काठमाडौँ: नुहाउदा जलाशयमा मोबाइल खसेपछि मोबाइल निकाल्न एक भारतीय सरकारी कर्मचारीले जलाशयको पानी नै खाली गरिदिएका छन्। भारतीय राज्य छत्तीसगढको खेरकटा जलाशयमा आइतबार स्नान गर्दा ती खाद्य निरीक्षक राजेश विश्वासको मोबाइल खसेको थियो। विश्वासले खसेको मोबाइल निकाल्न ६०० हेक्टर जमिनमा सिचाइ गर्न पुग्ने बराबरको पानी रित्याएका थिए। तर , विश्वासको उक्त खसेको मोबाइल सामसुङ ग्यालेक्सी एस २३ भने पानी जमेर काम नलाग्ने भएको थियो। विश्वासलाई शुक्रवार जागिरबाट निलम्बन गरिएको छ।
Author: महेन्द्रनगर पोष्ट
कास्की: माछा मार्ने क्रममा पोखराको फेवातालमा डुवेर शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही जिल्लाको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ६३ वर्षे मिन गुरुङ रहेका छन्। शनिबार दिउँसो करिब ४ बजे तालको पामे खपौदी क्षेत्रबाट वेपत्ता भएका गुरुङको शव वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली तथा शसस्त्र प्रहरी बलको टोलीले खोजतलास गर्दा साँझ ७ बजेतिर तालबाट फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।
काठमाडौं: बुधबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पञ्चेश्वर परियोजनाको कामले गति लिने बताएका छन्। शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा शनिबार सांसदहरुले राखेको जिज्ञासा मेटाउने क्रममा उनले आफ्नो भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका विषयमा यसपटक नयाँ समझदारी हुने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘पञ्चेश्वरका बारेमा छलफल चलिरहेको छ । सम्भवतः धेरै वर्षपछि पञ्चेश्वर परियोजना अगाडि बढाउनेबारेमा एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ।’ प्रधानमन्त्री २० जेठसम्म भारतमा रहनेछन् ।
एजेन्सी: भारतको बैंगलोर जाँदै गरेको नेपाल एयरलाइन्सको विमानसँग चरासँग ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शनिबार दिउँसो पौने २ बजे उक्त दुर्घटना हुनबाट टरेको र बेंगलुरुको उडान RA-244 का यात्रुहरूले ठूलो आवाज सुनेको बताएका समाचारमा उल्लेख छ। १५६ जना सवार उक्त विमान शनिबार चरासँग ठोक्किएपछि काठमाडौं फर्काइएको समाचारहरूमा उल्लेख छ। उक्त विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको र विमान सकुशल अवतरण भएको भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ। प्राविधिकहरूले विमानको जाँच गरिरहेका जनाइएको छ। त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमान सकुशल अवतरण गरेको जानकारी दिएका थिए।
काठमाडौँ: हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ। देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। यी तीन प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका छन् । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने बताएका हुन् । आफ्नो पहिचान नेपालीको शान भएको उनको भनाइ थियो । ‘आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो,’ उनले भने । एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढ्न उनको आग्रह थियो । पूर्वराजा शाहको सम्बोधनको पूर्णपाठः आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो। कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो। हामी जहाँ…
काठमाडौँ: काठमाडौँबाट भारतको बैंगलोर उडेको नेपाल वायुसेवा निगमको न्यारोबडीमा चरा ठोक्किएपछि वाइडबडी विमानलाई त्यसतर्फ पठाइएको छ । दिउँसो पौने २ बजे उडेको विमान सर्लाहीको आकाशमा पुग्दा चरा ठोक्किएको थियो । लगत्तै त्यहाँबाट फर्काइएको विमान दिउँसो सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त न्यारोबडी विमान ए ३२० को दायाँ इञ्जिनमा सामान्य समस्या देखिएपछि जापानको नारिताबाट दिउँसो साढे ३ बजे काठमाडौं आइपुगेको वाइडबडी विमान ए ३३० लाई डेढ सय यात्रुसहित साँझ साढे ६ बजे बैंगलौर उडाइएको छ ।
काठमाडौँ: माओवादीनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले आज प्रदान गरेको पुरस्कारमा असहमति जनाउँदै केही पत्रकारले राजीनामा दिएका छन् । प्रेस सेन्टरको ललितपुर जिल्ला कमिटीलाई उत्कृष्ट घोषणा नगरिएकोमा अध्यक्षसहित आठ जना पदाधिकारीले राजीनामा दिएका छन् । उनीहरुले सेन्टरको साधारण सदस्यतासमेत त्यागेका हुन् । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा साँखुको एउटा रिसोर्टमा आयोजित कार्यक्रममा वितरित पुरस्कार असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएको बताइएको छ । ललितपुर जिल्ला अध्यक्ष रामहरि कार्की,उपाध्यक्ष गोपाल आलेमगर,सचिव दीपक अर्याल,सहसचिव अनिल पन्त,कोषाध्यक्ष कृष्ण पौडेल,सहसचिव नारायण लिंखा देवान, ललितपुर महानगर समिति सचिव राजु नेपाल संयुक्त राजीनामा बुझाउनेमा छन् । संयुक्त राजीनामा दिनेमा प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश कमिटीका सदस्य राममणि…
गुल्मी: गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ्गमा असल बुहारीहरुलाई सम्मान गरिएको छ । बुहारी सम्मान कार्यक्रम अन्तर्गत बुहारीहरुले ज्येष्ठ नागरिकप्रति गरेको सेवाको आधारमा नौ जना बुहारीलाई सम्मान गरिएको हो । पछिल्लो समय घरमा ज्येष्ठ नागरिकहरुप्रति गरिने सेवाको भाव कम हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै सो वडामा प्रोत्साहन स्वरुप बुहारी सम्मान अभियान सुरु गरिएको वडाध्यक्ष सुशील चन्दले बताए । वडा कार्यालयले साविकका नौ वडाबाट प्रतिनिधिमूलक रुपमा एक/एक जना असल बुहारीलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको बताइएको छ । यस्तै, कार्यक्रममा उत्कृष्ट किसान, समाजसेवी, कर्मचारी, शिक्षक, उत्कृष्ट विद्यार्थी, खेलाडीलगायत विभिन्न समाजिक सङ्घ संस्थाका महत्त्वपूर्ण व्यक्तिहरुलाई समेत सम्मान गरिएको बताइएको छ ।
काठमाडौँ: मिस नेपाल वर्ल्ड-२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिवार भएको फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छन् । उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिर्याएकी हुन् । यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन् । २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड-२०२३ को उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।