Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: लोकसेवा आयोगले डाटा रिकभर नहुने यकिन नभएको भन्दै केही विज्ञापनमा पुनः दरखास्त आह्वान गरेको छ। पहिला नै दरखास्त दिइसकेकाहरूका लागि आयोगले पुनः आवेदन दिन आग्रह गरेको हो। पूर्वप्रकाशित विज्ञापनमा दरखास्त दिई दस्तुर बुझाइसकेका उमेदवारहरूले मात्रै आवेदन दिनसक्नेछन्। दरखास्त विवरण अध्यावधिक गर्ने प्रयोजनका लागि मात्र आवेदन माग गरिएको आयोगले स्पष्ट पारेको छ।

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।  गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।  आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहने छ। देशका पहाडी भू-भागमा  चट्याङ्ग सहित मध्यम वर्षा वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का  देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

Read More

धनगढीः कञ्चनपुरमा प्रहरीले नाबालिकामाथि जर्बजस्ती करणी गर्न खोजेको आरोपमा एक जना सशस्त्र प्रहरी हवल्दारलाई पक्राउ गरेको छ। सोमबार प्रहरीले भीमदत्त नगरपालिका–९ ब्रम्हदेव घर भएका सशस्त्र प्रहरी हवल्दार अमरसिंह बुढालाई पक्राउ गरेको हो। अमरसिंहविरुद्ध जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए। बुढा झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणमा कार्यरत थिए। बुवा बिरामी भएको बहाना बनाएर उनी १५ दिनको घर विदामा आएका थिए। आइतबार मध्यरातमा मदिरा सेवन गरी बुढा १५ वर्षीया नाबालिक सुतेको घरमा जर्बजस्ती प्रवेश गरेका थिए। ती नाबालिक कराएपछि घरका अन्य सदस्य र छिमेकीले थाहा पाएको प्रहरीले जनाएको छ। बुढा मोबाइलसहित…

Read More

धनगढीः खोलामा नुहाउन गएका नेपाली सेनाका एक जना सैनिकको ढुंगामा चिप्लेर ज्यान गएको छ । बज्रदल गणका प्युठ रामबहादुर कुमालको गुल्मीमा मृत्यु भएको हो। शान्ति सेनामा जान छनौट भएका उनी पाँचखालबाट केही दिनअघि स्वयम्भूको छाउनीस्थित सैनिक अस्पतालमा उपचारको निम्ति पुगेका थिए। अस्पतालमा उपचारपछि उनी बिदा मनाउन आफ्नो घर गुल्मीको बडा गाउँपालिका २, विक्रमचौर गएको बताइएको छ। हिजो नुहाउन घर नजिकैको खोलामा गएका कुमाल ढुंगामा चिप्लेका थिए। चिप्लेपछि गम्भीर घाइते भएका उनको लगत्तै मृत्यु भएको हो।

Read More

काठमाडौं: नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो। नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदा राई सल्लाहकारमा नियुक्त भएका थिए।

Read More

काठमाडौं: नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा ११८ रनको लक्ष्य पाएको छ । वर्षाको कारण सोमबार प्रभावित भएको खेल आज यूएईले नेपाललाई झिनो लक्ष्य दिएको हो । वर्षाको कारण सोमबार २७.३ ओभरमा रोकिएको खेल आज यही अवस्थाबाट सुरू भएको हो । यूएईले ३३.१ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो । यूएईका लागि ११औँ नम्बरमा ब्याटिङ गर्न आएको जुनाइद सिद्धिकीले १० रनमा आउट भए । नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए । यसअघि सोमबार नेपालका लागि ललितनारायण…

Read More

कञ्चनपुर: कञ्चनपुरमा बुवाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। जिल्लाको पुर्नवास नगरपालिका-४ कार्कीचोकका ३० वर्षीय गणेश खडका मंगलबार बिहान हत्या आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।घरायसी विवाद हुँदा सोमबार राति छोरा गणेशले आफ्नै ७१ वर्षका बुवा धनबहादुर खडकामाथि चिर्पट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीले बताए। उनका अनुसार बुवाको हत्या गरेर भाग्न खोजेका गणेश अहिले प्रहरीको नियन्त्रणमा छन्। उनलाई मंगलबार बिहान समातेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ । यो अवधिमा मेघगर्जन र चट्याङसहितको वर्षाका कारण विभिन्न क्षेत्र प्रभावित हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णालीका थोरै स्थान र अन्य पहाडी पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक…

Read More

काठमाडौँ: भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ।  निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा तथा डिजेलमा चार रुपियाँ ११ पैसा मूल्य घटेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो। 

Read More

पाल्पा:  पाल्पामा काफल टिप्ने क्रममा रुखबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ। साेमवार घर नजिकैको जङ्गलमा काफल टिप्ने क्रममा रुखबाट लडेर रैनादेवी छहरा गाउँपालिका ३ छचुवाका १८ वर्षीय सूर्य कुमालको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

Read More