Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति पदमा आफ्नो पार्टीका उम्मेदवार सुवास नेम्वाङले जित्ने बताएका छन्। पार्टीले राष्ट्रपति पदमा नेम्वाङलाई उठाउने निर्णय गरेपछि बधाई दिँदै जित्ने निश्चित भएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ुसुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार । बधाई छ सुवास दाई । जितिन्छ ।

Read More

कञ्चनपुरः भारतको उद्यमसिंह नगरमा एक नेपाली महिला नेपालीबाटै लुटिएकी छन्। बर्दियाको बासगढीकी ३८ वर्षीया बिनितालाई नशालु पदार्थ सेवन गराएर भारतमा नेपालीले लुटेका हुन। हिमाञ्चल प्रदेशको कुल्लू मनालीबाट स्वदेश फर्किरहेकी उनी रुद्रपुरमा लुटेरा समूहको शिकार बनेकी थिइन्। बाटोमा आफूलाई जुस खुवाएर बेहोस बनाएपछि लुटपाट गरिएको बिनिताले बताइन्। उनका अनुसार साथमा रहेको झोला, मोबाइल र नगद ३० हजार लुटिएको छ। उनी कुल्लूमा रोजगारी गर्थिन्। घर फर्किरहेकी उनी हरिद्धारबाट रुपैडियाको बसमा बसिन्। रुद्रपुरमा उनलाई दुई जना नेपाली नागरिक भेटिए। उनीहरुले बिनितालाई मोटरसाइकलमा गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुगाउने बताए। बिनिता पनि छिटो हुने भन्दै उनीहरुसंगै मोटरसाइकलमा महेन्द्रनगरसम्म आउन राजी भइन्। बिनिता किच्छा नजिक पिपलिया…

Read More

धनगढीः मुलुकको सूचना प्रविधि क्षेत्रको उपल्लो पद अहिले पौडेलहरुको पोल्टामा छ। जस्तो नेपाल टेलिकमका हाकिम छन्, सुनिल पौडेल, सेक्युरिटी प्रिन्टिङ प्रेसमा विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्र अर्थात एनआईआईटीसीमा कार्यकारी नियुक्त छन्,प्रदीप पौडेल। यी तिनै भाइ विचौलिया दिपक भट्टका प्रतापले ठाँउ ठाँउमा फिट भएको बताइन्छ। अहिले यिनै पौडेल बन्धुकै कारण मुलुकको सूचना प्रविधि क्षेत्रले एक पछाडि अर्को संकट भोग्दैछ। जस्तो अस्ति सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका उडान दुई घण्टा प्रभावित भयो। दुई हप्ता अघि मात्र लगातार सात घण्टा उडान प्रभावित भयो। बाहना थियो, सरकारी सर्भर डाउन। टिआइएको सर्भर अरु सरकारी निकायकोझैं गृह मन्त्रालय पछाडिको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएको छ।…

Read More

काठमाडौंः राष्ट्रपति निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ। मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउन परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ट्र्याक्टर आगजनी गरेको अभियोगमा सांसद चौधरीलाई अदालतले दोषी ठहर गरेको थियो। उनलाई माघ १९ गते प्रहरीले नियन्त्रणमा लिई कारागार चलान गरेको थियो। उक्त प्रकरणपछि सांसद चौधरी निलम्बित भएका थिए। प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएको पत्र सङ्घीय संसद् सचिवालय पुगेपछि उनको निलम्बन फुकुवा भएको थियो। उनी यही आइतबार कारागारमुक्त भएका थिए। निलम्बन फुकुवा भएसँगै उनको सांसद पद कायम भएको छ। निर्वाचन…

Read More

काठमाडौंः नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७२ औं जन्मदिन मनाउँदैछन्। उनको निजी निवास बालकोटमा बिहानैदेखि अहिलेसम्म पनि जन्मदिनको रौनक छ। पार्टी कार्यकर्ता तथा सुभेच्छुकहरू ओलीलाई जन्मदिनको शुभकामना दिन बालकोटमा भीड लागेका छन्। निजी निवासको प्राङ्गणमा औपचारिक कार्यक्रमसमेत राखिएको छ। ओलीका बुबा मोहनप्रसाद, धर्मपत्नी राधिका शाक्य लगायत एमालेका नेता तथा कार्यकर्ता पनि कार्यक्रममा उपस्थित छन्। ओलीलाई एमालेका युवा पुस्ताका नेताहरुले ‘बा’ भनेर पनि सम्बोधन गर्ने गरेका छन्। उनको जन्मदिनमा देशका कलाकार तथा संगितकार पनि सहभागी छन्। उनीहरुले पनि साँगितक कार्यक्रम तथा नाचगान गरेर बर्थडे मनाइरहेका छन्।

Read More

धनगढीः बैतडीमा खोला तर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ का ४८ वर्षिय कालुसिंह धामीको खोला तर्ने क्रममा चिप्लिएर मृत्यु भएको हो। खोला तर्दा चिप्लिएका धामीको ढुङ्गामा टाउको लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीको समूह भने घटना स्थल पुगेको छैन्। वडाकै डुडे मन्दिर नजिक रहेको खोला तर्नेक्रममा चिप्लिएर लडेका धामीको घटना स्थलमै मृत्यु भएको सूचना आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

महेन्द्रनगरः दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका–५ देवगाउँ बस्ने ६१ वर्षीय जय बहादुर नाथको बुधबार दिउँसो नदीमा डुबेर मृत्यु भएको हो। उनी गोकुलेश्वर लागेको मेला हेर्न गएका थिए। ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले नदीमा बगिरहेका नाथलाई उद्दार गरी उपचारको लागि गोकुलेश्वर अस्पतालमा पठाएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको थियो।

Read More

धनगढीः धनगढीमा प्रहरीले एक जना होटल व्यवसायी महिलालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले बिहीबार दिउँसो इन्द्रेणी होटलकी सञ्चालक ४० वर्षीया राधिकादेवी विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी धनगढी उपमहानगरपालिका ४ की स्थानीय हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले कुटपिट मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेर एक महिना कैद सजाय सुनाइएकी विष्टलाई पक्राउ गरिएको जानकारी दिए। उनी प्रहरीको फरार प्रतिवादीको सूचीमा रहेकी थिइन्। विष्टलाई २०६३ सालमा जिल्ला अदालतले विष्टलाई कुटपिट मुद्दामा एक महिना कैद र ६ सय रुपैयाँ जरिवाना सुनाएको थियो।

Read More

धनगढीः धनगढीस्थित छ लेन सडकखण्डमा बस दुर्घटना भएको छ। आज (बिहीवार) दिउँसो धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकको चटकपुरमा ना ७ ख ५८७४ नम्बरको बस अनियन्त्रित भएर रेलिङमा ठोक्किएको हो। यस्तै सोही बसले एक साइकलयात्रीलाई पनि ठक्कर दिएको छ। बसले धनगढी उपमहानगरपालिका २ की २४ वर्षीया आरती चौधरीलाई ठक्कर दिएको हो। चौधरीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै बस र चालक २३ वर्षीय हिक्मत शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही समयअघि धनगढीमा मेयर गोपाल हमालले सो सडकखण्डमा दुर्घटना बढेको भन्दै डिभाइडरहरु हटाएका थिए। डिभाइडर हटाएपछि अहिले सवारी साधनहरु रेलिङमा ठोक्किन थालेका छन्।

Read More

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं ११ मा रहेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यालयमा अध्ययनरत १६ वर्षे विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। विद्यालयमा कक्षा ८ मा पढ्ने किशोर रोशन बिकलाई प्रधानाध्यापक रामबहादुर पार्किले कुटेका हुन्। कुटाईबाट घाईते भएका बिकको पद्मा अस्पताल अत्तरियामा उपचार भैरहेको छ। दुई समुहबिच विद्यालयबाहिमा भएको ग्याङ फाईटका कारण प्रधानाध्यापकले आफूलाई कुटेको विकले बताए। उनले लठ्ठी र ईट्टाले कुटपिट गरिएको बताए। तर यता प्रधानाध्यापक पार्किले भने आफुले विद्यार्थीलाई नकुटेको बताएका छन्। उनले आफुले ग्याङ फाईटको विषयलाई लिएर ति विद्यार्थीलाई सम्झाएको बताए।

Read More