Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। कञ्चनपुर प्रहरीका अनुसार ट्याक्टरको  ठक्करबाट मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१८ बस्ने २९ वर्षीय सन्जिप चौधरीको मृत्यु भएको हो। गए राति पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३ प ६९७० नम्बरको मोटरसाइकललाई से १ त ३३६८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा गम्भिर घाइते भएका चौधरीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले मृत्त घोषणा गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। मोटरसाइकलमा पछाडी सवार बेदकोट नगरपालिका–८ बस्ने २७ वर्षीय मनोज चौधरी घाईते भएका छन्।

Read More

काठमाडौं : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार यो सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा गएराति साढे १ बजेदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो। पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान साढे ५ बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो।

Read More

काठमाडौं : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका छन् । एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन् भने बैठकको साइटलाइनमा परराष्ट्रमन्त्री श्रेष्ठ विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ । त्यस्तै मन्त्रीस्तरीय बैठक अघि तेहरानमा असार ९ गते हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं…

Read More

काठमाडौँ : नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने भएका छन् । जसमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले  ग्लोबल टी- २० खेल्ने भएका हुन् । रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए । यस सिजनको ग्लोबल टी-२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुदै छ । यो ग्लोबल टी-२० को चौथो सिजन हो । यस अघि २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।

Read More

काठमाडौँ : नेपाल प्रहरी प्रधान कार्यालयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) सम्बन्धी छलफल भएको छ। टीआरसी विधेयकमा समेटिनुपर्ने विषयहरूको बारेमा शुक्रबार भएको छलफलमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित पूर्वप्रहरी महानिरीक्षकहरू सहभागी थिए। प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य, पूर्वकानुनमन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, अवकाशप्राप्त प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, नेपाल प्रहरी पूर्वसंगठन प्रमुख मञ्चका संयोजक एवम् अवकाशप्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहरा सहभागी थिए। यस्तै, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी…

Read More

धनगढी: बझाङको तल्कोट गाउँपालिका सुनिकोटका भन्टु धामी यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्। धामीको ड्रेस, टेबलमा मदिराको गिलास र छेउमा मदिरा सेवन गरिरहेकी युवतिसहितको तस्वीरले धामी भाइरल भएका हुन्। यो तस्वीर भाइरल भएपछि धामीको पहिचान र चरित्रमाथि विभिन्न प्रश्न उठेका छन्। धामी बझाङको दारे मष्टो र लाटो मष्टोका धामी हुन्। स्थानीयबासीका अनुसार यो तस्बीर १३/१४ वर्ष पुरानो हो। उनी काम विषेशले नेपालगन्ज गएका बेला एकजना आफन्तको होटलमा गएका थिए। तिनै आफ्न्तले झुक्काएर यो तस्बीर खिचिएको उनको भनाई छ। धामी व्यक्तिगत कामले नेपालगन्ज गएका बेला एक जना आफन्त होटलमा युवतीसँग मदिरा सेवन गरिरहेका थिए। त्यहीँ समयमा त्यहाँ पुगेका धामीलाई टेबलमा आग्रह…

Read More

काठमाडौं : नेपाल प्रहरीका पूर्वडीएसपी केपी शर्मा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई पक्राउ गरेको हो । ठगीसम्बन्धि मुद्दाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबी स्रोत बताउँछ । करिब नौ वर्षअघि अवकाश पाएका डीएसपी शर्मा सेवामा रहँदा पनि चर्चा र विवादमा आइरहने व्यक्ति हुन् ।

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ । शुक्रबार बसेको ११ अ‍ैँ नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । रानाले अगामी वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाख ३२ हजार २२० रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिइन् । उनकाअनुसार चालु खर्चतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार ११७ रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ९८ करोड २६ लाख ८८ हजार बजेट विनियोजन गरिएको छ । चालु खर्चतर्फ कुल बजेटको ५५ प्रतिशत र पुँजीगततर्फ…

Read More

धनगढी : धनगढीमा आँप टिप्दा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान धनगढी उपमहानगरपालिका ५ तारानगरका ४५ वर्षीय सिद्वराज जोशीको घर नजिकैको आँपको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले रूखबाट खसेर गम्भीर घाइते भएका जोशी उपचारका क्रममा निसर्ग हस्पिटलमा मृत्यु भएको जानकारी दिए । जोशीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Read More

काठमाडौं : बिरामीलाई क्लिनिकमै बलात्कार गरेको आरोपमा ललितपुरबाट प्रहरीले एक चिकित्सकलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा दायर गरेको छ । डा।राम गोपाल नेम्कुललाई पक्राउ गरी प्रहरीले मुद्दा दायर गरेको हो । महालक्ष्मी नगरपालिका–५ सानागाउँस्थित आफ्नै घरमा उपेन फर्मा चलाउँदै आएका डा.नेम्कुलले फर्मामै एक स्थानीय महिलालाई बलात्कार गरेको उजुरी परेको थियो । आफुलाई लठ्याउने सुई लगाई बिरामी जाँच्ने बेडमा बलात्कार गरेको ती महिलाको उजुरी छ । डा.नेम्कुलले भने जग्गा कारोबारको विषयमा ती महिलाले आफुलाई फसाएको दाबी गरेका छन् । महिलासँग आफुले जग्गा खरिद गरेको र त्यसवापत थप पाँच लाख माग्दै आएकाले पैसा नदिदा फसाएको दाबी गरेका छन् । चीनबाट इन्टर्नल मेडिसिनमा…

Read More