Author: महेन्द्रनगर पोष्ट

दार्चुला: दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका अन्दाजी १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। सोमबार साँझ साढे ६ बजेतिर चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन्। मीना र मृतक नरेश आमा छोरा हुन्।   खेतमा काम गरिरहेका बेला उनीहरुलाई चट्याङ लागेको थियो। चिउरी रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम उनीहरुलाई चट्याङ लागेको बताइएको छ। मीना र कुमारको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र दुवै जनाको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालयले…

Read More

गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ। धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ। त्यसैले मौसमलाई बिर्सनु हुँदैन। यसका लागि घरेलु उपचार उत्तम हुन्छ। आज हामी यस लेखमा तपाईलाई दूधको प्रयोगको बारेमा बताउन गइरहेका छौँ, जसले तपाईको अनुहारलाई चम्किलो राख्छ। -यदि तपाईंले आफ्नो अनुहारमा दूध लगाउनुभयो भने, तपाइँ सन टेनिंगबाट छुटकारा पाउनुहुनेछ र घामवाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्दत पुग्नेछ । र, छालाको टोनिंगको लागि पनि दुध उपयुक्त हुन्छ । – नियमित दुधको प्रयोगले मुहारको छालामा देखापरेका काला धब्बा हराउँदै जानेछ। र, साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुँदैजान्छ । यसले अनुहारमा जमेको धुलोलाई बाहिर…

Read More

काठमाडौँ:  सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले  स्थानीय  तहका  पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ।  देशको  आर्थिक  संवेदनशीललाई  ध्यानमा  राख्दै  अहिले  तीनै तहका सरकारको बजेट निर्माणको प्रक्रिया चलिरहेको औचित्य पुष्टि हुने अवस्था नभई विदेश भ्रमण नगर्न ७५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई आइतबार परिपत्र गरेको हो।  गत फागुन ३० गते बसेको मन्त्रीपरिषद्को बैठकले अत्यावश्यक अवस्थाबाहेक अन्य अवस्थामा विदेश भ्रमण नगर्न सबै स्थानीय तहलाई निर्देशन दिएको थियो। कतिपय भ्रमण तथा कार्यक्रमको  आधिकारिता पुस्ट्याइँ हुन नसकेको भन्दै मन्त्रालयले आफूखुसी विदेश भ्रमण नगर्न मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रमा छ।

Read More

काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी भारत भागेको प्रहरीको आशंका छ। उनलाई खोजि गर्न प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबी परिचालन गरिएको छ। पक्राउ पुर्जी जारी भएपछि आफैं उपस्थित हुन्छु भन्दै प्रहरी सम्पर्कमा आएका रायमाझी त्यसै राति बुटवलबाट भारततर्फ भागेको निस्कर्षमा प्रहरी पुगेको हो।उनलाई पक्राउ गर्न देशभरका युनिटमा परिपत्र गरिएको छ। जिल्ला अदालत काठमाडौंबाट गत बुधबार उनलाई पक्राउ गर्नै प्रहरीले अनुमति लिएको थियो। त्यतिबेला उनी अर्घाखाँचीमा थिए। त्यसै बेलुका काठमाडौं आउने टिकट भएपनि टिकट रद्द गरेर उनी फरार भएका हुन्। प्रहरीले यो घटनामा उनका छोरा सन्दीपलाई त्यसैदिन बुटवलबाट पक्राउ गरेको थियो। अहिलेसम्म ८…

Read More

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ। आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराई भू–भागका केही स्थानहरूमा सामान्य हावा–हुरीको सम्भावना रहेको छ। यस्तै राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

दार्चुला: जिल्लाको व्याँस गाउँपालिका–४ सुन्सेरामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ। भारतसँग सीमा जोडिएको वडा नं. ४ मा सोमबार एक कार्यक्रमकाबीच बीओपीको उद्घाटन गरिएको हो। गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, नं. ७ बैधनाथ बाहिनी अत्तरियाका सहायक बाहिनीपति एसएसपी किरण ढुंगाना र प्रमुख जिल्ला अधिकारी किरण जोशीले संयुक्त रुपमा बीओपीको उद्घाटन गरेका छन्। बीओपी स्थापनाले पालिकामा शान्तिसुरक्षा कायम हुने विश्वास लिइएको छ। भारतसँग जोडिएको सीमामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुनुका पुलको सुरक्षा हुने गाउँपालिकाका प्रवक्ता उपेन्द्र धामीले बताए। सुन्सेरा बीओपीले महाकाली नदीमाथि रहेका ४ वटा झोलुंगे पुलको पनि सुरक्षा गर्ने छ। सुन्सेराबाट नजिकको पुलको दूरी करिब ४५ मिनेट रहेको…

Read More

डडेल्धुरा: डडेल्धुरामा जुवा खेलिरहेका ४ जना पक्राउ परेका छन्। आज सोमबार बिहानै ४ बजे जिल्लाको अमरगढी नगरपालिका- ७ स्थित जोशीगाउँ बस्ने दिपक राज जोशीको कुखुरा फर्मको लागि बनाइएको घरभित्रबाट उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पक्राउ पर्नेमा अमरगढी ७ का ३८ वर्षीय तेज कैनी, सोही ठाउँका ४० वर्षीय खेम बोहरा, वर्ष ३३ का दिपक राज जोशी र वर्ष ३४ को प्रेम बोहरा रहेका छन्। जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई ३९ हजार ३९५ रुपैयाँसहित समातिएको प्रहरीले बताएको छ। घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताइएको छ।

Read More

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछानेको लाइपोमाको शल्यक्रिया गरिएको छ।  लामिछानेको शरीरमा रहेका ६ वटा लाइपोमाहरुको सोमबार शल्यक्रिया गरी निकालिएको क्यानका चिकित्सक डा अभिषेकराज सिंहले जानकारी दिए। लामिछाने भोलि नै डिस्चार्ज हुने र २ हप्तापछि नियमित खेलहरुमा फर्किने डा सिंहले बताए। सन्दीपलाई करिब दुई वर्षदेखि शारीरिक समस्या देखिएको थियो। उनले पेनकिलर खाएर दुखाईको सामना गर्ने गरेका थिए।

Read More

काठमाडौं: रुकुम पूर्वमा गाई काटेको अभियोगमा तीनजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा भूमे गाउँपालिका-२ का ४४ वर्षका रानवीर कामी, भूमे-३ का ५९ वर्षका सम्पती रोका र उनकी पत्नी ५७ वर्षीय विनसरी रोका रहेका छन्। भूमे गाउँपालिका-६ स्थित खाराबाङ (लुकुम खोला पारिपट्टी) गोठको छेउमा गाई मारेर मासु काट्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)का प्रहरी निरीक्षक गनेश पाण्डेले जानकारी दिए। सोधपुछका क्रममा उनीहरुले मासुका लागि लडेर मरेको गाई काटेर बताएका छन्। गाई नेपालको राष्ट्रिय जनावर हो। राष्ट्रिय जनावर मार्नेलाई तीन वर्षको कैद सजाय हुने कानुनी व्यवस्था छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एकजना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका-९ का ३६ वर्षीय भक्त बहादुर थापा मृत फेला परेका हुन्। उनी घर नजिकैको खेतमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

Read More