धनगढीः धनगढीमा केही दिनयता अत्यधिक गर्मी बढेको छ। सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढी लगायत सुदूर तराइका क्षेत्रहरुमा गर्मी बढेको हो। आज मात्रै धनगढीको अधिकतम तापक्रम ४०.५ रहेको छ।
गर्मी अत्यधिक बढेपछि यहाँका नागरिक हैरान भएका छन्। बढ्दो गर्मीका कारण जनजीवन प्रभावित बनेको यहाँका नागरिकले बताएका छन्। उनीहरुले केही दिन वर्षा भए राहत पुग्ने जनाएका छन्।
यसैबीच महेन्द्रनगरपोष्टले मौसमविद्लाई धनगढी लगायत सुदूर तराइको आगामी मौसमबारे जिज्ञासा राखेको छ। जसमा मौसमविद् सन्जिव अधिकारीले अबको २ दिनसम्म धनगढीमा अत्यधिक गर्मी हुने बताए। तर सुदूरपश्चिमका पहाडी क्षेत्रमा भने आंशिक बदली तथा हल्का वर्षाको सम्भावना रहेको उनले बताए। धनगढीसहित तराइ क्षेत्रमा भने २ दिनपछि गर्मी घट्न सक्ने र केही दिनपछि पानी पर्ने उनको भनाई छ।
Facebook Comments Box