरेको हो।

Read More

काठमाडौं: पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेपछि पाकिस्तानमा तनावको स्थिति उत्पन्न भएको छ । देशैभर इमरानका समर्थकले आगजनी र तोडफोड गरिरहेका छन् । इमरानको पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) पार्टी ले देशभर विरोध प्रदर्शनको आह्वान गरेको छ । हिंसालाई ध्यानमा राख्दै पाकिस्तानमा धारा १४४ लागू गरिएको छ। पाकिस्तानमा मोबाइल इन्टरनेटपछि ट्विटर सेवा बन्द भएको छ ।  व्हाट्सएप र फेसबुक लगायतका सबै सामाजिक सञ्जालहरू पनि बन्द गरिएका छन्। गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौँ मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको थियो । इमरानलाई इस्लामाबाद उच्च अदालतबाट पनि झटका लागेको छ। उच्च अदालतले इमरानको गिरफ्तारीलाई सदर गरेको छ ।

Read More

धनगढी: अखिल (क्रान्तिकारी)को केन्द्रिय सदस्यमा विनोद विष्ट (विनोद सी) चयन भएका छन्। हालै बसेको केन्द्रिय कमिटी बैठकले उनलाई नेकपा विप्लव निकटको अखिलको केन्द्रिय सदस्यमा चयन गरेको हो। उनी लामो समयदेखि बझाङ र कैलालीसहित सुदूरपश्चिममा विद्यार्थी राजनीति गर्दै आएका छन्।

Read More

धनगढीः बझाङको चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि त्यहाँका स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। मंगलबार जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्सले मोटरसाइकललाई ठोकेको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार देउलेखबाट सुनकुडातर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सुपप्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्सले से ५ च २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको निधन भएको थियो। सोही दुर्घटनापछि आक्रोशित भएका स्थानीयले क्षतिपूर्तिको माग गर्दै हिजो साँझबाटै देउलेकमा राजमार्ग अवरुद्ध पारेका छन्। सडक खुलाउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए। अहिले पीडित, पीडक र प्रहरीबिच छलफल र बैठकको…

Read More