Author: महेन्द्रनगर पोष्ट

दार्चुला:  दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्दार गरिएको छ। ब्यास गाउँपालिका-६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो। गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मङ्गलबार जन्म दिएपनि एउटा बच्चा जन्माउन नसक्दा थप उपचारका लागि बुधबार बिहान हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।

Read More

धनुषा: साढे ७ लाख बढी नक्कली नेपाली नोटसहित एक महिला प्रक्राउ परेकी छिन्। नक्कली नोट राखेको भन्ने शंकाका आधारमा खोजतलास गर्दा धनुषाको विदेह नगरपालिका–६ बस्ने २५ वर्षीया अनुकुमारी साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीका अनुसार साहलाई ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित नियन्त्रणमा लिइएको हो। उनको साथबाट एक हजार दरको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ। जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनको झोलाबाट नक्कली नोट बरामद गरिएको हो।

Read More

न्युयोर्क: अमेरिकी राष्ट्रपति जो वाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। यसअघि डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाका राष्ट्रपति भएका वाइडेन पुनः दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने तयारीमा छन्। आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। गत राष्ट्रपति निर्वाचनमा उनी वाइडेनसँग पराजित भएका थिए।

Read More

कञ्चनपुरः कञ्चनपुरको वेदकोटमा म्याद नाघेका औषधि बरामद गरिएका छन्। जिल्लाको वेदकोट नगरपालिका बजार अनुगमन समितिले नगरभित्र रहेका औषाधि पसलहरुको मंगलबार अनुगमन गरी म्याद नाघेका औषधि बरामद गरि नष्ट गरेको हो। बेदकोट बजार अनुगमन समितिका संयोजक पदम वहादुर ठकुराठीको नेतृत्वमा गएको अनुगमन टोलीले बजार अनुगमनको क्रममा मेडिकलमा भेटिएका म्याद नाघेका औषधु नष्ट गरेको बेदकोट बजार अनुगमन समितिका सदस्य सुनिल चन्दले जानकारी दिए। अनुगमन समितिले दैजीबजार र सामादैजी बजारका मेडिकलको अनुगमन गरेको थियो। अनुगमनका क्रममा दर्ता नविकरण नगरिएको समेत पाइएको छ।

Read More

धनगढीः कैलालीस्थित धनगढीको एसपीए कलेजका शिक्षक चेतराज भट्टविरुद्ध बाल यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीले म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए। सोमबार एसपीमा प्ल्सटु अन्तरगत कार्यविधि कानुन पढाउने शिक्षक भट्टको अनलाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको घटना सार्वजनिक भएपछि जागिर खोसिएको थियो। आरोपित भट्ट सोही दिन पक्राउ परेका थिए। भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई रातदिन टर्चर दिने गरेको र अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। छात्राहरुलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुराहरु पठाउने गरेको भट्टमाथि आरोप छ। सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीहरुले विरोध जनाएपछि भट्ट…

Read More

मोरङ: मोरङको मिक्लाजुङ गाउँपालिकाबाट ज्यान मार्ने उद्योग कसुरमा संलग्न १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरेको छ। बैशाख ६ गते मिक्लाजुङ गाउँपालिका-३ स्थित रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने १४ बर्षकी बालिकालाई स्कुलमा भएकै समयमा सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरी भिडियो समेत बनाएका थिए। उनीमध्ये एक बालिकाले आफ्नो प्रेमीसँग बोलेको भन्दै गालीगलौच समेत गरेकी थिइन्। प्रहरीले उक्त कुटपिटको भिडिओ समाजिक संजालमा सम्प्रेषण गरेपछि उनीहरुलाई पक्राउ गरेको हो।ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले घटनामा संलग्न १३ जना बालिकाहरुलाई नियन्त्रणमा लिएको हो। मंगलबार जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान…

Read More

काठमाडौँ: प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिएका थिए। सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भएर धारणा राख्नेक्रम सुरु गरे।  रिजाल बोल्न सुरु गरेलत्तगै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा आसन स्थानबाट उठेर बाहिर निस्कन लागे। सत्ता पक्षको आसनको पहिलो पङ्क्तिमै बस्नुभएका देउवा उठेर बाहिर निस्कन लागेपछि संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रोक्नुभयो अनि सभापति देउवा फर्केर आएर पुनः आसनमा बसे। प्रमुख सचेतक लेखकले सभापतिलाई बीचमै किन फर्काए ? धेरै जानकारी नहुन सक्छ तर संसदीय अभ्यास र मान्यतामा भने यसको आफ्नो महत्व छ। सभाको नियमनसम्बन्धी कानुनको पालना थियो त्यो। देउवाको…

Read More

डोटी: डोटीमा एक महिला मृत फेला परेकी छिन्। मंगलबार जिल्लाको जोरायल गाउँपालिका-१ तुसे बस्ने २१ वर्षकि अनिता मल्ल मृत फेला परेकी हुन्। बिहान नजिकैको जंगलमा स्याउला ल्याउन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी कार्य गरेको थियो। खोज्ने क्रममा उनी घरदेखि करिब २ किलोमीटर टाढा भिरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। उनको शव परिक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय बिपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिएका छन्। महिला गर्भवती रहेको खुलेको छ।

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। बिहिवार  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

Read More

बारा: बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्। यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। यादवले २८ हजार चार १५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन्। यसैगरी एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत पाएका छन्।

Read More