Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः नेपाल प्रहरीमा करिब १ महिनापछि नयाँ नेतृत्व आउने सम्भावना छ। सरकारले नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि नहटाएको खण्डमा वर्तमान प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि नयाँ नेतृत्वका लागि अहिले भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु पनि उनीसँगै अवकाशमा जाने भएपछि प्रहरी नायब महानिरीक्षक (डिआईजी) बाट बढुवा गरेर संगठन प्रमुखको जिम्मेवारी सरकारले दिनुपर्नेछ। सरकारले एआईजीको दरबन्दी खाली भएको करिब ७ महिनायतादेखि बढुवा गर्न सकेको छैन। विभिन्न मितिमा गरेर अहिलेसम्म ५ जना एआईजीको दरबन्दी खाली रहेको छ। भावी नेतृत्वका लागि प्रहरीका १७ डिआईजी दौडमा रहेका छन्। अहिले प्रहरीका २० जना डिआईजी रहेपनि ती मध्येमा ३ जना चैत…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार ५ वर्ष नै निरन्तर चल्ने बताएका छन्। सोमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकारहरुसँगको भेटघाटको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले भने ,’विश्वासको मतका लागि सबै दलहरुसंग सकारात्मक छलफल भैरहेको छ। केही दिनमा हामी विश्वासको मत लिन्छौं।सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ। यहाँ अब निर्वाचन हुँदैन।’ यस्तै उनले अहिलेको अवस्थामा कुनै पनि दलले र जनताले निर्वाचनमा जान नचाहेको दाबी गरे। ‘यो बेकारको कुरा हो, निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्, फेरि चुनावमा गए जनताले लखेट्छन्,’ उनले भने।पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको…

Read More

धनगढी: मेडिकल माफियाका रुपमा परिचित दुर्गा प्रसाईं उर्फ ‘मार्सी’ ले नेकपा एमाले परित्याग गरेका छन्। राजा फर्काउने अभियानमा लागेसँगै एमालेले कारवाही प्रक्रिया थालेपछि उनले त्यसअगावै आज पार्टी छाडेको घोषणा गरेका हुन्।  एमाले अध्यक्ष केपी शर्मा ओलीका अत्यन्तै विश्वासपात्र प्रसाईंले केही दिनअघि पूर्वराजा र राजपरिवारका सदस्यहरुलाई झापा लगेर राजतन्त्र फर्काउने महाअभियानको घोषणा गरेका थिए। त्यसपछि उनलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले सिफारिस गरेको थियो। तर, पार्टीले कारबाहीको निर्णय नगर्दै आफैँ बाहिरिएका हुन्।  अध्यक्ष ओलीलाई खुसी तुल्याएवापत एमाले प्रवेश गरेलगत्तै केन्द्रीय सदस्यमा फड्को मारेका प्रसाईं गत निर्वाचनमा टिकटको दावेदार थिए। झापाबाट टिकट मागेका उनलाई ‘हजुरबा’ ले वास्ता नगरेपछि ज्ञानेन्द्रको ‘शरण’मा पुगेको एमालेका…

Read More

धनगढीः सुदूरपश्चिममा अहिले पनि स्ववियु निर्वाचन कहिले हुने ? भन्ने टुंगो लागेको छैन। सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा स्ववियु निर्वाचनबारे अहिले पनि अलमल नै छ। यद्यपि विद्यार्थी नेता तथा संगठनहरुले स्ववियु निर्वाचन शिघ्र गराउनका लागि पहल तथा कसरत गरिरहेका छन्। अस्तीमात्रै सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनबारे छलफल गर्न बैठक बसेको थियो। तर केही निर्णय नगरी सो बैठक सम्पन्न भएको थियो। अहिले पनि विद्यार्थी संगठनहरुले चाडो निर्वाचनको मिति तोक्न दबाब दिइरहेका छन्। यो आगामी महिना चैतभित्र निर्वाचनको मिति तय गर्न भन्दै आफूहरु दबाब दिइरहेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश समितिका प्रमुख सचिव डम्बर भट्टराईले बताए। उनले आफ्नो संगठनको मुल माग…

Read More

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानीसमेत रहेको धनगढीमा शनिबारदेखि साइनो एजुकेशन सञ्चालनमा आएको छ। सुदूरपश्चिममै गुणस्तरीय पढाइको वातावरण मिलाउने उद्देश्यसहित युवा व्यवसायीद्वय रोहित चन्द र पदमराज जोशीले साइनो एजुकेशन प्रालि सञ्चालनमा ल्याएका हुन्। महाशिवरात्रिका अवसरमा धनगढी उपमहानगरपालिकाको हसनपुरमा सो प्रालिको उद्घाटन सुदूरपश्चिमका शिक्षाविद् डा हेमराज पन्तले गरे। उनले प्रालिको उद्घाटन गर्दै दुईजना युवा व्यवसायीहरुलाई सफलताको शुभकामना व्यक्त गरे। यस्तै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पनि एजुकेशनको सफलताको कामना गर्दै सञ्चालक चन्द र जोशीलाई बधाई तथा शुभकामना व्यक्त गरे। साइनो एजुकेशन प्रालिका सञ्चालक चन्दका अनुसार साइनोमा विभिन्न कक्षाका अतिरिक्त कक्षा, कन्सल्टेन्सी, लोकसेवा, शिक्षक सेवा तथा अन्य कक्षाहरू सञ्चालनमा आउने छन्। सुदूरपश्चिममै राम्रो पढाइको…

Read More

दार्चुलाः मार्मा गाउँपालिका–३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आइतबार बिहान करेन्ट लागेर चालकको मृत्यु भएको छ। सहचालक घाइते छन्। कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानी बस्ने २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। उनी टिप्पर चालक हुन्। मार्मा गाउँपालिका–६ का १९ वर्षीय सहचालक प्रकाश सिंह ठगुन्ना घाइते छन्।

Read More

धनगढीः भारतीय पूर्व सेनाध्यक्षहरु नेपाली सेनाको हेलिकोप्टरमा जोमसोम हुँदै मुक्तिनाथ गएका छन्। हिजो सेनाको २६० औं स्थापना दिवसमा आमन्त्रित भारतीय पाहुनाहरु आज बिहान दुई वटा हेलिकोप्टरमा त्यसतर्फ गएका हुन्। सेनाको एनए ०५८ अगुस्ता र एनए ५३ एमआई हेलिकोप्टरमा २५ जनाको टोली त्यसतर्फ गएको हो। हेलिकोप्टर बिहान साढे ७ बजे काठमाडौंबाट उडेको बताइएको छ। एउटा हेलिकोप्टरमा क्रु मेम्बरसहित ११ जना र अर्कोमा २१ जना सवार छन्। भारतीय चार जना पूर्वसेनाध्यक्षहरु अस्ति आफ्ना परिवारका सदस्यसहित काठमाडौं आएर हिजो सेनाको कार्यक्रममा सहभागी भएका हुन्। नेपालका मानार्थ सेनापतिसमेत रहेका पूर्व सेनाध्यक्ष विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दिपक कपुर र दलवीर सिंह सुहाग अस्ति बिहान…

Read More

धनगढीः नेपाली काँग्रेसकी नेतृ तथा काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा आज राजधानी फर्किएकी छन्। उनी गत बुधबार काठमाडौंबाट धनगढी आएकी थिइन्। त्यसपछि धनगढीबाट गृहजिल्ला डडेल्धुरा पनि गएकी थिइन्। डा. राणा आज श्री एअरलाइन्सको उडानमा काठमाडौं फर्किएको सुरक्षा स्रोतले जनाएको छ। उक्त एअरलाइन्सको उडान नम्बर एसएचए २२२ मा राणा धनगढीबाट बिहान साढे ११ बजे काठमाडौं पुगेको बताइएको छ। धनगढीमा उनले कार्यकर्ता भेटघाट तथा नेविसंघको कार्यक्रममा सहभागी भएकी थिइन्। उनी डडेल्धुराकी समानुपातिक प्रतिनिधिसभा सदस्य पनि हुन्।

Read More

बझाङः बझाङमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। चितुवाको आक्रमणबाट सिमकोट गाउँपालिका–७ चौगानफयाका २८ वर्षीय रामजल शाही घाइते भएका हुन्। घाइते शाहीको हात, खुट्टामा गम्भीर चोट लागेको छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको छ। खप्तडछान्ना गाउँपालिकाको खालीगडास्थित पुजारी गाउँको जंगलमा बाख्रा चराउन गएका बेला शनिबार दिउसो शाहीलाई चितुवाले आक्रमण गरेको स्थानीयले जानकारी दिए। कुकुर र गाउँलेहरुले कोलाहल गरेपछि चितुवा भागेको स्थानीयको भनाई छ। शाही उक्त जंगलमा लामो समयदेखि बाख्रा चराउदै आएका थिए।

Read More

धनगढीः नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले रिहा भएपछि आममाफी दिएकोमा राष्ट्रपतिको कार्यालय, नेपाल सरकार र गृह मन्त्रालयलाई धन्यवाद दिएका छन्। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा भएका छन्। जेलमुक्त भएपछि चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र कारागार बसाइँले धेरै कुरा सिकाएको बताए। कैलाली कारागारबाट रिहा हुँदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै चौधरीले यस्तो बताएका हुन्। आफ्नो रिस मान्नेहरूको योजनाअनुसार आफूलाई पक्राउ गरिएको भएपनि उनीहरूको योजना सफल नभएको उनको दाबी छ। ‘१८ दिन जेल बस्दा मैले धेरै कुरा सिकेको छु,’ चौधरीले भने,‘ ‘आज जुन हिसाबले म भित्र आएँ, त्यो त एउटा राजनीतिक प्रतिशोधको हिसाबले…

Read More