Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सेवानिवृत्त भएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक उमेश राज जोशीलाई बिदाइ गरिएको छ। हिजो मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच निमित्त प्रहरी महानिरीक्षक तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सेवानिवृत्त जोशीलाई बिदाइ गरेका थिए। सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक जोशी वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी अतिरिक्त महानिरीक्षक जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण असार १९ गते यानिकी आजबाट अवकाशप्राप्त बनेका हुन्। यस्तै उनको अवकाशमा पदपूर्तिका लागि बढुवा सिफारिस भएका डीआइजीको भने बढुवा अन्यौलमा परेको छ। केन्द्रिय सत्ता समीकरण फेरबदल भएर प्रधानमन्त्री र गृहमन्त्री फेरिने…

Read More

धनगढी: पहिरोका कारण बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षापछि मंगलबार राति खसेको पहिरोले दुई ठाउँमा राजमार्ग अवरुद्ध भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र छुट्ने सवारीसाधन अलपत्र परेका छन्।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को बैठक सम्पन्न भएको छ। आज (मंगलबार) क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पन्चा सिंहको प्रमुख आथित्यता एवं पार्टी र क्रान्तिकारीका पदाधिकारीसहितको सहभागीतामा चौथो पूर्ण बैठक सम्पन्न गरिएको हो। धनगढीस्थित एसपीए एकेडमीको सभाहलमा बैठक सम्पन्न गरिएको र बैठकले विभिन्न निर्णयहरु गरेको अनेरास्ववियू क्रान्तिकारी सुदूरपश्चिममा इन्चार्ज भीमदत्त भट्टले जानकारी दिए। उनका अनुसार बैठकले देशव्यापी रुपमा हुने आगामी राष्ट्रिय सम्मेलन लगायतका सम्मेलन गर्नका लागि यथेष्ट कार्ययोजना तयार गरेको छ। यस्तै बैठकले असोज २ देखि ५ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा सहभागी गराउने पनि निर्णय गरेको छ। त्यस्तै क्रान्तिकारीको सुदूरपश्चिम प्रदेशको सम्मेलन…

Read More

धनगढी : सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशले वन नियमावली २०७९ को दोस्रो संशोधनको सन्दर्भमा सामुदायिक वन उपभोक्ता समुहहरुको माग सम्बोधन हुनुपर्ने माग गरेको छ । महासंघकी अध्यक्ष झमा देवी चौधरीले जारी गरेको विज्ञप्तिमा महासंघले वन तथा वातावरण मन्त्रालयलाई पेश गरेको ३६ बुँदे सुझावमध्ये अधिकांश माग सम्बोधन नगरिएकोप्रति गम्भिर ध्यानाकर्षण गराउँदै, नियमावलीमा केही सुधार भए पनि प्रमुख मागहरू सम्बोधन नगरिएको बताएको छ। वन ऐन २०७६ को दफा १८ अनुसार सामुदायिक वन उपभोक्ता समूहलाई वन पैदावारको स्वतन्त्र मूल्य निर्धारण र विक्रि वितरणको अधिकार प्रदान गरिएको भए पनि, वन नियमावली २०७९ मा यी अधिकारहरू हनन हुने व्यवस्थाहरू समावेश गरिएका कारण सामुदायिक वन…

Read More

काठमाडौं : गृहसचिवसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख सवार विमानले सिमरामाथिको आकाशमा दुई घण्टा बढी समय चक्कर काटेको छ । अमेरिकाबाट सपत्नी फर्केका सचिव एकनारायण अर्याल,प्रहरी प्रमुख बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल दोहा हुँदै काठमाडौं आउने क्रममा कतार एअरवेजको विमान निर्धारित समयभन्दा दुई घण्टा ढिलो काठमाडौं विमानस्थलमा अवतरण गरेको हो । वर्षाका कारण काठमाडौं र मकवानपुरमाथिको आकाशमा भिजिबिलिटी कम भएपछि कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ विमान साँझ ६ बजे र ३५ मीनेटमा अवरण गरेको छ । उक्त विमान पौने ५ बजे नै अवतरण गर्नुपर्ने थियो । सचिव अर्याल,आइजी कुँवर र अर्याल गत साता…

Read More

काठमाडौं : नेकपा एमालेले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । एमालेले कांग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ । सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सरकारको नेतृत्वमा आलोपालो गर्ने र सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको दुवै…

Read More

धनगढी : अछाममा प्रहरीले छाउगोठ भत्काएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ६ तोलीमा रहेका छाउगोठ भत्काएको हो । इलाका प्रहरी कार्यालय विनायकको आयोजनामा प्रहरी टोली, स्थानीय, जनप्रतिनिधि लगतायतको सहभागितामा छाउगोठ भत्काइको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Read More

धनगढीः कैलालीमा चट्याङ पर्दा एक जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१० घूईयाघाटका ७६ वर्षीय हरीलाल राना घाइते भएका हुन। राना सोमबार घरमै बसिरहेको अवस्थामा चट्याङ पर्दा घाइते भएका हुन। घाइते रानाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ आज पनि सकिएन। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा मंगलबार दिनभर बहस भए पनि नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ। गत असार ७ गते पनि यही इजलासमा दिनभरजसो सुनुवाइ भएको थियो। लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गर्न माग गर्दै अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सहकारी ठगी प्रकरणमा लामिछानेविरूद्ध समेत जाहेरी परेको दाबी गर्दै उनी गृहमन्त्रीका रूपमा रहन नमिल्ने जिकिर रिटमा गरिएको छ। महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिँदै कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नपरेको भनी पत्र लेखेको थियो। उक्त पत्रको वैधानिकता जाँच हुनुपर्ने जिकिर पनि रिटमा गरिएको छ।…

Read More

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा पठाइएको छ।  थापाविरुद्ध दायर भएको रिटमा मंगलबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको हो। न्यायाधीश शकुन्तला कार्कीृको इजलासमा सुनुवाइ भएको थियो।  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग उनीमाथि छ।  उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ। यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ। उनी काठमाडौँको नक्सालस्थित नीलगिरि होटलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको खुलेको अभियोगपत्रमा उल्लेख छ।

Read More