Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा बिहीबार बिहान माइक्रो बसले पैदल यात्रीलाई ठक्कर दिएपछि अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले गोदावरी नगरपालिका–९ बल्मीमा बिहीबार बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएपछि अवरुद्ध राजमार्ग खुलेको जानकारी दिए। राजमार्ग खुलेसँगै सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन्। माइक्रोको ठक्करबाट गौरीगंगा नगरपालिका–६बस्ने ६० वर्षीया गेरुवा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।

Read More

कैलाली: भोलिबाट धनगढीमा नेपालमै ठुलो धनराशिको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको र भोलिबाट प्रतियोगिता सुरु गर्ने जनाइएको हो। प्रहरी पब्लिक क्लवले आयोजना गर्न लागेको प्रतियोगिता मुलुककै सबै भन्दा ठुलो धनराशिको भएको दाबी गरिएको छ। प्रतियोगिताको विजेताले १ लाख २१ हजार प्राप्त गर्ने छन्। उपविजेताले ७१ हजार र तृतीय हुने टिमले ५१ हजार पाउने छन्। ब्याडमिन्टन प्रतियोगिता तीन विधामा खेलाइने भएको छ। राष्ट्रिय खेलाडी सहितको उपस्थितिमा हुने प्रतियोगितामा २० टिम सहभागी छन्। यस बिधाका विजेताले १ लाख २१ हजार प्राप्त गर्ने छन्। राष्ट्रिय खेलाडी नभएका टिमले पनि प्रतियोगितामा सहभागिता जनाएका छन् ।…

Read More

धनगढीः बाजुरामा भूकम्पले भौतिक क्षति गरेको छ। हिमाली गाउँपालिकामा भूकम्पका कारण केही भौतिक संरचना भत्किएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार हिमाली गाउँपालिका–१ स्थित सामुदायिक विद्यालयको बालविकासको दुई कोठे भवन भुकम्पले भत्किएको छ। यस्तै, हिमाली गाउँपालि–१ कै बिछ्या स्वास्थ्यचौकी र वडा नम्बर ५ को अर्को स्वास्थ्य चौकीको पनि भवन भत्किएको छ। बाजुराको बिछ्या केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो १ः४५ मा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पले भौतिक संरचना क्षति पुगेको छ। अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको प्रशासनले जनाएको छ।

Read More

धनगढीः नेपाल भारत सीमावर्ती क्षेत्रका कुख्यात लागूऔषध कारोबारी पक्राउ परेका छन्। सीमावर्ती क्षेत्रका कुख्यात लागूऔषध कारोबारी चमकी भनेर चिनिने ३० वर्षीय चमकौर सिंहलाई भारतीय प्रहरीले समातेको हो। उनलाई महाकाली पारि नेपाल–भारत सीमावर्ती बजार बनबासाबाट भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। अभियुक्त सिंह मझोलाको बिडोराका स्थानीय बासिन्दा हुन। उनको साथबाट ५० लाख भारु रुपैया बराबरको २६० ग्राम लागूऔषध ९स्म्याक० पनि बरामद गरिएको भारतको चम्पावत जिल्लाका प्रहरी प्रमुख देबेन्द्र पिँचाले बताए। स्म्याक अफिमबाट तयार गरिने बहुमूल्य लागूऔषध हो। ‘चम्पावत जिल्लामा एकै व्यक्तिबाट यति ठूलो परिमाणमा लागूऔषध बरामद भएको यो पहिलो घटना हो,’ उनले अभियुक्त सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा भने, ‘अहिलेसम्म १५ मुद्दा दर्ता…

Read More

काठमाडौँः गृह मन्त्रालयले रिक्त पदमा बढुवाको तयारी गरेको छ। केही दिनमा एआईजीमा बढुवा हसने गृह–सचिव विनोद प्रकाश सिंहले जानकारी दिए। प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यबीच तीव्र प्रतिस्पर्धा छ। एआईजीमा बढुवाका प्रतिस्पर्धीहरु २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए। प्रतिस्पर्धीहरु मध्येमा जो एक नम्बरमा अतिरिक्त महानिरीक्षकमा बढुवा हुनेछन् तिनै एक महिनापछि महानिरीक्षक (आईजीपी) हुने सम्भावना बलियो हुन्छ। डिआईजीको मेरिट लिस्टमा वसन्त बहादुर कुँवर एक नम्बरमा छन्। दुई नम्बरमा टेक प्रसाद राई, तेस्रोमा अशोक सिंह र मेरिट लिस्टको चौंथो नम्बरमा दीपक थापा छन्। प्रहरी महानिरीक्षक धिरज प्रताप…

Read More

काठमाडौंः नेपाल नागरिक उड्डयन प्राधिकरणले २० साउन २०७१ मा थाई एयरवेजलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग’ गर्न अनुमति दियो। ग्राउण्ड ह्याण्डलिङ्ग सेवा निर्देशिका २०६९ को खण्ड २ को उपखण्ड (४) बमोजिम प्राधिकरणका तत्कालिन महानिर्देशक रतिस चन्द्र लाल सुमनले थाई एयरवेजलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग’को लागि अनुमति दिएका हुन्। उक्त उपखण्डमा स्पष्ट भनिएको छ, ‘नियमित उडान गर्ने वायुसेवा वा वायुयान सञ्चालक’ले मात्रै यो अनुमति प्राप्त गर्छ। सन् २०१९ मा ३७ करोड ४३ लाख, सन् २०१८ मा ३६ करोड १९ लाख तथा सन् २०१७ मा ६ करोड ५८ लाख अमेरिकी डलर नोक्सानी व्यहोरेका थाई एयरवेजले कोरोना महामारीसँगै नेपालमा हवाई सेवा बन्द गर्यो। हेर्नुहोस् अनुमति पत्र…

Read More

धनगढी: डडेल्धुरामा महोत्सव जारी छ।अस्ती नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य एवं सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवाले महोत्सव उद्घाटन गरेकी थिइन्। उद्घाटनपछि विभिन्न कलाकार तथा गायक गायिकाहरुले आफ्नो कला गला प्रस्तुत गरिरहेका छन्। तर, आज (सोमवार) भने महोत्सवको अलिक फरक दृश्य सामाजिक संजालमा भाइरल बनिरहेको छ। गायक रमेशराज भट्टराईले ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’ बोलको गीत गाइरहेका बेला तल स्टेजमा युवा युवतीहरुले नाचेको भिडिओ भाइरल बनेको हो। डडेल्धुराका पत्रकार आषिश प्रताप मल्लले सो भिडिओ सार्वजनिक गरेका थिए। उक्त भिडिओमा देखिएकी युवती अहिले आलोचनाको भूमरीमा समेत फसेकी छन्। सामाजिक संजाल प्रयोगकर्ताले उनलाई तोकेर नेपाली संस्कृतीमा विकृती…

Read More

धनगढी: कैलालीको बडैपुरमा आज नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठक बसेको छ। उक्त बैठकले अब सुदूरपश्चिममा पनि केन्द्रको समीकरण अनुसार अघि बढ्ने निर्णय गरेको छ। बैठकमा सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने/नदिने बिषयमा पनि छलफल भएको र हाललाई ठोस निर्णय नभएको एक पदाधिकारीले बताए। उनकाअनुसार केन्द्रको राजनैतिक समीकरणअनुसार प्रदेशमा पनि भूमिका खेल्नु पर्ने बिषयमा छलफल भएको थियो। एमालेका मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता कमल शाह अहिले मुख्यमन्त्री छन्। उनले पनि ३० दिन भित्र विश्वासको मत लिइसक्नु पर्ने छ। तर, अहिले सम्म उनले पनि विश्वासको मत पाउने नपाउने भन्ने यकिन…

Read More

कञ्चनपुर: बेदकोट नगरपालिका २ जडेपानीमा दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय स्थापना गरिएको छ । औद्योगिक क्षेत्र शिलान्यास गरिएको दुई वर्षपछि सम्पर्क कार्यालय स्थापना गरिएको हो । उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सोमवार कार्यालय उद्घाटन गरेका छन् । उनले औद्योगिक क्षेत्र सञ्चालनलाई प्राथमिकता दिएर कार्यालय खोलिएको दावी गरे । ‘यो कार्यालय खोल्नका लागि मात्रै खोलिएको होइन्, कार्यक्रममा मन्त्री भण्डारीले भने,‘यो यस औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकता राखेर कार्यालय खोलेका छौ ।’ चार दिन अघि औद्योगिक क्षेत्र स्थलगत निरीक्षण गरी मन्त्री भण्डारीले सम्पर्क कार्यालय खोल्ने जानकारी गराएका थिए । उनले निरीक्षणका क्रममाा दुई साताभित्र औद्योगिक क्षेत्रको भोगाधिकार पनि टुङ्गो लगाउने बताएका…

Read More

धनगढी: धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमालले मानसीक स्वास्थ्य तथा मनोसमाजिक समस्या वर्तमान समयमा सबैभन्दा ठुलो समस्या रहेको बताएका छन्। सोमबार धनगढीमा टिपिओ नेपालद्धारा आयोजित कार्यशाला गोष्ठीमा सो कुरा बताएका हुन्। उनले मानसिक रोग वर्तमान समयमा सबैभन्दा ठुलो समस्या रहेको बताउदै मानिसहरुले मानसिक समस्या लुकाउन नहुने धारणा राखे । नगर प्रमुख हमालले बढ्दो प्रविधि र बेरोजगारी जस्ता समस्याले मानसिक समस्या बढ्दै गईरहेको बताए । स्थानिय तहमा मनोसामाजिक सहयोग कार्यक्रमलाई समाहित गर्न सम्बन्धीत जनप्रतिनिधी तथा सरोकारवालाहरु संगको कार्यशाला गोष्ठीमा उनले मनोसामाजिक समस्या नियन्त्रण गर्नुनै आजको मुख्य आवश्यकता रहेको बताए । उपमहानगरपालिकाले मनोसामाजिक क्षेत्रमा काम गर्न बार्षीक नीति कार्यक्रममै समावेश गरेर अगाडी…

Read More